२०८३, ६ कार्तिक शुक्रबार

काभ्रेमा ट्रिफरको दादागिरी रोकिएन धुलिखेल नगरपालिका ७ रवीओपीका विशाल तामाङलाई ठक्कर अवस्था चिन्ताजनक

काभ्रेमा ट्रिफरको दादागिरी रोकिएन धुलिखेल नगरपालिका ७ रवीओपीका विशाल तामाङलाई ठक्कर अवस्था चिन्ताजनक


अरानीको राजगमार्गको व्यस्त बजार बनेपाको तरकारी बजारमा काठमाडौं तर्फ जाँदै गरेको ट्रिफरले ठक्कर दिएर धुलिखेल नगरपालिका वडा नं. २ रवीओवी पदालीका माइते तामाङ भनिने विशाल तामाङलाई गम्भीर घाइते बनाएको छ । बा. २ ख. ६१७३ नम्बरको ट्रिफरले विपरित दिशामा गुडेको बा. २६ प. १७२७ नम्बरको मोटरसाइकललाई रङ्साईडमा गएर ठक्कर दिएको थियो ।

तामाङको उपचारका लागि धुलिखेल अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । घाइते तामाङको अवस्था चिन्ताजनक छ । प्रतक्ष्यदर्शीका अनुसार ठक्करपछि सडकबाट बाहिरिन लागिसकेका तामाङलाई ट्रिफर चालकले ट्रिफरलाई नरोकी घिसार्दै थप घाइते बनाएका थिए ।

ठक्करपछि बनेपाको तरकारी बजारमा ठूलो भीड जम्मा भएको थियो । स्थिति तनापग्रष्त हुने भएपछि सुरक्षाकर्मीले भीडलाई हटाउँदै नियन्त्रणमा लिएको छ भने ट्रिफरलाइ सुरक्षाकर्मीले इलाका प्रहरी कार्यालय बनेपा पु¥याएको छ । अस्ती पनि बनेपामा सवारी साधनको ठक्करबाट एक वृद्ध बटुवाको मृभ्यु भएको थियो ।

प्रकाशित मिति : २०७४, १ मंसिर शुक्रबार  ४ : ४७ बजे

चीनमा भूकम्प : राहतका लागि बजेट विनियोजन, यसरी हुँदैछ उद्धार

एकाठमाडौं । चीनले दक्षिणपश्चिमी चीनको सिजाङ स्वायत्त क्षेत्रमा गएको ७.०

कालीकोटमा पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज प्रतियोगिता सम्पन्न

कालीकोट। बडादशैं तथा तिहारको उपलक्ष्यमा कालीकोट जिल्लामा पहिलो पटक पुल–अप

मुगुका ६ हजार १०० नागरिकले पाए गाउँमै निःशुल्क उपचार र औषधि, स्थानीय हर्षित

मुगु । भौगोलिक विकटता र आर्थिक अभावका कारण स्वास्थ्य सेवाबाट

क्रसरको पानी पोखरीमा डुबेर सिन्धुलीकाे सुनकाेसीमा आमा–छोरीको मृत्यु

रामेछाप। सिन्धुलीको सुनकोशी गाउँपालिका–१ आपघारीस्थित क्रसर उद्योगका लागि प्रयोग गरिएको

एनपीएलको टिकट मूल्य सार्वजनिक

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल