२०८३, २७ बैशाख सोमबार

समृद्धिको सपना अंगाल्ने बमध्वजलाई हराऊ !!!

समृद्धिको सपना अंगाल्ने बमध्वजलाई हराऊ !!!

खबरघर
67.6k
Shares

काभ्रेमा बमध्वजलाई हराउ सबै मिलेर !!!
अरु नेता कालो शिशा भएका गाडिमा
धुलो उडाउँदै आउँछन,
तर बमध्वज
उहीँ पैतला देखाएर
फाटेको जुता बजार्दै आउँछन्
अरुहरू राज्यको ढुकुटी रित्याएर
देश विदेश घुमिसके
तर बमध्वज,
खाली काभ्रेको तेमाल,
कोशीपारि, रोशी र महाभारतका
झुपडी र कुना कन्दराहरुमा डुल्दै हिंड्छन्
शान्ति, समृद्धि र सुशासनका लागि
माक्र्सवाद लेनिनवादको आलोकमा
समृद्धिको फूल फुलाउन
ग्रामीण बस्तीहरुमा फन्को लगाउँछन्
अरुत बर्षमा आक्कल–झुक्कल देखिन्छन्
तर उनी दुःखी गरिबहरुको घर आँगनमा
आफ्ना समस्याहरुलाई थन्क्याँउदै
सुनकोशी, इन्द्रावती र रोशीका जंगारहरु तरेर
जन्त जाँदा होस या मलामी जाँदा
भुकम्प होस या अन्य प्राकृतिक विपत्तिहरुमा
अनि पानी पधेरीमा
तिनै समस्यामा रहेका
मलिन अनुहारहरुको
आश र साहस बनेर
झुल्किन्छन् बाध्वज
हो, त्यसैले उनलाई हराउनु पर्छ ।
परिवर्तनको आवाज बनेर
विलाशिताको दरबारहरुलाई भत्काउन
आन्दोलनको राँको बोकेर
जनवस्तिहरुलाई ब्युँझाउँदै
झकझकाउन निधार ठोकाउन आइपुग्छन्
वमबध्वज, जनताको मुक्तिका लागि
समाजवादको मशाल बोकेर
हो त्यसैले पनि उनलाई हराउनै पर्छ
डनवाद र धनवादले निर्वाचनमा
चकचकी गरिरहेको समयमा
समाजवाद र साम्यवादको ज्योति लिएर
हज्जारौं वमध्वजहरु उर्लिदै
एउटा बेग्लै लडाईको मोर्चा चलाइ रहेको बेला
‘डन’बहादुर र ‘धन’बहादुरहरुले
पहरामा मुड्की हानेजस्तै हुनेछ
मलाई लाग्दैछ यो रणसंग्राममा
असाध्यै रोचक हुनेछ
यो रोचक दृष्यमा
सधैं न्याय र समानताको विगुल फुक्ने
वाम गठबन्धनको बमध्वजलाई
असाध्यै महङ्गो, अमूल्य मत दिन मिल्छ त ?
जाऊ न्याय र अन्याय छुट्याउन खोज्ने
बमध्वजलाई हराऊ

‘डन’बहादुर र ‘धन’बहादुरहरुले भन्छन्
केटाहरु जस्तो सुकै काम बिगार
चाहे अनैतिक काम गर
म झ्यालखानाबाट निकाली दिन्छु
तर यसको ठीक उल्टो छ बमध्वज
ऊ भन्छ हेर केटा हो
काम बिगारिश भने
जोर जबर्जस्ती गर्यो भने
म विधिले तोकेको
कानुनी कठघरामा उभ्याउछु
प्रहरी लाई खबर गर्छु
अनि तपाई भन्नोस त बमध्वजलाई
नहराइ हुन्छ र ???
चुनाबमा २/४ गिलास रक्सी
२/४ चोक्टा मासु पनि खुवाउन नसक्ने
अनि चोरेकै भए पनि पल्सर बाइक हुँइक्याउन
तेल दिन नसक्ने
कसरी हाम्रो नेता बमध्वज हुनसक्छ ???
हिजो अधिकार को लागि
सामन्तको जरो उखेल्नका लागि लड्यो
आमूल परिवर्तनका लागि लड्यो
अझै थाकेको छैन भन्छ, बमध्वज
र अब,
समृद्धिको लडाई लड्छु भन्छ र नेतृत्व गर्छु भन्छ
यसैले यस्तो खराब बमध्वजलाई हराउनै पर्छ
सादा जीवन बिताउने
भ्रष्टाचार नगर्ने
मानवीयता र अधिकारका लागि लड्ने
कसरी हाम्रो नेता हुनसक्छ बमध्वज ??
त्यसैले म त भन्छु
तिमीहरु जेसुकै भन
जे मन लाग्छ त्यही गर
तर म त भन्छु
न्याय, समानता र समृद्धि ल्याउछु भन्ने
बमध्वजलाई हराउनै पर्छ ।।

ब्लोन प्रकाश
दक्षिण कोरिया

प्रकाशित मिति : २०७४, १९ कार्तिक आईतबार  ५ : ४७ बजे

एमालेको आरोप: ‘नयाँ सोच’को नाममा सरकार स्वेच्छाचारी बन्दै गएको

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारप्रति कडा

कर्णालीमा कांग्रेस नेतृत्वको सरकार बन्ने गगन थापाको भनाइ

सुर्खेत । नेपाली कांग्रेसका नेता गगन थापाले कर्णाली प्रदेशमा अब

दलहरूसँग सहकार्यमा संविधान संशोधन गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले राजनीतिक दलहरूसँगको सहकार्यमा संविधान संशोधन गर्ने घोषणा

समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न सरकारको नयाँ घोषणा

काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी संस्थामा फसेको बचतकर्ताको रकम फिर्ता

एसईईको नतिजा आजै सार्वजनिक हुने, बोलाइयो बोर्ड बैठक

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा आज