२०८२, २१ असार शनिबार

मासुमा पनि काभ्रे आत्मनिर्भर

मासुमा पनि काभ्रे आत्मनिर्भर


काभ्रे/ बाह्य जिल्लामा मासु जन्य पशुपंछी निर्यात गरेर काभ्रे जिल्ला मासु उत्पादनमा समेत आत्मनिर्भर बन्दै गएको छ । चाडबाडका बेला बाह्य जिल्लाबाट मासुका लागि पशुपंछी आयात गर्नु नपर्ने र जिल्लाभित्रै उत्पादन हुने गरेको जिल्ल्ला पशु सेवा कार्यालयका प्रमूख डा.नारायण बहादुर श्रेष्ठले बताए ।

जिल्ला पशुसेवा कार्यालयले तयार गरेको विवरण अनुसार राँगाभैसी १ लाख ३५ हजार २६५ वटा रहेका छन् । बाख्राप्रजातिको संख्या ३ लाख १ हजार ८८२, भेडाको संख्या ३८ सय २, बंगुर १५ हजार ९३४ र कुखुराको संख्या १८ लाख १८ हजार ९४६ रहेको छ । “जिल्लालाई चाँहिने मासु जन्य पशुपन्छी जिल्लामै उत्पादन हुन्छ, प्रमूख श्रेष्ठले भने “ जिल्लामा खपत हुन नसकेर राजधानी लगायत बाह्य जिल्लाहरुमा समेत निर्यात भइरहेको छ ।” काभ्रे जिल्ला देशकै पहिलो दुध उत्पादनमा आत्मनिर्भर जिल्ला समेत हो ।

मासुकै लागि उत्पादन हुने बाख्राको फार्म १४२ वटा रहेको छ । त्यस्तै बंगुर ८२ र कुखुरा १३७ वटा रहेको जिल्ला पशु सेवा कार्यालयका सुचना अधिकारी रत्न बहादुर अधिकारीले जानकारी दिए । जिल्लामा बार्षिक ९ हजार ८५० मेट्रिक टन मासु उत्पादन हुदैँ आएको छ । जिल्लाको कोशीपारी, डाँडापारी, तेमाल र रोशी क्षेत्रमा खासी, बोका, राँगा बढी उत्पादन हुने गरेका छन् भने बनेपा, पनौती, पाँचखाल, धुलिखेल लगायत ठाउँमा कुखुरा उत्पादन हुने गरेका छन् । जुन मासुका लागि प्रयोग हुने गरेको छ ।

प्रकाशित मिति : २०७४, १२ कार्तिक आईतबार  ४ : ३८ बजे

सहिदभूमिमा सरसफाई अभियान

धनकुटा । सहिदभूमि गाउँपालिका्को वडा न ६ स्थिति स्थानीय बिहानी

सिङ्गापुरलाई हराउँदै नेपालले जित्यो इस्ट जोन कपको उपाधि

काठमाडौं । नेपालले एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको

प्रधानमन्त्रीसँग मलेसियन व्यवसायीको भेट

काठमाडौँ । नेपालमा लगानीका सम्भावना र अवसरबारे मलेसियाली व्यवसायीहरूले प्रधानमन्त्री

एनआईसी एशिया र एनसीएचएलबीच सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड

महालक्ष्मी विकास बैंकको सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न