२०८२, ६ बैशाख शनिबार

प्रतिनिधिसभा उदयपुर २ का उम्मेदवार कार्कीलाई लक्षित गरी एम्बुस विस्फोटन, कार्कीसहित ४ को अवस्था गम्भीर, त्रिविमा उपचार हुँदै

प्रतिनिधिसभा उदयपुर २ का उम्मेदवार कार्कीलाई लक्षित गरी एम्बुस विस्फोटन, कार्कीसहित ४ को अवस्था गम्भीर, त्रिविमा उपचार हुँदै


काठमाडौं । उदयपुरगढी गाउँपालिका ६ नेपालटार बजारमा आयोजना गरिएको चुनावीसभालाई सम्बोधन गर्न जाँदै गर्दा सोही वडाको दनुवारबेसीमा थापिएको विद्युतीय धराप (एम्बुस) विस्फोटनमा परी प्रतिनिधिसभा उदयपुर २ का नेपाली कांग्रेसका उम्मेदवार नारायणबहादुर कार्की सहित ४ जना गम्भीर र दुई सामान्य घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि हेलिकोप्टरद्वारा त्रिवी शिक्षण अस्पताल काठमाडौं ल्यार्इ उपचार थालिएको छ । उम्मेदवार कार्की २०७० सालको संविधानसभा निर्वाचनमा उदयपुर निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित सांसद हुन्।

कार्की सहित कांग्रेस कार्यकर्ता, धनमाया सार्की र गाडी ड्राइभर राजन कार्की प्रहरी जवान कालिदास श्रेष्ठ गम्भीर घाइते भएका छन्। त्यस्तै विद्युतीय धरापमा परेका पत्रकार नवराज पौडेल र कांग्रेस कार्यकर्ता मीरा कटुवालको पनि उपचार भइरहेको जनाईको छ । उम्मेदवार कार्की र ड्र‍ाइभर राजन कार्कीको अवस्था गम्भीर रहेको छ।

कटारी नगरपालिका ७ रिस्कुका कार्की र गम्भीर घाइते भएकी उदयश्री बहुमुखी क्याम्पस कटारी नेविसंघकी सभापति कटारी ३ की २३ वर्षीया मिरा कटुवाल रहेकी छिन् । कार्की र कटुवाललाई उपचारका लागि काठमाडौं ल्याइएको छ । विस्फोटमा परी घाइते उदयपुरगढी गाउँपालिका ८ की धनमाया धौलाकोटी, चालक कटारी नगरपालिका ७ रिस्कुका ३६ वर्षीय राजन कार्की, प्रहरी जवान कालिदास श्रेष्ठको नेपालटारस्थित स्वास्थ्य क्लिनिकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डीएसपी मेघराज अधिकारीले जानकारी दिएका छन् ।

उम्मेदवार कार्कीलाई लक्षित गरी अज्ञात समूहले बुधबार बिहान थापेको एम्बुस विस्फोटन हुँदा बा १ च ७८०६ नम्बरको बोलेरो पल्टिएको थियो।
प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठकाअनुसार कार्कीको एउटा हात चलेको छैन् भने आँखामा गम्भीर असर परेको छ । उनको शरीरका विभिन्न भागमा चोट लागेको स्थानीयबासीले बताएका छन् । गम्भीर घाइते कटुवालको एउटा खुट्टाको कुर्कुचा मुनीको भाग नभएको जनाइएको छ।

घटनास्थल सदरमुकाम गाईघाटदेखि ४५ किलोमिटर पश्चिम क्षेत्रमा पर्दछ। मंगलबार मात्र नेपाली कांग्रेस प्रतिनिधिसभा निर्वचन क्षेत्र नं. १ का उमेदवार डा. नारायण खड्का र सोही क्षेत्रको प्रदेससभा २ का कांग्रेसका उम्मेदवार हिमाल कार्कीलाई लक्षित गरी बम विस्फोटन भएको थियो।

प्रकाशित मिति : २०७४, १३ मंसिर बुधबार  ६ : ४७ बजे

धार्मिक र पुरातात्विक महत्व बोकेको टोखाको बिस्का जात्रा (फोटो फिचर)

काठमाडौं । ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व बोकेको टोखाको बिस्का

बिआरआई ऐतिहासिक र बहुआयामिक योजना हो : कोइराला

काठमाडौं । नेपाली काङ्ग्रेसकी नेतृ सुजाता कोइरालाले बिआरआई चीनबाट अगाडि

नेपालको स्वास्थ्य सेवा सुधारमा सघाउन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संयुक्त राष्ट्र

आज रामनवमी पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज

अब तीनकुनेमा प्रदर्शन र सभा नगर्न समितिको निर्देशन

काठमाडौं । अबदेखि तीनकुने र आसपाको क्षेत्रमा कुनै पनि प्रकारका