२०८३, ८ भाद्र मंगलबार

कास्कीका काँग्रेस उम्मेदवार गाउँ गाउँमा

कास्कीका काँग्रेस उम्मेदवार गाउँ गाउँमा


पोखरा । मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा नेपाली कांग्रेसले मैदानमा उतोरका उम्मेद्वारहरु आफ्नो पक्षमा भोट माग्दै मतदाताको घरदैलोमा पुगेको छन् ।  लोकतन्त्रको रक्षासहित सम्बृद्धिको नारा लिएर मतदातासामु पुगेका कांग्रेसका उम्मेद्वारहरु मतदाताले यसपटक न्याय गर्नेमा निश्चिन्त देखिएका छन् ।

कास्की क्षेत्र नम्बर १ मा कानुनमन्त्रीसमेत रहनुभएका काँग्रेस नेता यज्ञबहादुर थापा प्रदेश सभा र समानुपातिक तर्फका उम्मेदवारहरुको टोली लिएर मतमाग्न निस्कनुभएको छ । मन्त्री थापा , क्षेत्र नं १ को प्रदेश ‘ख’ का उम्मेदवार कृष्ण केसी र समानुपातिक उम्मेदवार रसकुमारी गुरुङ सहितको टोली काँग्रेसको पक्षमा भोट माग्दै मादी गाउँपालिकाको विभिन्न वडाहरुमा पुगेर बुधबार पोखरा फर्केको छ ।  बुधबार फर्केको टोलीको विहिबारदेखि पोखरा लेखनाथ महानगरपालिकामा पर्ने विभिन्न वडाहरुमा घरदैलो गर्ने कार्यक्रम रहेको छ । प्रचारको क्रममा जनताको घरदैलोमा पुगेका थापाले कांग्रेसप्रति मतदाताको असिम विश्वास र सद्भाव रहेको सुनाउनुभयो । अघिल्लो पटक पनि त्यस क्षेत्रका जनताले आफूलाई निर्वाचित गराएको स्मरण गराउदै उहाँले भन्नुभयो ‘जनमत काँग्रेसकै पक्षमा छ । र, जनताले सम्बृद्धिको अभियान काँग्रेसले मात्र पूरा गर्न सक्ने विश्वास गरेका छन्  ।

त्यस्तै प्रदेश ‘ख’ तर्फका उम्मेदवार कृष्ण केसीले पनि जनलहर काँग्रेसको पक्षमा रहेको दाबी गर्नुभयो । ‘हामी कास्की क्षेत्र नम्बर १ मा पर्ने मादी गाउँपालिकाका सम्पूर्ण गाऊँहरुमा घरदैलो कार्यक्रममा सरिक भयौँ । र, त्यहाँका जनताबाट निकै माया पनि पायौँ ।’ उहाँले केहि सम्बृद्धिको आशासहित मतदाताले काँग्रेसलाई जिताउने वचन दिएको बताउनुभयो । त्यस्तै समानुपातिक तर्फकी उम्मेदवार रसकुमारी गुरुङले पनि काँग्रेसको पक्षमा जनलहर उर्लेको बताउनुभयो । त्यसै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश ‘क’ तर्फका उम्मेदवार जीवन परियारले आफू प्रदेश ९क०को क्षेत्रमा पर्ने सम्पूर्ण वडाहरुमा घरदैलो अभियानमा सरिक रहेको बताउनुभयो ।

प्रकाशित मिति : २०७४, ६ मंसिर बुधबार  १० : ०८ बजे

कांग्रेसको बहिष्कारबीच थापाले जोगाए बागमतीको सत्ता, राप्रपाका ७ सांसद निर्णायक

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत

अत्तरियाको दुर्घटनामा सांसद महरको अभिव्यक्तिले चर्कियो विवाद, यातायात श्रमिकको कडा चेतावनी– ‘सार्वजनिक माफी माग्नू’

काठमाडौं । कैलालीको अत्तरियामा भएको सडक दुर्घटनाबारे प्रतिनिधिसभामा सांसद ऐन

वागमती प्रदेश सभामा आज दिउँसो किरण थापाले लिदै विश्वासको मत

काठमाडौँ, ९ भदौ । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आज

राप्रपामा कारबाहीको पत्रमै प्रश्न, कमल थापाले उठाए निर्णय प्रक्रियामाथि गम्भीर शंका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेशबाट सुरु भएको

५३ ब्रान्ड, २०० भन्दा बढी स्टल : भृकुटीमण्डपमा सुरु भयो नाडा अटो शो

काठमाडौं । नेपालको अटोमोबाइल बजारमा नयाँ प्रविधि, विद्युतीय सवारीसाधन र