२०८३, १५ श्रावण शनिबार

सवल र समृद्ध काभ्रेको सपना बोक्ने चन्द्र लामा

सवल र समृद्ध काभ्रेको सपना बोक्ने चन्द्र लामा


प्रदेश सभा १ ‘ख’ को वाम गठबन्धनका उमेद्वार बनेका चन्द्र लामा दाप्चाका सामान्य किसान परिवारका बुबा जीतबहादुर तामाङ र आमा अष्टमाया तामाङको माइलो छोरा हुन् । श्रीकृष्ण मावि दाप्चामा कक्षा ८ मा अध्ययन गर्दैगर्दा २०४९ सालमा उनले अनेरास्ववियुको सदस्यता लिएर राजनीतिमा प्रवेश गरेका थिए । उनी उच्च शिक्षा हासिल गर्न काठमाडौंको प्रदर्शनीमार्गमा रहेको आर.आर. क्याम्पसमा पुगेका थिए । क्याम्पसमा पनि उनले विद्यार्थी राजनीतिलाई निरन्तरता दिन क्याम्पसको प्रारम्भिक कमिटीको सदस्यको जिम्मेवारी लिएका थिए ।

विद्यार्थी राजनीतिमा रहेकै बेला २०५४ सालको स्थानीय निर्वाचनमा पार्टीलाई निर्वाचित गराउन रचनात्मक भूमिका निर्वाह गरेका लामाले त्यही सालमा युवा संघ नेपालको डराउने पोखरीको अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । त्यसपछि उनी इलाका कमिटी हुँदै तीन कार्यकाल युवा संघ नेपाल जिल्ला कमिटी काभ्रेको सदस्यको जिम्मेवारीमा रहे । २०६२ सालमा आएर उनी जिल्ला कमिटीको सचिव र ०६४ मा उक्त संगठनको जिल्ला अध्यक्ष भए । त्यसैवखत युवा संघ नेपालको केन्द्रीय सदस्य र एमाले काभ्रेको जिल्ला कमिटीको सदस्यको जिम्मेवारी पाएका लामा युवा संघ केन्द्रीय सचिव हुँदै हाल उपाध्यक्षको भूमिकामा रहेका छन् ।

मानविकी संकायमा स्नातक तहसम्मको अध्ययन पूरा गरेका लामाले पार्टीलाई संकट आइलागेका बेला पार्टी कार्यकर्ता र आम जनताको सुरक्षाका निम्ति रक्षापंक्तीमा रहेर काम गरेका थिए । जसले पार्टी कार्यकर्ताहरुको मनोवललाई उच्च बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । उनी युवा संघ जिल्ला कमिटीको सदस्य रहेका बेला काभ्रेलाई देशभरकै उत्कृष्ट जिल्ला बनाएर युवा संघ केन्द्रले प्रशंसाका साथ पुरस्कृत समेत गरेको थियो । आफूले बहन गरेको जिम्मेवारीबाट संगठन निर्माण र परिचालनमा निपुणता हासिल गरेका लामा आफूलाई प्रदेशसभाको योग्य उमेद्वारका रुपमा उभ्याएका छन् । विभिन्न युवाक्लवहरुको अध्यक्ष भएर ग्रामीण समुदायमा चेतना र जागरण ल्याउन उल्लेखनीय भूमिका खेल्नु भएका लामा पछिल्लो समय निर्माण व्यवसाय महासंघ काभ्रेको समेत नेतृत्व गर्दै आएका छन् ।

यस्तो छ लामाको काभ्रेलाई सवल र समृद्ध बनाउने सपना
सवल र समृद्ध नेपाल निर्माणका लागि युवाहरुको महत्वपूर्ण भूमिका हुने भएकाले देशका सम्पूर्ण युवाहरुलाई स्वदेशमा नै रोजगारी सिर्जना गर्नुपर्ने र नेपाललाई वैदेशिक रोजगारीको गन्तव्य स्थल बनाउने लामाका महत्वाकांक्षी सपना छन् । त्यही सपनाभित्र आम काभ्रेली युवाहरु पनि समेटिन्छन् जसले घरआँगन र परिवारसँगै देश छाडेको छ । विदेशमा पुगेका सबै नेपाली युवाहरुको सीप र दक्षतालाई नेपाली भूमिमा उपयोग गर्नका लागि प्रोत्साहित गर्न उनले बेग्लै कार्ययोजना समेत बनाएका छन् ।

कृषि कर्ममा लागेका काभ्रेली किसानहरुलाई आत्मनिर्भर बनाउने सपना लामासँग छ । जिल्लामा रहेका उत्पादनयोग्य भूमिको चक्लाबन्दी र त्यसमा सिंचाईको उचित प्रवन्ध मिलाएर आधुनिक कृषि औजारहरुको उपयोग गर्दै किसानलाई सम्पन्नशाली बनाउने सपना लामाले बोकेका छन् । काभ्रेमा विद्युत ऊर्जाको राम्रो सम्भावना देखेका उनले वाम गठबन्धनबाटै यसको योजना र कानुन निर्माण गरी कार्यान्वयन गर्ने विश्वास दिलाएका छन् । जसले काभ्रेली जनतालाई थप समृद्धशाली बनाउन सहयोग पुग्ने लामाको विश्वास छ । जिल्लाको यातायात क्षेत्रलाई पनि पनि व्यवस्थित बनाउने लामाको योजना रहेको छ । काभ्रे जिल्ला प्रदेश नं. १ को प्रदेश ‘ख’ का लागि साझा वामको तर्फबाट उमेद्वारी दिएका लामा समाजको सबै कुराको व्यवस्थापन सहित सुशासन र अग्रगतिका लागि पार्टी एकीकरणसम्मको लक्ष्य राखेर वाम गठबन्धन भएको बताउँछन् ।

पार्टी र वगठबन्धनले निर्देशित गरेको समृद्धिको सपनालाई विशेषगरी प्राकृतिक श्रोत र सम्पदाहरुको समुचित उपयोग गरी राष्ट्रिय पूँजीको विकास गर्दै देशलाई समृद्धिको बाटोमा वामहरुले डो¥याउने विश्वास लामालाई छ । वामपन्थीको सरकारले पाँच वर्षभित्रमा नै आयात गरिरहेको देशलाई निर्यात गर्ने देशमा रुपान्तरण गर्ने लामाले ठोकुवा गरेका छन् ।

प्रकाशित मिति : २०७४, १८ कार्तिक शनिबार  ८ : ५४ बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने

सुनसरी घटनापछि सरकार-पीडित परिवारबीच सातबुँदे सहमति, मृतकलाई सहिद घोषणा गर्ने तयारी

काठमाडौं। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनामा