२०८२, ३ कार्तिक आईतबार

‘पूर्वाधार लगायत समग्र विकास कांग्रेसबाट मात्र संभव’ करापुटारमा लमजुङ र कास्की कांग्रेसको संयुक्त आमसभा

‘पूर्वाधार लगायत समग्र विकास कांग्रेसबाट मात्र संभव’ करापुटारमा लमजुङ र कास्की कांग्रेसको संयुक्त आमसभा


करापुटार । लमजुङ र कास्कीको पूर्वाधार लगायत समग्र विकासका लागि लोकतान्त्रिक गठबन्धनको जित आवश्यक रहेको नेताहरुले बताएका छन् । नेपाली काँग्रेस मध्यनेपाल नगरपालिकाको आयोजनामा करापुटारमा आयोजित वृहत् चुनावी सभालाई सम्बोधन गर्दै लमजुङ र कास्कीका उम्मेद्वारहरुले उक्त कुरा बताउनुभएको हो ।

चुनावी सभालाई सम्बोधन गर्दै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले लोकतान्त्रिक गठबन्धनलाई जिताए दुवै जिल्लाको विकास हुने बताउनुभयो । “लमजुङबाट कास्कीको पोखरा जोड्ने सबैभन्दा छोटो मोटरबाटो निर्माण काँग्रेसको पहलमा मात्र सम्भव छ,” उहाँले भन्नुभयो । मन्त्री थापाले १६४ वर्ष अगाडि बनेको मुलुकी ऐन काँग्रेसको पालमामा संशोधन भएको बताउनुभयो । “देव गुरुङ, पृथ्वीसुब्बा गुरुङहरुले दिन नसकेको संविधान दिलबहादुर घर्ती, चन्द्रबहादुर कुँवर, म, र जिवन परियारहरुले दिन सफल भएका छौँ,” मन्त्री थापाले भन्नुभयो ।

उहाँले आफूले संसद् विकास कोषमार्फत वेगनास–भोर्लेटार सडकको स्तरोन्नतिको कार्य अघि बढाएको बताउनुभयो । जनताका आवश्यकता अनुरुप आफूले विकास निर्माणका योजना अघि बढाएको र अब पनि बढाउने उहाँले दावी गर्नुभयो । उहाँले राणाशासन, र राजतन्त्र फाल्ने काँग्रेस बाम गठबन्धनसँग नडराएको बताउनुभयो । कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य एवम् कास्की क्षेत्र नं १ प्रदेश (क) का उम्मेद्वार जीवन परियारले काँग्रेसको पालामा स्वास्थ्य बीमाको थालनी गरिएको बताउनुभयो ।

नेता परियारले दलितको उत्थानका लागि नेपाली काँग्रेसले कानुनी व्यवस्था गरेको बताउँदै काँग्रेसकै पालामा सामाजिक सुरक्षा भत्ता दिन सुरु गरिएको बताउनुभयो । उहाँले काँग्रेसले महिला, दलित, वृद्ध, अपाङलगायतको समस्या समाधानका लागि धेरै काम गरेको उल्लेख गर्नुभयो ।

लमजुङबाट प्रतिनिधि सभाका कांग्रेस उम्मेद्वार दिलबहादुर घर्तीले मुलुकलाई समृद्धितर्फ लगेर स्वदेशमा नै उद्योगधन्दा खोली रोजगारी सिर्जना गर्न लोकतान्त्रिक गठबन्धनको जित आवश्यक रहेको बताउनुभएको छ । “नेपालबाट ४० लाख युवाहरु कामको खोजीमा बाहिरिएका छन् तिनीहरुलाई स्वदेशमा नै काम सिर्जना गर्न काँग्रेसले मात्रै सक्छ ,” उहाँले भन्नुभयो ।

काँग्रेस पूर्व केन्द्रीय सदस्य घर्तीले जनताको विकास र समृद्धिका लागि कांग्रेसको जीत आवश्यक रहेको उल्लेख गर्नुभयो । नेता घर्तीले लमजुङको विकास काँग्रेसको पालामा भएको भन्दै अझ धेरै विकासका लागि काँग्रेसले मार्गदिशा कोरेको स्पष्ट पार्नुभयो । उहाँले विगतदेखि नै काँग्रेसले जित्दै आएको लमजुङ जिल्लालाई फेरी काँग्रेसको किल्ला बनाउन सबै लाग्नुपर्ने बताउनुभयो । नेपाली कांग्रेस लमजुङ प्रदेश (ख) का उम्मेद्वार कृष्णप्रसाद कोइरालाले बाम एकताले ७ दशक लामो जनताको बलिदानपूर्ण संघर्षबाट ल्याएको नेपालको लोकतन्त्र संकटमा पर्ने भएकोले यसलाई जोगाउन प्रतिनिधिसभा र प्रदेशसभामा नेपाली कांग्रेसका उम्मेद्वारहरुलाई अत्यधिक मतले विजयी गराउन आग्रह गर्नुभयो ।

उहाँले नेपाली कांग्रेसले नै विभिन्न जातजाति, भाषाभाषि,धर्म र संस्कृतिको रक्षा गर्ने र देशभित्र वस्ने सबै नेपालीका बीचमा सौहाद्र सम्बन्ध विकसित गर्ने भएकोले जातीय र क्षेत्रीय विद्धेष फैलाउने कम्युनिष्टहरुसंग सतर्क रहन अनुरोध गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्य समिति लमजुङका सभापति भेषबहादुर पौडेलले कम्युनिष्टहरुले साम्यवादी शासन ल्याएर जनताका अधिकार खोस्ने कुरा गरेकोले यो चुनावमा कांग्रेसलाई जिताउनै पर्ने विचार व्यक्त गर्नुभएको थियो ।

दुई जिल्लाको संयुक्त आमसभामा बोल्दै पूर्व सहायकमन्त्री रामचन्द्र अधिकारी, लमजुङका निवर्तमान सांसद चन्द्रबहादुर गुुरुङ, राप्रपाका केन्द्रीय सदस्य हेमजंग गुरुङ, नेपाली काँग्रेस लमजुङ क्षेत्र नं २ का सभापति वृषराज गुरुङ, मध्यनेपाल नगरपालिकाका प्रमुख रमेशकुमार पाण्डे, महाधिवेशन प्रतिनिधि गमप्रसाद गुरुङल गायतले मुलुकको हरेक परिवर्तन नेपाली कांग्रेसको नेतृत्वमा संभव भएकोले अब आर्थिक क्रान्तिको अगुवाई गर्न पनि नेपाली कांग्रेसमाथि सबैले विश्वास गर्नुपर्ने बताउनु भयो ।

वक्ताहरुले लोकतान्त्रिक संविधानको कार्यान्वयन र आर्थिक समृद्धिको नेपाली कांग्रेसलाई विजयी बनाउन मतदाताहरुसंग अपील गरेका थिए ।

प्रकाशित मिति : २०७४, १ मंसिर शुक्रबार  १ : २५ बजे

आज केन्द्रीय सुरक्षा समितिको बैठक, निर्वाचन सुरक्षा योजना मुख्य एजेन्डा

काठमाडौं । आसन्न निर्वाचनलाई लक्षित गर्दै गृह मन्त्रालयले आज केन्द्रीय

आज तिहारको पहिलो दिनः काग तिहार

काठमाडौँ । आज देशभर तिहारको पहिलो दिन अर्थात् काग तिहार

आजको मौसम अपडेट : देशभर सफा मौसम

काठमाडौं । देशभर आजको मौसम सामान्य र स्थिर रहने भएको

जनकपुरको सुनचाँदी पसलमा गोली चल्यो प्रहरी र व्यवसायीबीच झडप

जनकपुरधाम। जनकपुरको सोनारपट्टी क्षेत्रमा शुक्रबार साँझ एक सुनचाँदी व्यवसायीको पसलमा

नेपालका क्रिकेटर-राष्ट्रको आत्मा र गौरवका नायक

ओमानको गर्मीमा अपराजित रहँदै टी- २० विश्वकप छनोट जित्नु केवल