२०८२, ६ माघ मंगलबार

बागी उम्मेद्वारी दिएका कसले फिर्ता लिए, कसले लिएनन्

बागी उम्मेद्वारी दिएका कसले फिर्ता लिए, कसले लिएनन्


काठमाडौं  मंसीर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको दोश्रो चरणको निर्वाचनका लागि उम्मेद्वारी दिएका बिभिन्न पार्टीका बागी उम्मेद्वारमध्ये केहीले फिर्ता लिएका छन् भने केहीले फिर्ता लिन अस्वीकार गरेका छन् ।

वाम गठवन्धनबिरुद्ध बागी दिएका धेरैले फिर्ता लिएभने कांग्रेसबिरुद्ध उम्मेद्वारी दिएकाले पनि फिर्ता लिएका छन् । तर मधेशी दलहरुकै बीचमा भने बागीले फिर्ता लिएनन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु देउवा राणाबिरुद्ध उम्मेद्वारी दिएका नेपाल बिद्यार्थी संघका पुर्व अध्यक्ष क्षितिज भण्डारीले फिर्ता लिएका छन् । प्रधानमन्त्री देउवाले फोन गरी फिर्ता लिन आग्रह गरेपछि आफुले फिर्ता लिएको भण्डारीले बताउनुभएको छ ।

‘प्रधानमन्त्रीले फोन गरेर अन्य ठाउँमा अवसर दिन्छु । तपाईले उम्मेद्वारी फिर्ता लिनु पर्यो भनेपछि लिएको हुँ’ उहाँले भन्नुभयो ।

त्यस्तै, प्रदेश ९क० बाट गठबन्धनका तर्फबाट उम्मेद्वारी दिएका एमालेका गुवालजङ शाहबिरुद्ध उम्मेद्वारी दिएका माओवादीका पूर्व जिल्ला इन्चार्ज भीमप्रकाश शर्मा र प्रदेश ९ख० बाट उम्मेद्वारी दिएका एमाले नेता प्रकाश ज्वालाविरुद्ध उम्मेद्वारी दिएका माओवादीका पुर्व छापामार जीतबहादुर पुनले पनि कायमै राख्नुभएको छ ।

वाम गठवन्धनका तर्फबाट दाङ क्षेत्र न। ३ मा प्रतिनिधिसभामा बागी उम्मेद्वारी दिएकी गायिका कोमल ओलीले आफ्नो उम्मेद्वारी फिर्ता लिनुभएको छ । त्यस्तै दाङको क्षेत्र न। ३ को प्रदेशसभा ९क० मा वाम गठवन्धनका तर्फबाट उम्मेद्वारी दिनुभएका जगप्रसाद शर्माका दुई बागी उम्मेद्वारले पनि उम्मेद्वारी फिर्ता लिनुभएको छ । पार्टीको आग्रहमा आफूहरुले फिर्ता लिएको उहाँहरुले बताउनुभएको छ ।

उता, उदयपुर जिल्लाको क्षेत्र न।२ बाट प्रतिनिधिसभाको सदस्य उम्मेद्वार बनेका एमाले नेता जगन्नाथ खतिवडाले पनि पार्टीको आग्रह अन्तत उम्मेद्वारी फिर्ता लिनुभएको छ । खतिवडाले फिर्ता लिएपछि त्यहाँ वाम गठवन्धनबाट माओवादीका हिमाल किराती उम्मेद्वार बन्नुभएको छ ।

मधेशी गठवन्धनबाट सप्तरी २ मा फोरम अध्यक्ष उपेन्द्र यादवका बिरुद्ध बागी उम्मेद्वार बनेका राजपा सहमहामन्त्री जयप्रकाश ठाकुरले भने उम्मेद्वारी फिर्ता लिन अस्वीकार गर्नुभएको छ । नेताहरुले मनाउने प्रयास गरेपनि उहाँले फिर्ता लिन अस्वीकार गर्नुभएको छ ।

सल्यानमा भने वाम गठवन्धनका सबै उम्मेद्वारहरुबिरुद्ध बागी बनेकाहरुले भने उम्मेद्वारी फिर्ता लिएनन् । माओवादीको भागमा परेको एउटा प्रतिनिधिसभा र एमालेको भागमा परेका दुईवटै प्रदेशसभा सदस्यबिरुद्ध बागी दिएकाहरुले उम्मेद्वारी कायमै राखेका छन् । प्रतिनिधिसभा सदस्यका उम्मेद्वार रहेका माओवादी नेता टेकबहादुर बस्नेतविरुद्ध पूर्व सांसद समेत रहेका माओवादी नेता उमाकान्त शर्माले दिएको उम्म्दवारी फिर्ता लिन मानेनन् ।

प्रकाशित मिति : २०७४, १९ कार्तिक आईतबार  ९ : २७ बजे

प्रचण्ड बिरुद्ध सिन्धुली नेकपामा विद्रोह, राजन विरुद्ध महेश्वर दाहालले दिए उम्मेदवारी

सिन्धुली नेकपामा बिद्रोह भएको छ । जिल्लाको शिफारिश बिपरित प्रचण्डले

सिन्धुली एमालेका कटुवाल र थापाले दर्ता गराए उम्मेदवारी

सिन्धुली: नेकपा एमाले सिन्धुलीका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं १

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित