२०८२, ६ भाद्र शनिबार

बागी उम्मेद्वारी दिएका कसले फिर्ता लिए, कसले लिएनन्

बागी उम्मेद्वारी दिएका कसले फिर्ता लिए, कसले लिएनन्


काठमाडौं  मंसीर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको दोश्रो चरणको निर्वाचनका लागि उम्मेद्वारी दिएका बिभिन्न पार्टीका बागी उम्मेद्वारमध्ये केहीले फिर्ता लिएका छन् भने केहीले फिर्ता लिन अस्वीकार गरेका छन् ।

वाम गठवन्धनबिरुद्ध बागी दिएका धेरैले फिर्ता लिएभने कांग्रेसबिरुद्ध उम्मेद्वारी दिएकाले पनि फिर्ता लिएका छन् । तर मधेशी दलहरुकै बीचमा भने बागीले फिर्ता लिएनन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु देउवा राणाबिरुद्ध उम्मेद्वारी दिएका नेपाल बिद्यार्थी संघका पुर्व अध्यक्ष क्षितिज भण्डारीले फिर्ता लिएका छन् । प्रधानमन्त्री देउवाले फोन गरी फिर्ता लिन आग्रह गरेपछि आफुले फिर्ता लिएको भण्डारीले बताउनुभएको छ ।

‘प्रधानमन्त्रीले फोन गरेर अन्य ठाउँमा अवसर दिन्छु । तपाईले उम्मेद्वारी फिर्ता लिनु पर्यो भनेपछि लिएको हुँ’ उहाँले भन्नुभयो ।

त्यस्तै, प्रदेश ९क० बाट गठबन्धनका तर्फबाट उम्मेद्वारी दिएका एमालेका गुवालजङ शाहबिरुद्ध उम्मेद्वारी दिएका माओवादीका पूर्व जिल्ला इन्चार्ज भीमप्रकाश शर्मा र प्रदेश ९ख० बाट उम्मेद्वारी दिएका एमाले नेता प्रकाश ज्वालाविरुद्ध उम्मेद्वारी दिएका माओवादीका पुर्व छापामार जीतबहादुर पुनले पनि कायमै राख्नुभएको छ ।

वाम गठवन्धनका तर्फबाट दाङ क्षेत्र न। ३ मा प्रतिनिधिसभामा बागी उम्मेद्वारी दिएकी गायिका कोमल ओलीले आफ्नो उम्मेद्वारी फिर्ता लिनुभएको छ । त्यस्तै दाङको क्षेत्र न। ३ को प्रदेशसभा ९क० मा वाम गठवन्धनका तर्फबाट उम्मेद्वारी दिनुभएका जगप्रसाद शर्माका दुई बागी उम्मेद्वारले पनि उम्मेद्वारी फिर्ता लिनुभएको छ । पार्टीको आग्रहमा आफूहरुले फिर्ता लिएको उहाँहरुले बताउनुभएको छ ।

उता, उदयपुर जिल्लाको क्षेत्र न।२ बाट प्रतिनिधिसभाको सदस्य उम्मेद्वार बनेका एमाले नेता जगन्नाथ खतिवडाले पनि पार्टीको आग्रह अन्तत उम्मेद्वारी फिर्ता लिनुभएको छ । खतिवडाले फिर्ता लिएपछि त्यहाँ वाम गठवन्धनबाट माओवादीका हिमाल किराती उम्मेद्वार बन्नुभएको छ ।

मधेशी गठवन्धनबाट सप्तरी २ मा फोरम अध्यक्ष उपेन्द्र यादवका बिरुद्ध बागी उम्मेद्वार बनेका राजपा सहमहामन्त्री जयप्रकाश ठाकुरले भने उम्मेद्वारी फिर्ता लिन अस्वीकार गर्नुभएको छ । नेताहरुले मनाउने प्रयास गरेपनि उहाँले फिर्ता लिन अस्वीकार गर्नुभएको छ ।

सल्यानमा भने वाम गठवन्धनका सबै उम्मेद्वारहरुबिरुद्ध बागी बनेकाहरुले भने उम्मेद्वारी फिर्ता लिएनन् । माओवादीको भागमा परेको एउटा प्रतिनिधिसभा र एमालेको भागमा परेका दुईवटै प्रदेशसभा सदस्यबिरुद्ध बागी दिएकाहरुले उम्मेद्वारी कायमै राखेका छन् । प्रतिनिधिसभा सदस्यका उम्मेद्वार रहेका माओवादी नेता टेकबहादुर बस्नेतविरुद्ध पूर्व सांसद समेत रहेका माओवादी नेता उमाकान्त शर्माले दिएको उम्म्दवारी फिर्ता लिन मानेनन् ।

प्रकाशित मिति : २०७४, १९ कार्तिक आईतबार  ९ : २७ बजे

माइत जाने र दक्षिणा प्राप्त गर्ने विगतको संस्कार अहिले तोडिएको छः रचना खड्का

सिन्धुलीः सिन्धुलीमा भव्य तीज कार्यक्रमको आयोजना गरिएको छ । खड्ग

ट्रम्प सरकारद्वारा ५.५ करोड भिसावाहकको छानबिन सुरु

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा अमेरिका भित्रेका ५

एमालेले कसैको सदस्यता खोसेको छैनः अध्यक्ष ओली

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले

लिपुलेक सम्झौता विरोधमा नेविसंघको मसाल जुलुस

काठमाडौँ । लिपुलेक हुँदै सीमा व्यापार गर्न भारत र चीनबीच

एनआरएनए केन्द्रीय समिति बैठक आइतबार, विश्व सम्मेलनलगायत विषयमा छलफल

काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को १०७औं