२०८३, २५ जेष्ठ मंगलबार

मासुमा पनि काभ्रे आत्मनिर्भर

मासुमा पनि काभ्रे आत्मनिर्भर


काभ्रे/ बाह्य जिल्लामा मासु जन्य पशुपंछी निर्यात गरेर काभ्रे जिल्ला मासु उत्पादनमा समेत आत्मनिर्भर बन्दै गएको छ । चाडबाडका बेला बाह्य जिल्लाबाट मासुका लागि पशुपंछी आयात गर्नु नपर्ने र जिल्लाभित्रै उत्पादन हुने गरेको जिल्ल्ला पशु सेवा कार्यालयका प्रमूख डा.नारायण बहादुर श्रेष्ठले बताए ।

जिल्ला पशुसेवा कार्यालयले तयार गरेको विवरण अनुसार राँगाभैसी १ लाख ३५ हजार २६५ वटा रहेका छन् । बाख्राप्रजातिको संख्या ३ लाख १ हजार ८८२, भेडाको संख्या ३८ सय २, बंगुर १५ हजार ९३४ र कुखुराको संख्या १८ लाख १८ हजार ९४६ रहेको छ । “जिल्लालाई चाँहिने मासु जन्य पशुपन्छी जिल्लामै उत्पादन हुन्छ, प्रमूख श्रेष्ठले भने “ जिल्लामा खपत हुन नसकेर राजधानी लगायत बाह्य जिल्लाहरुमा समेत निर्यात भइरहेको छ ।” काभ्रे जिल्ला देशकै पहिलो दुध उत्पादनमा आत्मनिर्भर जिल्ला समेत हो ।

मासुकै लागि उत्पादन हुने बाख्राको फार्म १४२ वटा रहेको छ । त्यस्तै बंगुर ८२ र कुखुरा १३७ वटा रहेको जिल्ला पशु सेवा कार्यालयका सुचना अधिकारी रत्न बहादुर अधिकारीले जानकारी दिए । जिल्लामा बार्षिक ९ हजार ८५० मेट्रिक टन मासु उत्पादन हुदैँ आएको छ । जिल्लाको कोशीपारी, डाँडापारी, तेमाल र रोशी क्षेत्रमा खासी, बोका, राँगा बढी उत्पादन हुने गरेका छन् भने बनेपा, पनौती, पाँचखाल, धुलिखेल लगायत ठाउँमा कुखुरा उत्पादन हुने गरेका छन् । जुन मासुका लागि प्रयोग हुने गरेको छ ।

प्रकाशित मिति : २०७४, १२ कार्तिक आईतबार  ४ : ३८ बजे

पेरु निर्वाचन: झिनो अग्रतामा सत्ता-समीकरण, देश फेरि वैचारिक विभाजनको मोडमा

लिमा । पेरुको राष्ट्रपति निर्वाचनको दोस्रो चरणमा वामपन्थी उम्मेदवार रोबर्टो

सम्पत्ति शुद्धीकरण मुद्दाः दीपक भट्ट र शुलभ अग्रवालमाथि थप तीन दिन हिरासत

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका दीपक भट्ट र

विश्व वातावरण दिवस : नाराभन्दा बढी कार्यान्वयनको आवश्यकता

काठमाडौं । आज विश्व वातावरण दिवस देशभर विभिन्न कार्यक्रमका साथ