२०८३, २६ जेष्ठ बुधबार

नेपाल आइडल टिम लण्डनमा: धादिङ-नुवाकोट समाजबाट सम्मानित

नेपाल आइडल टिम लण्डनमा: धादिङ-नुवाकोट समाजबाट सम्मानित

खबरघर
2.8k
Shares

लण्डन । अहिले बेलायतमा रहेका पहिलो नेपाल आइडल बुद्ध लामा र टिमलाई धादिङ नुवाकोट समाज बेलायतले एक कार्यक्रमकाबीच सम्मान गरेको छ।

धादिङमै जन्मिएका आइडल लामासंगै नेपाल आइडलका पहिलो रनर अप निसान भट्टराई, दोस्रो रनर अप प्रताप दास, टप टेन प्रतियोगी प्रमिला राई र होस्ट शुशिल नेपाललाई समाजले सम्मान गरेको हो । लण्डनको वेम्बलीस्थित वेम्बली तन्दूरीमा आयोजित कार्यक्रममा समाजका अध्यक्ष चोकबादुर (सिबी) तामाङले नेपाल आइडल टिमका सबैलाई खादा तथा टोपी लगाइदिदै सम्मान गरेका थिए ।

अध्यक्ष तामाङले नेपाल आइडल विजेताहरुको सांगीतिक क्षेत्रमा सफलताको लागि शुभकामना पनि दिए । नेपाल आइडल लामाले देश विदेश सबैतिर रहेका सबै नेपालीहरुको साथ तथा सहयोगबाट आफु नेपाल आइडल बन्न सकेको बताए ।

महासचिव धनबाहदुर पाख्रिनले सञ्चालन गरेको कार्यक्रममा सल्लाहकारहरु रामशरण सिम्खडा, गोपी मान बज्राचार्य र चक्र बहादुर भण्डारी, समाजसेवी चित्रबहादुर गुरुङ, ध्रुब केसी, राजाराम गिरी लगायतका व्यक्तित्वहरुको उपस्थिति थियो । केहि महिनाअघि नेपालमा बाढीपीडतहरुलाई सहयोग गरेको धादिङ नुवाकोट समाज यूकेले पछिल्लो समय थप सक्रियताका साथ आफ्ना गतिविधीहरु सञ्चालन गरिरहेकोे छ ।

प्रकाशित मिति : २०७४, २२ कार्तिक बुधबार  ९ : ०१ बजे

पेरु निर्वाचन: झिनो अग्रतामा सत्ता-समीकरण, देश फेरि वैचारिक विभाजनको मोडमा

लिमा । पेरुको राष्ट्रपति निर्वाचनको दोस्रो चरणमा वामपन्थी उम्मेदवार रोबर्टो

सम्पत्ति शुद्धीकरण मुद्दाः दीपक भट्ट र शुलभ अग्रवालमाथि थप तीन दिन हिरासत

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका दीपक भट्ट र

विश्व वातावरण दिवस : नाराभन्दा बढी कार्यान्वयनको आवश्यकता

काठमाडौं । आज विश्व वातावरण दिवस देशभर विभिन्न कार्यक्रमका साथ