२०८३, २९ जेष्ठ शनिबार

कांग्रेस विचार होइन खसी डोहोर्‍याएर गाउँ गइरहेको छ : गोकुल बास्कोटा

कांग्रेस विचार होइन खसी डोहोर्‍याएर गाउँ गइरहेको छ : गोकुल बास्कोटा


काठमाडौं । वाम गठबन्धन प्रतिनिधिसभा काभ्रे क्षेत्र नं. २ का उमेद्वार गोकुल बास्कोटाले चुनावी अभियानमा गाउँ पसेको कांग्रेस तर्सेर फर्किएको बताएका छन् । हामीले चुनाव प्रचारका क्रममा गाउँ पुग्दा गाउँमा कांग्रेसको कोही नभएको पायौं वाम गठबन्धनको काभ्रे काठमाडौं सम्पर्क मञ्चको संयुक्त भेला तथा परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने–त्यसैले कांग्रेस तर्सिएको छ । गाउँबाट राजधानी काठमाडौं आई विभिन्न पेशा र व्यवसायमा संलग्न रहेका काभ्रेली वामपन्थीहरुलाई आफ्नो जिल्ला वामपन्थीको किल्ला बनाउन गाउँ फर्कन आग्रह गर्दै उनले भने–‘दुर्इटा खसी डोहोर्‍याएर कांग्रेस गाउँमा भोट माग्न पस्यो तर उसले ती खसीको मासु खाने मान्छे समेत भेटाएको छैन ।’

गौरीशंकर पार्टी प्यालेस कोटेश्वर काठमाडौंमा भेला भएका वामपन्थीहरुलाई गाउँको खबर सुनाउँदै बास्कोटाले भने– कांग्रेस के हो भन्ने थाहा नभएकाहरु उम्मेदवार भएका छन् । उनीहरुले जीपी (गिरीजाप्रसाद कोइराला) लाई त जान्दैनन् । वीपी र गणेशमान त टाढाको कुरा । त्यसैले वीपीको विचार होइन उनीहरु खसी बोकेर गाउँ पसेका छन्, भोट माग्न । त्यसैले जनता नभएको कांग्रेस बढारिने निश्चित भएको उल्लेख गर्दै उनले भने– ‘स्थायित्व र समाजवादमा प्रवेश गर्ने ढोका उघार्ने दायित्व पूरा गर्ने अभियानमा साथ दिनका लागि शहरमा रहनु भएका सबै वौद्धिक मित्रहरु गाउँ फर्कनुस् ।’ म अनुरोध गर्दछु, कि अब गाउँ फर्काैं । यो पञ्चायती नारा जस्तो होइन, उनले थपे समाजको परिवर्तन, समृद्ध काभ्रे र क्रान्तिको उद्देश्य प्राप्तिका लागि हो ।

प्रमुख प्रतिष्पर्धी नेपाली कांग्रेसको हिंसात्मक गतिविधि र धम्कीको प्रसंग कोट्याउँदै उनले भने– ‘माओवादीमा गोला वारुध बनाउन जानेका साथीहरू सबै सहिद भएका छैनन् । त्यसको प्रतिवाद गर्ने सामथ्र्य वाम गठबन्धनसँग छ । त्यसैले कांग्रेसले जनतालाई त्रसित बनाएर पहिलो हुन्छु भनेर नसोचे हुन्छ । कांग्रेस अब म्युजियममा मात्रै अगाडि हुने हो, उनले भने । गाउँमा मतदाताहरुलाई प्रभाव पार्न र मतका लागि नेपाली कांग्रेसले बाँडेको पैसालाई आफूले जनतालाई देउसी खेलेझै गरी माग्न सुझाएको सम्झाउँदै उनले भने– कांग्रेसले कति दिन्छ ? दिएजति सबै लिनुहोस् । यो उसले अन्तिम किस्ता बाँड्दैछ, किनभने उसले नेपाल टेलीकम बेच्न भ्याएको छैन । जनकपुर चुरोट कारखानाको बाँकी भएको जग्गा बेच्न पाएको छैन । तीस हजार, पैंतीस हजार जति दिन्छ लिनुहोस् र महिनाको खर्च चलाउनुस् । किन थुक निलेस बस्नु ? लिए केही फरक पर्दैन । तर नुनको सोझो भन्छन् नी त्यस्तो चाहिं हुनु भएन । गठबन्धनलाई भोट दिएर भरिदिनुस् । कांग्रेसको ढ्वाङ चाहिं रित्तो पारिदिनुस् । आफ्नो र देशको समृद्धिमा सहभागी बन्नुहोस् । किनभने बिकास र निकासका लागि वाम गठबन्धन विजयी हुनैपर्छ । नत्र २२ वर्ष शासन गर्ने कांग्रेसले देशका बाँकी रहेका संस्थानहरु बेच्नेछ र जनतालाई अरु दुःख थोपर्नेछ ।


कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभा काभ्रे क्षेत्र नं. १ का उमेद्वार गंगाबहादुर दोङ बमध्वजले काठमाडौंमा रहनु भएका सम्पूर्ण वाम सदस्यहरुलाई मंसिर २१ गतेको व्याटलमा निर्णायक लडाइँ लड्नका लागि तयारी गर्न अनुरोध गर्दै भने, ‘बिगतको मतको संरक्षण गर्न गाउँ–गाउँमा जानुहोस। काभ्रे अब पक्का लालकिल्ला हुनेछ । तपाईहरुले थप बल दिनुहोस् । लाल किल्ला बनाउनका लागि आजैबाट सबै मिलेर लागौं ।’

उनले ग्रामीण भेगको जनतासँग भएको भेटघाटको अवस्थाको चित्रण गर्दै भने काँग्रेसहरुको अभियान हाम्रो अभियानसँग तुलना गर्नै सकिदैन । उनीहरुको अभियान काठमाडौंका स्यालहरु ओसारेर गरिएका स्याल हुइयाँ मात्र हो । अब काभ्रेमा कांग्रेसको केही चल्नेवाला छैन । यी कुहिएर गन्हाएका दुर्गन्धितहरु हुन् ।

प्रकाशित मिति : २०७४, ४ मंसिर सोमबार  ७ : १५ बजे

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क

रोपाइँको मुखमा किसानलाई मल–बीउ उपलब्ध गराउन एमालेको माग

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीले धान रोपाइँ तथा

सीमादेखि संसदसम्म सरकार विवादमा, प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन एमालेको चेतावनी

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय स्वाधीनता, श्रमिक अधिकार र लोकतान्त्रिक

बजेट छेडखानी प्रकरणमा एमालेको चुनौती : ‘दूधको दूध, पानीको पानी गर्न तयार छौँ’

काठमाडौं । नेकपा एमालेका सांसद गुरु बराल ले अर्थमन्त्री स्वर्णिम

प्रधानमन्त्रीको मौनता र अर्थमन्त्रीको धम्कीमाथि : केसीको आक्रोश

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसी ले संसद्प्रति सरकारको