२०८३, १६ आश्विन शनिबार

‘ऐश्वर्य’को सुखद ओपनिङ, फिल्मको मेकिङको चौतर्फी प्रशंसा

‘ऐश्वर्य’को सुखद ओपनिङ, फिल्मको मेकिङको चौतर्फी प्रशंसा

खबरघर
0
Shares

बिहिबार छठ पर्वको बिदाको मौका छोपेर रिलिज भएको चलचित्र ‘ऐश्वर्य’ले पहिलो दिन सुखद कलेक्शन गरेको छ । चलचित्रको वितरक कम्पनी डीसीएनले दिएको आँकडा अनुसार, यो चलचित्रले काठमाण्डौमा २८ लाख ८६ हजार १०७ रुपैयाँको ग्रस कलेक्सन गरेको छ भने मोफसलमा १९ लाख ३० हजार ५७५ को ब्यापार गर्न सफल भएको छ । चलचित्रले पहिलो दिन ४८ लाख १६ हजार ६ सय ८२ रुपैयाँ बराबरको ग्रस कलेक्शन गरेको छ ।

बिहिबार काठमाण्डौका मल्टिप्लेक्समा दर्शकको उपस्थिती उच्च देखियो । बिहानैबाट मल्टिप्लेक्समा दर्शक चलचित्र हेर्न पुगेका थिए । चलचित्रका नायक तथा निर्माता रमेश उप्रेती, नायिका दीपिका प्रसाई, खलनायक प्रशान्त ताम्राकार र निर्देशक दिवाकर भट्टराइले दर्शकसँगै बसेर चलचित्र हेरे ।

चलचित्र हेरिसकेपछि अधिकांश दर्शक नायक रमेश उप्रेती र खलनायक प्रशान्त ताम्राकारसँग सेल्फी खिच्न झुम्मिएका थिए । केही दर्शकले रमेशले चलचित्र क्षेत्रमा कमब्याक गरेको भन्दै वधाई समेत दिएका थिए । चलचित्रले सुखद व्यापार गरेपछि नायक रमेश उप्रेती निकै खुशी देखिएका छन् ।

उनले, आफूले चाहेको किसिमको चलचित्र बनेको भन्दै खुशी व्यक्त गरे । चलचित्रको मेकिङ, कलाकारको अभिनयलाई सर्वाधिक धेरै दर्शकले रुचाएका छन् । यस्तै, दर्शकबाट आएको प्रतिक्रियाले कलाकार प्रशान्त ताम्राकार पनि दंग देखिएका थिए । उनले, धेरै दर्शक टिकट नपाएर फर्किएको भन्दै दर्शकको मायाले उत्साह बढाएको बताए ।

नायिका दीपिका प्रसाइले डेब्यू चलचित्रमै दर्शकबाट पाएको मायाले आफूलाई अगाडि बढ्न हौसला मिलेको बताइन् । निर्देशक दिवाकर भट्टराइले दर्शकले दिएको मायाले आफूलाई झनै जिम्मेवारी वोध भएको बताए । १ करोड भन्दा माथिको बजेटमा बनेकाले पनि चलचित्रले लगानी उठाउनका लागि मात्र केही दिन आक्रामक व्यापार गर्नुपर्ने हुन्छ ।

Es gibt auch eine reihe von selbsthilfegruppen, in denen sich menschen, die suchtmittel einnehmen oder best-ghostwriter.com/referat eingenommen haben, treffen.

प्रकाशित मिति : २०७४, ११ कार्तिक शनिबार  ७ : ५१ बजे

उपल्लो डोल्पाबाट बजारतर्फ लैजाँदै च्याङ्ग्रा फोटो फिचर

उपल्लो डोल्पाका हिमाली बस्तीमा पालिएका च्याङ्ग्राहरू अहिले दशैँ–तिहारको बजारलाई लक्षित

घर बनाउन सरकारले सामग्रीदेखि सहुलियत ऋणसम्म दिने

काठमाडौं । सरकारले पहिलोपटक घर बनाउने नागरिकदेखि विपन्न तथा मध्यम

२ महिनामै १०० को सेयर ८०० कसरी? कामाख्या फिनकर्पलाई कम्पनी रजिस्ट्रारको ७ दिने स्पष्टीकरण

काठमाडौं । कम्पनी दर्ता भएको दुई महिनामै कामाख्या फिनकर्प प्रालिको

यात्रुवाहक बस पल्टिँदा ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बिनयी त्रिवेणी

‘गुट होइन नीति, पद होइन जिम्मेवारी’ : महामन्त्रीका आकांक्षी महरले अघि सारे कांग्रेस रूपान्तरणका एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको पूर्वसन्ध्यामा महामन्त्री पदका उम्मेदवार