२०८३, १६ जेष्ठ आईतबार

मतदाताले पालैपालो पाउनेछन् तीन मतपत्र, देशभरमा १९ हजार ८ सय ९ मतदान केन्द्र

मतदाताले पालैपालो पाउनेछन् तीन मतपत्र, देशभरमा १९ हजार ८ सय ९ मतदान केन्द्र


काठमार्डौ/ निर्वाचन आयोगले मतदातालाई तीन मतपत्र एकसाथ नदिने भएको छ। यसपटकको निर्वाचनमा तीन मतपत्र प्रयोग हुँदैछ। प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ एउटा, प्रदेशको प्रत्यक्षतर्फ अर्को र समानुपातिक निर्वाचन प्रणालीका लागि एउटा गरी तीन मतत्रपको व्यवस्था आयोगले गरेको छ। सबैभन्दा पहिला मतदाताले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्र पाउनेछन्। मतपत्र बाकसमा खोलेपछि कर्मचारीले अर्को मतपत्र हातमा दिनेछन्। त्यो मतपत्र प्रदेश सभाको प्रत्यक्ष तर्फको हुनेछ।

प्रदेश सभाको मत खसाले लगत्तै तेश्रो मतपत्र मतदाताले पाउनेछन्। तेश्रो मतपत्र समानुपातिक तर्फको हुनेछ। समानुपातिक तर्फको प्रतिनिधि सभा र प्रदेश सभाको एउटै मतपत्र भएकाले त्यसमा भने दुई छाप लगाउनु पर्नेछ। माथिल्लोपट्टिको मत प्रतिनिधिसभाको समानुपातिक तर्फ गणना हुनेछ। तल्लो मत भने प्रदेश सभामा समानुपातिक तर्फ गणना हुनेछ। आयोगले तीन मतपत्र दिन छुट्टा छुट्टै कर्मचारीको व्यवस्था गर्नेछ। यसअघि दुई मतपत्र मतदातालाई दिने गरि आयोगले ‘डिजाइन’ गरेको थियो।

तर तीन कर्मचारी हुने भएपछि आयोगले थप एक जना कर्मचारी खटाउने छ। सबै मतपत्रमा हस्ताक्षर भने एउटै मतदान अधिकृतको हुनेछ। सर्वोच्चको आदेशपछि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा तीन मत्रपत हुने भएपछि निर्वाचन आयोगले झण्डै २० हजार थप कर्मचारी मतदान केन्द्रमा परिचालन गर्ने भएको छ। आयोगले देशभरमा १९ हजार ८ सय ९ मतदान केन्द्रको व्यवस्था गरेको छ। मतदाताको संख्या हेरेर निर्वाचन आयोगले एउटा मतदान केन्द्रमा ५ देखि १५ जनासम्म कर्मचारी खटाउँछ। तर तीन मतपत्रको व्यवस्था पछि १९ हजार ८ सय ९ मतदान केन्द्रमा नै थप एक जना कर्मचारी खटाउन लागेको आयोगका प्रवक्ता नवराज ढकालले बताए। ती खटाइएका कर्मचारीले मतपत्र मतदातालाई दिने काम गर्नेछन् । मत लगाउँदा छाप लगाउने ठाउँमा राखिएको स्वस्तिक चिन्ह नै प्रयोग गर्नुपर्छ। र, स्वस्तिक छाप स्पष्ट बुझिने गरी लगाउनुपर्छ।
उनका अनुसार मसी लतपतिएमा मत बदर हुन्छ। स्वस्तिक छापले चुनाव चिन्ह छोएमा मत बदर हुँदैन तर वरीपरीको घेरा छोएमा भने बदर हुन्छ। कोठा बाहिर छाप लगाएमा, दुई कोठाको बीचमा पर्ने गरी छाप लगाएमा पनि मत बदर हुन्छ।

त्यसैले, आफ्नो मत बदर हुनबाट बचाउन आफूले छाप लगाउन चाहेको निर्वाचन चिन्ह भएको कोठाभित्र पर्ने गरी र वरीपरीको रेखालाई नछुने गरी छाप लगाउनुपर्छ । कहिलेकाहीँ मतपत्र पट्याउँदा छाप लत्पतिने वा अर्को कोठामा पनि छाप बस्न सक्छ। त्यसैले मतपत्र पट्याउँदा पनि ध्यान दिएर सहि तरिकाले पट्याउनु पर्ने ढकालले बताए।

प्रकाशित मिति : २०७४, २२ कार्तिक बुधबार  ४ : २६ बजे

६ करोड ठगी आरोपकी टिकटकर तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ

काठमाडौं । ठगी तथा सम्पत्ति शुद्धीकरण मुद्दामा फरार रहेकी चर्चित

सशस्त्र प्रहरी बल नं. ४० रिजर्भ गणको रजत महोत्सव भव्य रूपमा सम्पन्न

बारा । सशस्त्र प्रहरी बल, नेपाल नं. ४० रिजर्भ गण,

गणतन्त्र दिवसमा राष्ट्रपति पौडेलको विशेष सम्बोधन: “गणतन्त्र आचरण र सुशासनको पद्धति हो”

काठमाडौं । १९औँ गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित

टुँडीखेलमा गणतन्त्र दिवसको भव्य समारोह, राष्ट्रपतिदेखि विशिष्ट व्यक्तित्वसम्मको सहभागिता

काठमाडौं । गणतन्त्र दिवसको अवसरमा राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा विशेष

गणतन्त्र दिवस मनाइँदै, टुँडिखेलमा विशेष समारोह

काठमाडौं । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १८ वर्ष