२०८२, ३ मंसिर बुधबार

नेपाल आइडल टिम लण्डनमा: धादिङ-नुवाकोट समाजबाट सम्मानित

नेपाल आइडल टिम लण्डनमा: धादिङ-नुवाकोट समाजबाट सम्मानित

खबरघर

लण्डन । अहिले बेलायतमा रहेका पहिलो नेपाल आइडल बुद्ध लामा र टिमलाई धादिङ नुवाकोट समाज बेलायतले एक कार्यक्रमकाबीच सम्मान गरेको छ।

धादिङमै जन्मिएका आइडल लामासंगै नेपाल आइडलका पहिलो रनर अप निसान भट्टराई, दोस्रो रनर अप प्रताप दास, टप टेन प्रतियोगी प्रमिला राई र होस्ट शुशिल नेपाललाई समाजले सम्मान गरेको हो । लण्डनको वेम्बलीस्थित वेम्बली तन्दूरीमा आयोजित कार्यक्रममा समाजका अध्यक्ष चोकबादुर (सिबी) तामाङले नेपाल आइडल टिमका सबैलाई खादा तथा टोपी लगाइदिदै सम्मान गरेका थिए ।

अध्यक्ष तामाङले नेपाल आइडल विजेताहरुको सांगीतिक क्षेत्रमा सफलताको लागि शुभकामना पनि दिए । नेपाल आइडल लामाले देश विदेश सबैतिर रहेका सबै नेपालीहरुको साथ तथा सहयोगबाट आफु नेपाल आइडल बन्न सकेको बताए ।

महासचिव धनबाहदुर पाख्रिनले सञ्चालन गरेको कार्यक्रममा सल्लाहकारहरु रामशरण सिम्खडा, गोपी मान बज्राचार्य र चक्र बहादुर भण्डारी, समाजसेवी चित्रबहादुर गुरुङ, ध्रुब केसी, राजाराम गिरी लगायतका व्यक्तित्वहरुको उपस्थिति थियो । केहि महिनाअघि नेपालमा बाढीपीडतहरुलाई सहयोग गरेको धादिङ नुवाकोट समाज यूकेले पछिल्लो समय थप सक्रियताका साथ आफ्ना गतिविधीहरु सञ्चालन गरिरहेकोे छ ।

प्रकाशित मिति : २०७४, २२ कार्तिक बुधबार  ९ : ०१ बजे

कर्फ्यूका कारण एमालेको जनप्रदर्शन स्थगित, युवा भेला परवानीपुरमै जारी

सिमरा । बारामा जारी कर्फ्यूका बीच पनि एमाले युवाहरूको प्रदेश

शंकर र महेश बस्नेतलाई रोक्न सिमरा एयरपोर्टमा जेनजीको प्रदर्शन

बारा । नेकपा एमालेका युवा नेता महेश बस्नेत र अन्य

सिमरा विमानस्थलमा एमाले र जेन जीका युवाबीच झडप

बारा । बाराको सिमरा विमानस्थलमा नेकपा एमालेका युवा नेता महेश

सिराहामा डाँका आक्रमण : बुबा-छोरा गम्भीर घाइते

जनकपुरधाम । सिराहाको कल्याणपुर नगरपालिका वडा नं. १२ बेलहा क्षेत्रमा

सर्वोच्चको आदेशले मधेश प्रदेश राजनीतिक अन्योलमा

जनकपुर । मुख्यमन्त्री नियुक्तिसम्बन्धी रिटमा सर्वोच्च अदालतले मंगलबार जारी गरेको