२०८२, ३ पुस बिहीबार

समृद्धिको सपना अंगाल्ने बमध्वजलाई हराऊ !!!

समृद्धिको सपना अंगाल्ने बमध्वजलाई हराऊ !!!

खबरघर

काभ्रेमा बमध्वजलाई हराउ सबै मिलेर !!!
अरु नेता कालो शिशा भएका गाडिमा
धुलो उडाउँदै आउँछन,
तर बमध्वज
उहीँ पैतला देखाएर
फाटेको जुता बजार्दै आउँछन्
अरुहरू राज्यको ढुकुटी रित्याएर
देश विदेश घुमिसके
तर बमध्वज,
खाली काभ्रेको तेमाल,
कोशीपारि, रोशी र महाभारतका
झुपडी र कुना कन्दराहरुमा डुल्दै हिंड्छन्
शान्ति, समृद्धि र सुशासनका लागि
माक्र्सवाद लेनिनवादको आलोकमा
समृद्धिको फूल फुलाउन
ग्रामीण बस्तीहरुमा फन्को लगाउँछन्
अरुत बर्षमा आक्कल–झुक्कल देखिन्छन्
तर उनी दुःखी गरिबहरुको घर आँगनमा
आफ्ना समस्याहरुलाई थन्क्याँउदै
सुनकोशी, इन्द्रावती र रोशीका जंगारहरु तरेर
जन्त जाँदा होस या मलामी जाँदा
भुकम्प होस या अन्य प्राकृतिक विपत्तिहरुमा
अनि पानी पधेरीमा
तिनै समस्यामा रहेका
मलिन अनुहारहरुको
आश र साहस बनेर
झुल्किन्छन् बाध्वज
हो, त्यसैले उनलाई हराउनु पर्छ ।
परिवर्तनको आवाज बनेर
विलाशिताको दरबारहरुलाई भत्काउन
आन्दोलनको राँको बोकेर
जनवस्तिहरुलाई ब्युँझाउँदै
झकझकाउन निधार ठोकाउन आइपुग्छन्
वमबध्वज, जनताको मुक्तिका लागि
समाजवादको मशाल बोकेर
हो त्यसैले पनि उनलाई हराउनै पर्छ
डनवाद र धनवादले निर्वाचनमा
चकचकी गरिरहेको समयमा
समाजवाद र साम्यवादको ज्योति लिएर
हज्जारौं वमध्वजहरु उर्लिदै
एउटा बेग्लै लडाईको मोर्चा चलाइ रहेको बेला
‘डन’बहादुर र ‘धन’बहादुरहरुले
पहरामा मुड्की हानेजस्तै हुनेछ
मलाई लाग्दैछ यो रणसंग्राममा
असाध्यै रोचक हुनेछ
यो रोचक दृष्यमा
सधैं न्याय र समानताको विगुल फुक्ने
वाम गठबन्धनको बमध्वजलाई
असाध्यै महङ्गो, अमूल्य मत दिन मिल्छ त ?
जाऊ न्याय र अन्याय छुट्याउन खोज्ने
बमध्वजलाई हराऊ

‘डन’बहादुर र ‘धन’बहादुरहरुले भन्छन्
केटाहरु जस्तो सुकै काम बिगार
चाहे अनैतिक काम गर
म झ्यालखानाबाट निकाली दिन्छु
तर यसको ठीक उल्टो छ बमध्वज
ऊ भन्छ हेर केटा हो
काम बिगारिश भने
जोर जबर्जस्ती गर्यो भने
म विधिले तोकेको
कानुनी कठघरामा उभ्याउछु
प्रहरी लाई खबर गर्छु
अनि तपाई भन्नोस त बमध्वजलाई
नहराइ हुन्छ र ???
चुनाबमा २/४ गिलास रक्सी
२/४ चोक्टा मासु पनि खुवाउन नसक्ने
अनि चोरेकै भए पनि पल्सर बाइक हुँइक्याउन
तेल दिन नसक्ने
कसरी हाम्रो नेता बमध्वज हुनसक्छ ???
हिजो अधिकार को लागि
सामन्तको जरो उखेल्नका लागि लड्यो
आमूल परिवर्तनका लागि लड्यो
अझै थाकेको छैन भन्छ, बमध्वज
र अब,
समृद्धिको लडाई लड्छु भन्छ र नेतृत्व गर्छु भन्छ
यसैले यस्तो खराब बमध्वजलाई हराउनै पर्छ
सादा जीवन बिताउने
भ्रष्टाचार नगर्ने
मानवीयता र अधिकारका लागि लड्ने
कसरी हाम्रो नेता हुनसक्छ बमध्वज ??
त्यसैले म त भन्छु
तिमीहरु जेसुकै भन
जे मन लाग्छ त्यही गर
तर म त भन्छु
न्याय, समानता र समृद्धि ल्याउछु भन्ने
बमध्वजलाई हराउनै पर्छ ।।

ब्लोन प्रकाश
दक्षिण कोरिया

प्रकाशित मिति : २०७४, १९ कार्तिक आईतबार  ५ : ४७ बजे

राजनीतिप्रति घृणा फैलाउनेहरुप्रति खबरदारी गर्न केपी ओलीको अपील

भक्तपुर। नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दलीय

एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ (तस्वीरहरू)

काठमाडौं । नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा

तेस्रो पटक एमाले अध्यक्षका रूपमा केपी ओलीद्वारा शपथ ग्रहण

काठमाडौं । नेकपा एमालेको अध्यक्षमा तेस्रो पटक लगातार निर्वाचित केपी

एमाले महाधिवेशन: अध्यक्षमा केपी शर्मा ओलीको शुरुआती अग्रता

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भइरहेको निर्वाचनको

एमाले महाधिवेशन : मतदान समय ३ घण्टा थप, ८ बजेसम्म मत हाल्न सकिने

काठमाडौं । एमाले महाधिवेशन : मतदान समय ३ घण्टा थप,