२०८३, २७ आश्विन बुधबार

कृषि र कुखुरा पालन मार्फत समृद्धीका आधार बनाउर्दै बेथानचोकका राजकुमार

कृषि र कुखुरा पालन मार्फत समृद्धीका आधार बनाउर्दै बेथानचोकका राजकुमार

यसरी तयार भयो,गाउँमै समृद्धीको आधार


धुलिखेल १० भदौ : पाँच वर्ष अघि । गाउँका साथीहरु विदेश गएर कमाइरहदाँ उनलाई पनि विदेश जाउँ जाउँ नलागेको होइन् । काभ्रेपलाञ्चोक जिल्लाको साविक च्यासिङखर्क गाविस च्याल्टीमा रहेको फोटो पसल समेत छाडे । अनि बनेपा झरेर कारियन भाषा पनि पढ्न शुरु गरे । त्यो बीचमा उनले विदेश गएका र विदेशबाट फर्किका धेरै साथीभाई अनि अग्रजहरुसँग कमाईका बारे सोधि खोजि गर्न भने छाडेनन् ।

विदेश पुगेका थुप्रै साथी मध्ये उनलाई धेरैले विदेश नै आउँ भने । तर ४ जना साथीले नेपालमै नयाँ ब्यवसाय सुरु गरे आफुहरुले समेत लगानी गर्ने सल्लाह दिए । थोरै साथीको सल्लाह मान्ने कि नमान्ने भन्ने दोधारमा परे । तर अन्तिममा ति थोरै साथीहरुले दिएको सल्लाह मानेका राजकुमार वाईबा अहिले गाउँकै लागि उदाहरणीय युवा कृषक बनेका छन् । दुध संकलन केन्द्र खोलेर कृषि पेसामा होमिएका उनले अहिले गाउँमै एकीकृत तरकारि खेती र कुखुरा पालन ब्यवसाय समेत एकसाथ अघि बढाएका छन् । उनलाई एकीकृत तरकारि खेती गर्न भने कतारमा रहेका आफ्नै सालो लाल बहादुर स्याङतान मार्फत सिन्धुलीका दिर्घ बहादुर बुर्जा, मोरङका विक्रम लिम्बु र फोक्सिङटारका पञ्च कुमार मोक्तानले साथ दिएका छन् । “गाउँमा फोटो पसल चल्न छोडेपछि निकै भौतारिए, विदेश जान पनि मन लागेको थियो, उनले भने “तर अहिले गाउँमा मैले कृषि र पशुपालन ब्यवसाय सुरु गरेपछि धेरै जना कृषक बन्नु भएको छ ।”

दुध संकलन केन्द्रलाई अहिले राजकुमारले दुध चिस्यान केन्द्रमा रुपान्तरण गरिसकेका छन् । २५ लाखबाट सुरु गरेको यो ब्यवसायमा अहिले ६० लाखको लगानी भइसकेको छ । एक हजार लिटरको चिस्यान मेसिन, दुई वटा स्टील भ्याट रहेको उनले बताए । च्यासिङखर्क, भूग्देउ, मेदाम्सु, तावरी, गोलगाउँ, भञ्ज्याङ, छिर्के लगायत गाउँका करिब साढे ४ सय कृषकले उनको चिस्यान केन्द्रमा दुध ल्याउने गरेका छन् ।

“पहिला त जति गाईभैसी दुहुना भएपनि घरमै दुध खाएर सकिन्थ्यो, कहिले काहिँ ध्यू बेचिन्थ्यो, स्थानीय देवकी केसीले भनिन्,“अहिले गाउँमै दुध चिस्यान केन्द्र आएपछि धेरै सजिलो भएको छ, दुईचार पैसा खेलाउन पाएका छौँ ।” दुध चिस्यान केन्द्रमा अहिले ६ जनाले रोजगारी पाएका छन् । उनीहरुले महिनाको १० देखि २५ हजारसम्म कमाउने गरेका छन् । “कृषकले संकलन गर्न ल्याएको दुध एक दिन विराएर बिक्रीका लागि पठाउने गरेको छु, राजकुमारले भने “अहिले पशुपालन र तरकारी खेतीबाट पनि गाउँमै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने विश्वास कृषक दाजुभाई दिदीबहिनीहरुमा बढेको छ, यो नै खुशी लाग्छ ।”

दुध चिस्यान केन्द्रसँगै छिमेकीसँग १४ रोपनी जग्गा भाडामा लिएका उनको एकीकृत कृषि तथा पशुपालन फार्ममा अहिले ८ रोपनीमा बन्दा, २ रोपनीमा गोलभेडा, २ रोपनीमा धनियाँ र साग लगाएका छन् । बाँकी जग्गामा माछा पोखरी र ३ हजार क्षमताको कुखुरा खोर रहेको छ । “अहिले सिजनका तरकारी फलिरहेका छन्, उनले भने “त्यस बाहेक कुखुरा पनि हुर्कि रहेका छन्, १५ सय वटा कुखुरा त विक्री पनि भइसक्यो ।”

सुरुमा तरकारी खेतीसँगै उनले गाई र भैसी समेत पालन गरेका थिए । अहिले गाईभैसी पाल्न छाडेर कुखुरा ब्यवसाय सुरु गरेका छन् । “हामीलाई यसरी गाउँमै तरकारी खेती हुन्छ भन्ने नै थाहा थिएन्, राजकुमारका छिमेकी लक्ष्मी तामाङले भनिन् “अहिले त हामी पनि तरकारी फलाउन थालेका छौँ ।” गाउँमा अहिले एकपछि अर्को तरकारी फलाउने कृषक बढी रहेका छन् । धेरैले तरकारी फलाउन थालेपछि तरकारी खरिदका लागि ब्यापारी समेत गाउँमै पुग्ने गरेका छन् । यो फिचर न्यूज खबरघरमा २०७४ सालमा प्रकासन भएको हो ।

प्रकाशित मिति : २०७४, १२ कार्तिक आईतबार  ४ : ५० बजे

दसैँ-तिहारमा Ampere को धमाका, स्कुटर किन्दा १ लाख जित्ने मौका

काठमाडौं । विद्युतीय स्कुटर ब्रान्ड Ampere Nepal ले दसैँ, तिहार

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि प्रदर्शनमा आउने

काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी ५ (आफ्टर द फाइनल म्याच)

आईपीयूको १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को

विश्व बैंक–आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट