२०८२, २६ मंसिर शुक्रबार

काभ्रेको नव निर्माणका लागि वाममगठबन्धनलाई मतदान गर्न बमध्वजको अनुरोध

काभ्रेको नव निर्माणका लागि वाममगठबन्धनलाई मतदान गर्न बमध्वजको अनुरोध


दाप्चा, मंसिर २ । वाम गठबन्धनका साझा उमेदवार प्रतिनिधि सभा क्षेत्र नं. १ का उमेदवार गंगा बहादुर तामाङ(बमध्वज) काभ्रेको नव निर्माणका लागि बाम गठबन्धनको उमेदवारहरुलाई विजयी गराउन अनुरोध गरेका छन् । शनिवार काभ्रेको दाप्चास्थित डराउने पोखरीमा भएको चुनावी सभालाई सम्बोधन गर्दैे उनले समृद्ध राष्ट्र निर्माणको अभियानलाई सफल पार्न वाम गठबन्धनको उमेदवाहररुलाई विजयी गराउनु पर्ने वताएका हुन ।

दाप्चाको डराउने पोखरीमा भएको चुनावी सभालाई सम्बोधन गर्दै काभ्रे प्रतिनिधि सभा क्षेत्र नं. १ का बाम गठबन्धनका उमेदवार गंगाबहादुर तामाङ(बमध्वज)ले हिजो जनताको प्रतिवद्धता गरेको कामहरु भईरहेको र यसका लागि बजेट अभावका कारण रोकिएको भए निर्वाचनमा विजयी भएर आएपछि ति सबै बाँकी कामलाई पूर्णता दिने जिम्मेवारी वाम गठबन्धनले लिने बताएका छन् ।  उनले घरदैलो र कोण सभालाई सम्बोधन गर्दैे आम शुभचिन्तक र मतदाताहरुलाई बमध्वज र चन्द्र लामा भनेको एउटै भन्र्दै चुनावी अभियानमा होमिनका लागि नेता कार्यकर्ताहरुलाई आग्रह गरेका थिए ।

यसैगरी निवर्तमान सांसद रामहरी सुवेदीले बाम गठबन्धनसंग जनताको साथ रहेकाले भोलिको सुन्दर नेपाल बनाउने तागत पनि आफुहरुसर्गै रहेको बताए । सुवेदीले भने ‘हामीसंग धन पनि छैन, डन पनि छैन, हामीसंग जनता छ, यही जनताको मतबाट विजयी भएर समृद्ध राष्ट्र निर्माणका लागि लागिरहेका छौं ।’  ‘अहिले हामी वामगठबन्धनलाई मतदान गर्नका लागि अनुरोध गर्दै आएका छौं, चुनावपछि हामी एउटै पार्टी हुनेछौं, हिजो भनेका कुरा कही कतै पूरा नभएको भए आगामी दिनमा पूर्णता दिने ।’ बताएका छन् ।

प्रकाशित मिति : २०७४, २ मंसिर शनिबार  ६ : १६ बजे

शेरधन राईको दाबी ‘सचिव पद मेरो स्वाभाविक हक, रोक्न सक्ने कोही छैन’

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले आगामी

ईश्वर पोखरेल सुशीलासँग मिलेर मेरो विरुद्ध लागे : केपी शर्मा ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र वरिष्ठ

टपक्क टाँसिदिएको, फेद-टुप्पो नभएको सरकार : ओलीको आरोप

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई

लुम्बिनीले विराटनगरलाई १३५ रनको लक्ष्य दियो

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो

प्रधानमन्त्री कार्की शीतलनिवासमा, राष्ट्रपति पौडेलसँग आकस्मिक भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास