२०८२, ५ चैत्र शुक्रबार

काभ्रेका भूकम्पपीडित तालिम लिएका साथीसँग सिक्दै, भूकम्पप्रतिरोधात्मक घर बनाउँदैँ

काभ्रेका भूकम्पपीडित तालिम लिएका साथीसँग सिक्दै, भूकम्पप्रतिरोधात्मक घर बनाउँदैँ


काभ्रे/काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका वडा नम्बर च्यासिङ ५ च्याल्टीका राम बहादुर लामाले डकर्मी काम गर्दै आएको २७ बर्ष पुग्यो । ६१ बर्षीय लामाले भूकम्पअघि गाउँमा थुप्रैका घर बनाए । घर बनाउने पेसामै लागेर सेतै कपाल फुलाइसकेका लामा भूकम्पपछि पनि गाउँमा नयाँ घर बनाउने काम गरिरहेका छन् । च्याल्टीकै दिल बहादुर वाइबाको घर बनाउँदै गर्दा भेटिएका उनले तालिम भने लिएका छैनन् । “तालिम त लिन पाइएन्, गाउँँमा तालिम दिन आएको भन्ने कुरा नै थाहा पाइन्, उनले भने “तर तालिम लिएका साथीहरुसँग सिक्दैछु, पहिलेको भन्दा अहिले धेरै कुरा फरक रहेछ ।” जिल्लामा भूकम्पपछि धेरै संघसंस्थाहरुले डकर्मीको तालिम दिएको बताउँने गरेका छन् । तर जिल्लाको दक्षिण पूर्वी भेगमा पर्ने साविकको यो च्यासिङखर्क गाविसका डकर्मी र सिकर्मीले भने चाहेर पनि तालिम लिन पाएका छैनन् । जिल्लाको कतिपय ठाउँमा एनजीओ आइएनजीओले एकै जना ब्यक्तिलाई दोहोर्याएर समेत तालिम लिएका छन् ।

दिल बहादुरको घर बनाउन खटिएका मध्ये दुई जना तालिम लिएका डकर्मी र सिकर्मी छन् । अन्य डकर्मीले तालिम लिएका छैनन् । तर तिनै तालिम लिइरहेका डकर्मीले तालिम नलिएका डकर्मीलाई सिकाई रहेका छन् । झण्डै ९ महिना पहिले गाउँमै एक गैरसरकारी संस्थाले सात दिनको तालिम दिएको थियो । त्यो बेला जम्मा २९ जनाले मात्रै तालिम लिएका थिए । तालिम लिएकाले पनि गाउँ छाडेका छन् । तर राम बहादुर जस्तै धेरै डकर्मीले तालिम लिन पाएनन् । “लामो समय देखि डकर्मी पेसामा लागि रहनुभएका धेरै साथीहरु तालिम लिनबाट बञ्जित हुनुभएको छ, तालिम लिएका डकर्मी विर बहादुर वाईबाले भने “तालिम नलिएका साथीहरुलाई हामीले जाने बुझेको सिप सिकाउँदै घर बनाइरहेका छौँ ।”

सात दिनकै तालिम लिएका श्याम कृष्ण श्रेष्ठ आफ्नो घर बनाइसकेर अहिले छिमेकीको घर बनाउने काममा ब्यस्त छन् । उनी दोस्रो किस्ताको पर्खाइमा छन् । “पहिले जगका लागि घरेडी कसरी नाप्ने, जग कत्ति खन्ने, डिपिसी कसरी गर्ने, नस कहाँ कहाँ राख्ने, कैची ढुंगा, सुर बन्धन, सिल्ड ब्याण्ड भन्ने कुरा नै थाहा थिएन्, श्याम कृष्णले भने “अहिले गाउँमा धेरैको घर बन्दै छ, तालिम लिएका डकर्मी, सिकर्मी हामी थोरै छौँ, त्यहि भएर तालिम लिन नपाएका साथीहरुलाई आफुले जानेको कुरा सिकाउने गरेका छौँ, बेला बेला इन्जिनियर र प्राविधिकहरु आएर पनि तालिम नलिएकाहरुलाई थप कुराहरु सिकाउनु हुन्छ ।”

तालिम लिएकै डकर्मीको पर्खाइमा रहेका धेरैले आफ्नो घर बनाउन नपाएको स्थानीय भिम बहादुर तामाङले बताए । “धेरै ठाउँमा तालिम नलिएका ब्यक्तिले घर बनाउँदा इन्जिनियर र प्राविधिकले पुनः बनाउन लगाएको कुरा सुनेको छु, उनले भने “त्यसैले मापदण्ड अनुसारको घर बनाउन तालिम लिएकै डकर्मी र सिकर्मी कुरेर बसिरहेको छु, पालो कहिले आउने हो कुनै पत्तो छैन् ।” पहिले देखि नै काम गर्दै आएका सबै डकर्मीहरुलाई तालिम दिन आग्रह गर्दा पनि कसैले नसुनेपछि अहिले घर बन्दै गरेका ठाउँमा कम्तिमा दुई जना तालिम लिएका डकर्मी सिकर्मीले नलिएकालाई सिकाउँदै घर बनाइरहेका छन् । “मापदण्डभित्रै रहेर राज्यको सुविधाबाट कोहि पनि बञ्जित नहुन नपरोस् भने हामी आफै सिकाई रहेका छौँ, श्याम कृष्ण भने “सबैले तालिम लिन पाउने हो भने हाम्रो गाउँलाई त सजिलो हुन्छ नै अन्य ठाउँमा समेत गएर काम गर्न सकिन्छ ।”

पुनःनिर्माण प्राधिकरणबाट च्यासिङखर्कमा खटिएका सव इन्जिनियर ध्रुब सेडाईले ३२ जना तालिम नलिएका डकर्मीहरुले अहिले तालिम लिएका डकर्मीसँग मिलेर काम गरिरहेको जानकारी दिए । “तालिम लिएका मध्ये पनि बढीमा १५ जनाले मात्रै काम गरिरहनु भएको छ, उनले “अहिले काम गरिरहेकालाई तालिम दिने हो भने यो ठाउँमा पुनःनिर्माणको काम निकै अघि बढ्ने थियो ।” यहाँ ५७० लाभग्राही रहेका छन् । ९ वटा घर मापदण्डभित्र बनेर मानिस बस्न समेत थालिसकेका छन् । ३९ जनाको दोस्रो किस्ताका लागि सिफारिस गरिएको छ भने, तेस्रो किस्ताको रकमका लागि १५ जनाको नाम सिफारिस गरिएको सव इन्जिनियर सेडाईले बताए ।

प्रकाशित मिति : २०७४, १२ कार्तिक आईतबार  ५ : ०९ बजे

चीनले रोक्यो मल निर्यात, विश्वव्यापी आपूर्तिमा सङ्कट

काठमाडौं । चीन ले घरेलु बजार सुरक्षित गर्न नाइट्रोजन–पोटासियम तथा

घण्टीमा भोट हाल्ने केन्द्रीय सदस्य खोज्दै , प्रचण्ड भन्छन् कारबाही गर्छौं

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी ले फागुन २१ को प्रतिनिधिसभा

नवनिर्वाचित सांसदलाई शपथका लागि आह्वान, आवश्यक कागजातसहित उपस्थित हुन आग्रह

काठमाडौं । संघीय संसद सचिवालय ले प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई शपथ

राप्रपा संसदीय दलको नेता ज्ञानेन्द्र शाही, प्रमुख सचेतक खुश्बु ओली

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो संसदीय दलको

टेक्नो स्पार्क गो ३ स्मार्टफोन सावर्जनिक, दैनिक प्रयोगका लागि टिकाउ हुने दाबी

काठमाडौं । टेक्नोले नेपालमा आफ्नो नयाँ स्मार्टफोन स्पार्क गो ३