२०८३, २ श्रावण आईतबार

काभ्रेमा अण्डा उत्पादक कृषक घट्दैँ

काभ्रेमा अण्डा उत्पादक कृषक घट्दैँ


काभ्रे/काभ्रेपलाञ्चोक जिल्लामा अण्डा उत्पादनका लागि कुखुरा पाल्र्दै आएका सयौँ कृषक विस्तापित भएका छन् । अण्डा उत्पादक संघ जिल्ला शाखाका अनुसार अहिले मुस्किलले ५०÷६० जनाको हाराहारिमा मात्रै कृषकले फूल पार्ने लेयरस जातको कुखुरा पालिरहेका छन् । २०७१ सालमा कुखुरामा देखिएको बर्डफ्लुसँगै विस्तापित भएका कृषकले लेयरस कुखुरा पाल्न जाडेर अर्कै पेशा ब्यवसायमा लागेका छन् । “लेयरस जातको कुखुरा पाल्ने धेरै कृषक साथीहरु विस्तापित नै हुनुभएको छ, संघका जिल्ला अध्यक्ष राधा कृष्ण अधिकारीले कारोबारसँग भने “कतिपय कृषकले ब्रोईलर्स कुखुरा पाल्न थाल्नुभएको छ ।”

जिल्लाको पनौती क्षेत्रको मल्पी, सुनथान, बनेपाको नाला, काभ्रेभञ्ज्याङ क्षेत्रका कृषकले अहिले ब्यवसायिक रुपमा अण्डा दिने कुखुरा पालिरहेका छन् । त्यस्तै ग्रामीण भेगमा समेत अण्डा उत्पादन हुन थालेको संघले जनाएको छ । तर दुईवर्ष अघिको बर्डफ्लुले बनेपा आसपासको क्षेत्रमा नराम्ररी प्रभावित बनाएपछि विस्तापित भएका कृषकहरु अझै लयमा फर्केका छैनन् । बर्डफ्लुको संक्रमण फैलनु अघि जिल्लामा अण्डा उत्पादनका लागि ३ लाख कुखुरा पालिएको थियो । जसमा ३ सयको हाराहारिमा कृषकहरु सहभागि भएका थिए । “ठूलो लगानी गरेका कृषकहरु तग्रिंनै सक्नुभएको छैन्, त्यो बेला धेरै कृषकको रोजीराटी नै खोसियो, अधिकारीले भने “जसका कारण अहिले उत्पादन घटेको छ, बजारमा मूल्य बढेको छ ।” जिल्लामा अहिले दैनिक ७० देखि ८० हजार वटा अण्डा उत्पादन भइरहेको छ । त्यस मध्ये ५० हजारभन्दा बढी अण्डा जिल्ला भित्रै खपत हुने गरेको संघका अध्यक्ष अधिकारीले जानकारी दिए ।

अण्डा उत्पादन गर्ने कृषकको संख्या दिनप्रतिदिन कम हुदैँ गइरहेको बेला जिल्ला पशु सेवा कार्यालयले भने यो वर्ष नै जिल्लालाई अण्डामा समेत आत्मनिर्भर घोषणाको तयारी गरिरहेको छ । दुध उत्पादनमा जिल्ला आत्मनिर्भर घोषणा भइसकेको छ । जिल्लालाई पुग्ने अण्डा उत्पादन हुने भएकाले घोषणा गर्न खास समस्या नरहेको जिल्ला पशु सेवा कार्यालयका प्रमूख डा. नारायण बहादुर श्रेष्ठले बताए । “बर्डफ्लुसँगै धेरै कृषक पलायन हुनुभएको छ, उनले भने “पुरानै अवस्थामा उत्पादन नभएपनि जिल्लाका लागि अनेत्रबाट अण्डा ल्याउनु पर्ने अवस्था छैन् ।” विश्व स्वास्थ्य संगठनले वर्षमा एक ब्यक्तिले ४८ वटा अण्डा खानुपर्ने बताएपनि जिल्लामा एक ब्यक्तिको भागमा ५० वटा सम्म पुग्ने गरेको उनले बताए । बर्डफ्लु अघि जिल्लामा उत्पादन भएको अण्डा जिल्ला बाहिर समेत नियात हुने गरेको थियो । “बनेपा राजधानी पूर्वका जिल्लाहरुको मूख्य ब्यापारिक केन्द्र भएकाले अण्डा आयात त हुन्छ, श्रेष्ठले भने “तर हाम्रो जिल्लालाई पुग्ने हामी आफै उत्पादन गर्छौँ ।”

प्रकाशित मिति : २०७४, १२ कार्तिक आईतबार  ५ : २४ बजे

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

केहीबेरको वर्षामै काठमाडौं जलमग्न, माइतीघर डुबानमा परेपछि सवारी आवागमन प्रभावित

काठमाडौं । बिहीबार दिउँसो परेको अविरल वर्षाले काठमाडौं उपत्यकाका विभिन्न

‘मार्वल’को ट्रेडमार्क दुरुपयोग गरेको आरोप, जानकी प्लास्टिक उद्योगका सञ्चालक पक्राउ

जनकपुरधाम । प्रसिद्ध ‘मार्वल’ ब्रान्डको ट्रेडमार्क दुरुपयोग गरी नक्कली पाइप

अब राइड सेयरिङ चालकले अनिवार्य प्यान लिनुपर्ने, राजस्व विभागको नयाँ निर्देशन

काठमाडौं । आन्तरिक राजस्व विभागले राइड सेयरिङ सेवामा आबद्ध चालकहरूलाई

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, विभिन्न नियुक्ति र समसामयिक विषयमा निर्णय हुने सम्भावना

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित