२०८३, ११ असार शुक्रबार

जनताको प्रिय रत्न ढकाल हिरासत र जेलमा पनि झुक्दैन थिए

जनताको प्रिय रत्न ढकाल हिरासत र जेलमा पनि झुक्दैन थिए


विद्यार्थी आन्दोलनको एक चिर परिचित पात्र हुन् रत्न ढकाल । नेपाली बुर्जुवा शैक्षिक प्रणालीको जव विकास हुँदै गयो त्यसको विरुद्धमा अघि बढेको विद्यार्थी आन्दोलनलाई नयाँ उचाईमा पु¥याउन रत्न ढकाल एक अभिचल योद्धको रुपमा परिचित छ विद्यार्थी आन्दोलनमा ।
नेपालको शैक्षिक समस्या वर्गीय समस्या भित्रको एक अंश अझ भनौं अभिन्न अंश हो भन्ने कुरा राम्रोसँग बुझेका ढकाल वर्ग मुक्ति आन्दोलनको बाटोमा निरन्तर लम्किरहे । तत्कालीन नेकपा –माओवादीले सञ्चालन गरेको जनयुद्धमा उनी सामेल भए । माओवादी जनयुद्धमा होस् या शान्ति प्रक्रियामा मुलुक अघि बढिरहेको अवस्थामा होस् राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालमा उनी सधंै चिन्ता गर्ने व्यक्तित्व हुन् ढकाल । भारतीय शासकहरुले नेपाल भूमिमा परेड खेल्दा सिमामा गएर नेपाली बहादुरी देखाउन लिपुलेकमा नेपालको राष्ट्रिय झाण्डा फहराएका ढकाल राष्ट्रिय स्वाधिनताको पक्षमा सधैं अग्रपंक्तिमा देखिन्छ ।
पारिवारिक अवस्था
ढकालको जन्म २०३७ साल माघ ६ गते साविक चौंरी गाविस हाल चौंरी देउराली गाउँपालिका वडा नं. ५ मा बुबा शिवप्रसाद ढकाल र आमा रुकुमाया ढकालको कोखबाट भएको थियो । निम्न मध्यम वर्गमा जन्मेका ढकालको ५ वटी बहिनी र २ वटा भाईहरु रहेका छन् । भने श्रीमति मेनुका घिमिरे र २ छोरी रहेका छन् ।
विद्यार्थी आन्दोलनमा १८ वर्ष
नेपाली कम्युनिष्ट आन्दोलन भित्र देखा परेको फूट परस्त मानसिकताका कारण विद्यार्थी आन्दोलनमा पनि त्यो खालको फूट परस्त मानसिकताको जन्म हुनु स्वभाविकै हो । जति संख्यामा नेपालका कम्युनिष्ट पार्टीहरु विभाजित भए त्यति नै संख्यामा विद्यार्थी संगठनहरु पनि विभाजित भएको देखिन्छ । त्यसै क्रममा विद्यार्थी आन्दोलनको एक सक्षम र कुशल नेतृत्वको रुपमा ढकाल अघि बढेको देखिन्छ ।
ग्रामिण क्षेत्रमा जन्मेका एक किसान परिवारको सदस्य ढकाल सानै उमेरदेखि विद्यार्थी संगठनमा संगठित भएका थिए । आफ्नो गाउँका माओवादी नेताहरु यान प्रसाद गौतम, तीर्थ गौतम, नविन गौतम, दिनानाथ गौतम लगायतकाबाट राजनीतिक प्रभावमा परेका ढकालले समाजमा रहेको हरेक विभेद र अन्याय अत्याचार देखेका थिए । त्यहीं अनुसार उनलाई संगठीत हुने रहर जागिरहेको थियो । विद्रोही स्वभागको विकास क्रमश हुँदै थियो ।
त्यतिखेर नै ढकाल २०५० सालमा तत्कालीन ने.क.पा. (एकता केन्द्र)को भातृसंगठन अनेरास्ववियू (क्रान्तिकारी) मा संगठीत भए । त्यही क्रममा २०५१ देखि २०५२ सम्म आफ्नै गाउँमा रहेको स्थानीय श्री जागृति नि.मा.वि.को इकाई समिति उपाध्यक्षमा निर्वाचित भएका ढकाल २०५३ देखि २०५४ जागृति मावि इकाई समिति अध्यक्ष भएका थिए । त्यतिखेर जनयुद्धले आधार इलाका निर्माणको दिशामा अघि बढि सकेको थियो । प्रहरी दमन र ज्यादतीले ढकाललाई अझ संगठीत हुने र विद्रोही हुने वातावरणको सिर्जना गर्दै थियो ।

स्थानीय जागृति माविमा एस.एल.सी. पास भएपछि उनी कलेज पढ्न काठमाडौं छिरेका थिए । शहर पसेर पनि उनी चुप भने बसेनन् । २०५६ मा फेरि काठमाडौं क्याम्पस ईकाई समितिको अध्यक्ष बने । त्यहींबेला देखि नै उनी अखिल (क्रान्तिकारी)को पूर्ण कालीन सदस्यको रुपमा विद्यार्थी आन्दोलनमा लागे । निरन्तर विद्यार्थी आन्दोलनमा लागेको उनी २०५७ सालमा अखिल क्रान्तिकारीका जिल्ला सदस्यमा निर्वाचित भए । २०५८ देखि २०६० सम्म अखिल क्रान्तिकारी जिल्ला सचिवालय सदस्य बनेको ढकाल २०६१मा अखिल क्रान्तिकारी भक्तपुर जिल्ला संयोज कबनेका थिए ।
माओवादी जनयुद्ध शान्ति प्रक्रियामा फड्को मारेपछि २०६३ देखि ०६५ सम्म ढकाल अखिल क्रान्तिकारीका केन्द्रिय कार्यालय सचिव भएर काम गरेका थिए । त्यसैगरि २०६५ देखि २०६९ सम्म केन्द्रिय समितिको सचिवालय सदस्य र २०७० देखि २०७२ सम्म केन्द्रिय समितिको महासचिवको भूमिका रहेको उनी २०७२ ददेखि २०७३ सम्म अखिल क्रान्तिकारी केन्द्रिय अध्यक्षको भूमिकामा थिए ।
बेपत्ता, हिरासत र जेलमा झुकेनन् ढकाल
वुर्जुवा शिक्षाको अन्त्य र जनवादी शिक्षाको पक्षमा निरन्तर विद्यार्थी आन्दोलनमा रहेका ढकाल तत्कालीन प्रतिक्रियावादी राज्यसत्तालाई सह्यको विषय बनेको थिएन । माओवादी आन्दोलनकै एक अभिन्न अंगको रुपमा रहेको विद्यार्थी आन्दोलनको नेतृत्व गर्दै अघि बढ्ने क्रममा उनी पटक पटक बेपत्ता, क्रूरतापूर्ण हिरासत र जेल समे बस्न बाध्य भएका थिए ।
उनलाई २०५८ मंसिरमा अखिल (क्रान्तिकारी)को केन्द्रिय कार्यालय भुरुङखेलबाट तत्कालीन शाहीसेनाले गिरफ्तार गरेका थिए । अमानविय र क्रुरतापूर्वक उनलाई यातना दिई ११ दिन सम्म २ नम्बर गण महाराजगञ्जमा राखेका थिए । विद्यार्थीहरुको आन्दोलनका कारण उनी सैनिक हिरासतबाट मुक्त भएका थिए ।
त्यसैगरि फेरि उनलाई २०५९ साल श्रावण ६ गते काठमाडौंको असनबाट गिरफ्तार ९४ दिनसम्म चरम यातनाका साथ सैनिक हिरासतमै राखेको थिए । सैनिक मुख्यालयमा उनको गिरफ्तारीको कुनै रेकर्ड नै थिएन । उनलाई बेपत्ता पारिएका थिए । त्यसपछि २०५९ साल कार्तिक २७ गते हनुमान ढोकाबाट केन्द्रिय कारागार चलान गरेको थियो ।
२०५९ साल चैत्रमा फेरि उनी केन्द्रिय कारागारबाट रिहा भएका थिए । रिहा भइसके पनि विद्यार्थी आन्दोलनमा निरन्तर लागेका ढकाल तेस्रो पटक फेरि २०६१ असोज १६ गते नयाँ बानेश्वरबाट शाहीसेनाको गिरफ्तारीमा परे । त्यतिखेर उनलाई ६२ दिनसम्म चरम यातना सहित बेपत्ता पारिएका थिए । त्यसपछि २०६२ मंरिमा १ नं. गण नक्सालबाट नख्खु जेल चलान गरेका थिए । माओवादी जनयुद्ध र दोस्रो जनआन्दोलनको वलमा राजतन्त्रको अन्त्य भएपछि २०६३ जेठ ३० गते नख्खु जेलबाट उनी रिहा भएका थिए ।

ढकालः माओवादी सदस्य
विद्यार्थी आन्दोलनको एका होनहार योद्धको रुपमा आफूलाई स्थापित गराई सकेको ढकालल पार्टी सदस्यता भने २०५५ सालमा लिएका थिए । उनी २०५७ साल देखि २०५९ सम्म एरिया समिति सदस्य भएर पार्टीको काम गरेका थिए । त्यसै गरि २०५९ देखि २०६५ सम्म जिल्ला सदस्य÷ सचिवालय सदस्य भएर काम गरेका थिए । २०६५ देखि २०७१ सम्म राज्य समिति सदस्य बनेका थिए ।
माओवादी आन्दोलनमा फूट आएपछि ढकाल २०७२ मा नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रिय समिति सदस्य बनेका थिए । माओवादी घटकहरुको एकता पछि उनी हाल नेकपा (माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य रहेका छन् ।
माओवादी आन्दोलनको एक योद्ध ढकाल जिल्लाको हरेक समस्यासँग परिचित छन् । हरेक बस्ती बस्तीको परिचय भएका ढकाललाई नेकपा एमाले र माओवादी केन्द्रले वाम गठबन्धनको साझा उम्मेदवार बनाएको छ । काभ्रे प्रतिनिधि सभा क्षेत्र नं. १ को १ नं. प्रदेश सभाको उम्मेदवार हुन् ढकाल । काभ्रेको विकट गाउँबाट काठमाडौसम्म राष्ट्रिय राजनीतिको राजमार्गको यात्रा थाल्ने काभ्रेलि युवा, कलिलो उमेर मै भीषण वर्गसंघर्षको भट्टीबाट खहरीएको योद्धा, सरल र बौद्धिक व्यक्तित्वको रुपमा काभ्रेमा मात्र होइन देशैभरि परिचित छन् उनी ।
आफ्नो क्षेत्रका साथमा समृद्धशाली मुलुक निर्माणमा युवाहरुको ऐतिहासिक भूमिका हुन्छ भन्ने तथ्य प्रमाणित गर्न सक्ने क्षमता बोकेका ढकाल राष्ट्रिय राजनीतिमा समेत नेतृत्व विकास गर्न सक्ने व्यक्तित्व हुन् ।

 

प्रकाशित मिति : २०७४, २० कार्तिक सोमबार  ७ : २२ बजे

फिफाबाट एन्फा निलम्बित, राष्ट्रिय टिमदेखि क्लबसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा रोक

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा (FIFA) ले अखिल नेपाल

रास्वपा महाधिवेशनः बिहान ७ बजेसम्म १८ सय प्रतिनिधिले गरे मतदान

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत राति १२ बजेदेखि

सिन्धुलीगढी युद्ध पर्यटनः आर्थिक उपार्जनको आधार

सिन्धुली जिल्लाको सदरमुकाम रहेको कमलामाई नगरपालिका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को सभापतिमा

रास्वपा महाधिवेशनमा ८० विद्युतीय मेसिनबाट मतदान, केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को महाधिवेशनमा