२०८२, २ चैत्र मंगलबार

हामीले नचाहेको अप्रिय घटना हुने अवस्थाको सिर्जना नगरियोस् : चन्द्र लामा

हामीले नचाहेको अप्रिय घटना हुने अवस्थाको सिर्जना नगरियोस् : चन्द्र लामा


रोशी । प्रतिनिधिसभा १ को प्रदेशसभा २ का वाम उमेद्वार चन्द्र लामाले राजनीतिक परिवर्तनका लागि लडेको हाम्रो पुस्ताले अब आर्थिक र सामाजिक विकास गरी मुलुकको समृद्धिका लड्नु पर्ने बेला भएको बताए छन् । लामाले नेपालका तमाम युवाहरुले खाडी मुलुकको तातो रापमा काम गर्नुपर्ने दिनको अन्त्य गर्न नै आफूले वाम गठवन्धनको तर्फबाट उमेदवार दिएको बताउँदै रोशी गाउँपालिको एमाले–माओवादी संयुक्त कार्यकर्ता भेला निर्वाचन परिचालन कार्यालयको स्थापना कार्यक्रममालाई सम्बोधन गर्ने क्रममा उनले आफू आम युवा र काभ्रेली जनताको सुख र दुःखको सारथी बन्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा कांग्रेस उमेद्वारहरुलाई लक्षित गर्दै लामाले भने– कांग्रेसले कस्तो पृष्ठभूमी भएकालाई नेता र उमेद्वार बनाएको हो ? पचास वर्ष राजनीतिमा जीवन दिएका इमानदार कार्यकर्तालाई थन्क्याएर टिकट दिएका छन् । कांग्रेसको यो कस्तो प्रजातन्त्र हो ? उनको प्रश्न थियो । वाम गठबन्धनले समृद्ध समाजका लागि सबै कदम उठाउने उल्लेख गर्दै उनले भने त्यस्तो नगरे फेरि जनताको बीचमा वामहरु पनि जान सक्दैनन् । उनले नतिजा आफ्नो पक्षमा पार्न कांगे्रसले गलत कदम उठाउँछ भने वाम गठबन्धले पहिला सम्झाउनेछ । त्यसलाई कमजोरी ठानेर प्रजातान्त्रिक मूल्य र मान्यता विपरितका कामकुरा भए दुवै पार्टीका युवाहरुले आँट गर्नेछन् । युथफोर्स केन्द्रको संयोजक र युवासंघ नेपालका केन्द्रीय उपाध्यक्ष समेत रहेका उमेद्वार लामाले भने त्यसको सबै जिम्मा युवासंघले लिनेछ । आफ्ना युवाहरु तयारी अवस्थामा रहेको र रहर भए त्यसको सामना गर्न तयार भए हुन्छ भन्दै उनले कांग्रेसलाई चेतावनी दिए । खवरदार हामीले नचाहेको अप्रिय घटना हुने अवस्थाको सिर्जना नगरियोस् ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य कमान सिं लामाले एमाले र माओवादी केन्द्रको गठबन्धन नेपाली समाजको समृद्धी र लोकतन्त्र बचाउनका लागि भएको बताएका छन् । कार्यकर्ता भेलालाई सम्बोधन गदै नेता लामाले रोशी भेगमा काँग्रेसले देखाउदै अएको दादागीरी निस्तेज पार्न गठबन्धनका युवा दस्तालाई प्रतिकारका लागि तयार हुन निर्देशन दिए । उनले द्वन्दकालको स्मरण गर्दै रोशी भेगका कम्युनिष्ट नेता नन्दलाल लामाको हत्या काँग्रेसको षडयन्त्रमा भएको आरोप लगाए । प्रतिक्रियावादीको कित्तामा गएर अहिले उमेद्वार बनेकाहरु पनि कम्युनिस्टकै उत्पादन भएको उल्लेख गर्दै उनले भने उनीहरुले हामीलाई धम्की नदिए सुहाउँदैन ।

कार्यक्रममा लामाले लोकतन्त्रवादी भनिएका कांग्रेसीहरुले परिवर्तन विरोधी पुनरुथ्थानवादी कमल थापाहरुसँग गठबन्धन गरेर हिंडेको छ । राजतन्त्र फर्काउन चाहनेसँग कांग्रेसको सहकार्य रहेको बताउँदै नेता लामाले प्रजातन्त्र र परिवर्तनको विरोधी को थियो भन्ने कुरा जनतालाई थाहा भएको बताए । कम्युनिस्टहरुले नै लोकतन्त्र, संघीयता, धर्म निरपेक्ष र समानुपातिक समावेशीतालाई संविधानमा स्थापित गराएको सम्झाउँदै उनले कम्युनिस्टहरु लोकतन्त्रको विरोधी नभएको बताए । लोकतन्त्र र गणतन्त्रको पक्षमा स्थापनाकालदेखि नै लड्दै आएका कम्युनिस्टहरु कहिल्यै लोकतन्त्रको विरोधी कित्तामा जान नसक्नेमा उनको जोड थियो । ‘जसले सन्तान जन्माउँछ त्यसको माया उसैलाई हुन्छ’ उनले भने, जनतालाई भेडा बाख्रा जस्तो किनवेचनको वस्तु नठान्न नेता लामाको आग्रह थियो । यसैगरी काभ्रे क्षेत्र नम्बर १ प्रतिनिधि सभाका लागि वाम गठबन्धनका उमेद्वार गंगाबहादुर दोङले भेलालाई सम्बोधन गर्दै एमाले र माओवादीको विसर्जन गरी नयाँ ढंगले नेपालको निर्माण र समृद्धि गर्ने पार्टी निर्माण हुने धारणा राखे । उनले प्रविधिक कारणले मात्रै चुनाव चिन्ह २ वटा लिएर निर्वाचनमा जानुपरेको बताउँदै जनताले जता मतदान गरे पनि एउटै ठाउँमा जाने बताए । लोकतन्त्रको मसिया ठान्नेहरुले कम्युनिस्ट कार्यकर्ताहरुको खुट्टा भाँच्ने धम्की दिएको स्मरण गर्दै उनले प्रश्न गरे, ‘जनमत लिन जाने अधिकारलाई बञ्चित गराउने कहाँको लोकतन्त्र हो ?’ उनले भने– ‘यो लोकतन्त्रलाई नसुहाउने लोकतन्त्र विरोधी कुरा हो ।

लोकतन्त्रमा विचारमा प्रतिष्पर्धा हुन्छ, योजनामा प्रतिष्पर्धा हुन्छ, आवधिक निर्वाचन लोकतन्त्रको सुन्दरता हो । अनि प्रतिष्पर्धामा आएको पार्टी कार्यकर्ताको खुट्टा भाँच्ने भने चाहिं अधिनायकवाद हैन ? उनको प्रश्न थियो । प्रजातन्त्रको मसिया हुँ भन्नेहरु त हाँसीहाँसी हार्दिकताका साथ प्रतिष्पर्धामा आउनु पर्ने उनको तर्क थियो । यसरी निषेधको राजनीति गर्ने लोकतन्त्रवादी हुनै सक्दैन सम्बोधनका क्रममा उनले भने । आफूहरु जनताको अधुरा विकास निर्माणलाई पूरा गर्दै सक्षम र सबल नेपालको निर्माण कार्यमा जुट्नकै लागि वाम गठबन्धनका साथ जनतामा आएको उमेद्वार दोङको धारणा थियो ।

प्रकाशित मिति : २०७४, २२ कार्तिक बुधबार  ७ : ५३ बजे

मनमोहन विश्वविद्यालयमा सी जिनपिङको पुस्तक जलाइएको विषयमा कूटनीतिक चासो, प्रशासनद्वारा छानबिन सुरु

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकास्थित हात्तीमुडामा रहेको मनमोहन विश्वविद्यालयमा चिनियाँ

ओलीलाई समवेदना दिन गुण्डु पुगे राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना

रास्वपाले सुरु गर्यो नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदहरूको लागि

उदयपुर कटारीमा हावाहुरीले २ जनाको मृत्यु, ५ जना घाइते

उदयपुर । आइतबार साँझ आएको हावाहुरीमा उदयपुरको कटारीमा २ जनाको

विदेशमा रहेका नेपाली श्रमिकको श्रम स्वीकृति नवीकरण प्रक्रिया नरोक्न प्रवासी नेपाली मञ्चको आग्रह

काठमाडौँ । प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले वैदेशिक रोजगारीमा रहेका