२०८२, २४ मंसिर बुधबार

काभ्रेमा अण्डा उत्पादक कृषक घट्दैँ

काभ्रेमा अण्डा उत्पादक कृषक घट्दैँ


काभ्रे/काभ्रेपलाञ्चोक जिल्लामा अण्डा उत्पादनका लागि कुखुरा पाल्र्दै आएका सयौँ कृषक विस्तापित भएका छन् । अण्डा उत्पादक संघ जिल्ला शाखाका अनुसार अहिले मुस्किलले ५०÷६० जनाको हाराहारिमा मात्रै कृषकले फूल पार्ने लेयरस जातको कुखुरा पालिरहेका छन् । २०७१ सालमा कुखुरामा देखिएको बर्डफ्लुसँगै विस्तापित भएका कृषकले लेयरस कुखुरा पाल्न जाडेर अर्कै पेशा ब्यवसायमा लागेका छन् । “लेयरस जातको कुखुरा पाल्ने धेरै कृषक साथीहरु विस्तापित नै हुनुभएको छ, संघका जिल्ला अध्यक्ष राधा कृष्ण अधिकारीले कारोबारसँग भने “कतिपय कृषकले ब्रोईलर्स कुखुरा पाल्न थाल्नुभएको छ ।”

जिल्लाको पनौती क्षेत्रको मल्पी, सुनथान, बनेपाको नाला, काभ्रेभञ्ज्याङ क्षेत्रका कृषकले अहिले ब्यवसायिक रुपमा अण्डा दिने कुखुरा पालिरहेका छन् । त्यस्तै ग्रामीण भेगमा समेत अण्डा उत्पादन हुन थालेको संघले जनाएको छ । तर दुईवर्ष अघिको बर्डफ्लुले बनेपा आसपासको क्षेत्रमा नराम्ररी प्रभावित बनाएपछि विस्तापित भएका कृषकहरु अझै लयमा फर्केका छैनन् । बर्डफ्लुको संक्रमण फैलनु अघि जिल्लामा अण्डा उत्पादनका लागि ३ लाख कुखुरा पालिएको थियो । जसमा ३ सयको हाराहारिमा कृषकहरु सहभागि भएका थिए । “ठूलो लगानी गरेका कृषकहरु तग्रिंनै सक्नुभएको छैन्, त्यो बेला धेरै कृषकको रोजीराटी नै खोसियो, अधिकारीले भने “जसका कारण अहिले उत्पादन घटेको छ, बजारमा मूल्य बढेको छ ।” जिल्लामा अहिले दैनिक ७० देखि ८० हजार वटा अण्डा उत्पादन भइरहेको छ । त्यस मध्ये ५० हजारभन्दा बढी अण्डा जिल्ला भित्रै खपत हुने गरेको संघका अध्यक्ष अधिकारीले जानकारी दिए ।

अण्डा उत्पादन गर्ने कृषकको संख्या दिनप्रतिदिन कम हुदैँ गइरहेको बेला जिल्ला पशु सेवा कार्यालयले भने यो वर्ष नै जिल्लालाई अण्डामा समेत आत्मनिर्भर घोषणाको तयारी गरिरहेको छ । दुध उत्पादनमा जिल्ला आत्मनिर्भर घोषणा भइसकेको छ । जिल्लालाई पुग्ने अण्डा उत्पादन हुने भएकाले घोषणा गर्न खास समस्या नरहेको जिल्ला पशु सेवा कार्यालयका प्रमूख डा. नारायण बहादुर श्रेष्ठले बताए । “बर्डफ्लुसँगै धेरै कृषक पलायन हुनुभएको छ, उनले भने “पुरानै अवस्थामा उत्पादन नभएपनि जिल्लाका लागि अनेत्रबाट अण्डा ल्याउनु पर्ने अवस्था छैन् ।” विश्व स्वास्थ्य संगठनले वर्षमा एक ब्यक्तिले ४८ वटा अण्डा खानुपर्ने बताएपनि जिल्लामा एक ब्यक्तिको भागमा ५० वटा सम्म पुग्ने गरेको उनले बताए । बर्डफ्लु अघि जिल्लामा उत्पादन भएको अण्डा जिल्ला बाहिर समेत नियात हुने गरेको थियो । “बनेपा राजधानी पूर्वका जिल्लाहरुको मूख्य ब्यापारिक केन्द्र भएकाले अण्डा आयात त हुन्छ, श्रेष्ठले भने “तर हाम्रो जिल्लालाई पुग्ने हामी आफै उत्पादन गर्छौँ ।”

प्रकाशित मिति : २०७४, १२ कार्तिक आईतबार  ५ : २४ बजे

एमालेको नेतृत्व निर्माण बन्द सत्रबाट हुनेछ : सचिव पद्मा अर्याल

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा

प्रधानमन्त्री र जेनजीबीच १० बुँदे सम्झौतामा हस्ताक्षर

काठमाडौं । सरकार र जेनजी आन्दोलनकारीबीच १० बुँदे ऐतिहासिक सम्झौतामा

जेनजी प्रतिनिधिहरूबीच झगडा प्रधानमन्त्री कार्यालयमा

काठमाडौं । सरकारसँग सम्झौता सम्पन्न हुनासाथ सिंहदरबारभित्र जेनजी प्रतिनिधिहरूबीच तनावपूर्ण

देश, जनता र पार्टी पहिलो हो, पद होइन : एमाले सचिव लेखराज भट्ट

काठमाडौं । नेकपा एमालेका सचिव लेखराज भट्टले देश, जनता र

काभ्रे-१ बाट प्रतिनिधिसभा सदस्यमा गणेश लामा सिफारिस

काभ्रेपलाञ्चोक । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काभ्रे