२०८२, ८ भाद्र सोमबार

तेमालबासीको स्वाथ्यमाथि खेलवाड गर्न खोजियो

तेमालबासीको स्वाथ्यमाथि खेलवाड गर्न खोजियो


तेमाल । तेमाल गाउँपालिकामा नै पहिलो पटक निर्माण गर्न थालिएको सामुदायिक अस्पतालका लागि तेमाल गाउँपालिकाले जग्गा उपलब्ध गराउन अस्वीकार गरेको छ । नयाँ संरचनाअनुसारका सबै स्थानीय तहमा न्युनतम सुविधासहित २५ शैयासम्मको अस्पताल स्थापना गर्नुपर्ने व्यवस्था छ । अस्पताल निर्माणका लागि ‘समस्या विहिन विश्व स्वास्थ्य संस्था’ नामक संस्थाले गाउँपालिकासँग हालको वडा नं. ५ र साविकको पोखरी नारायणस्थान गाविसको वडा नं. ७ थोक्रेमा २ सय रोपनी जग्गा माग गरेको थियो । आवश्यकताअनुसार उपलब्ध गराउनु भन्दा पनि गाउँपालिकाले जग्गा दिन नमिल्ने भनेर दिएन ।


उता जिल्ला वन कार्यालयका प्रमुख प्रेम खनालले पनि सार्वजनिक जग्गा, ऐलनी, पर्ती, बाँझो, खोलानाला सबै वन क्षेत्रको परिभाषाभित्र परेकोले त्यस्तो प्रकृतिको जग्गा प्राप्त गरी सार्वजनिक हितमा उपयोग गर्न मन्त्री परिषदले नै निर्णय गर्नुपर्ने बताउँछन् । तर यसअघि नै जिल्ला वन र मालपोतले समेत सार्वजनिक जग्गा भएको किटान गरी अस्पताल निर्माणका लागि आसय पत्र उपलब्ध गराएको संस्थाका सचिव समिप त्रिपाठीले बताए । त्यसैगरी जग्गाका लागि यसअघिको दलीय संयन्त्र र गाविस सचिवले समेत सहमति र सिफारिस उपलब्ध गराएका थिए । वडापालिका, गाउँपालिका र नगरपालिकाको वोर्ड बैठकले समेत निर्णय गरी जग्गा उपलब्ध गराउने गरिएको व्यवहारिक अभ्यास पनि विद्यमान छ । व्यवहारिक रुपमा सार्वजनिक हितका त्यस्ता संरचनाहरु काभ्रेका विभिन्न स्थानमा निर्माण गरिएका छन् ।

काभ्रेमा विभाजित १३ स्थानीय तहहरुमध्ये प्रायले नीति तथा कार्यक्रममा अस्पताल निर्माणको कार्यक्रमलाई समेटिएको पाइएको छैन । बरु नीति तथा कार्यक्रम पेश गर्ने तेमाल गाउँपालिकाका प्रमुखले ६५ लाखसम्मको सवारी साधन खरिद गर्ने र सुविधा उपभोग गर्ने कार्यक्रम भने समावेश गरेका छन् । निर्वाचित स्थानीय तहका प्रतिनिधिहरुले जनस्वास्थ्यलाई वेवास्था गर्ने मध्येकै तेमाल गाउँपालिका पनि एक हो । तेमाल गाउँपालिकाले नागरिकको स्वास्थ्यमा सुधार ल्याउनका लागि खास कार्यक्रम ल्याउनु त परको कुरा अस्पताल निर्माणका लागि अगुवाई गर्नखोज्ने संघ÷संस्थालाई जग्गा समेत उपलब्ध गराएन । गाउँपालिकाको बहुमत सदस्यहरु जग्गा दिन सहमत भए पनि प्रमुख र उप–प्रमुख भने जग्गा दिन सहमत नभएको बैठकमा सहभागी एक गाउँ कार्यपालिका सदस्यले रोशीलाई बताएका छन् ।

अस्पताल चाहिं शिल्यान्यास गरियो

जग्गा उपलब्ध नभए पनि तेमाल सामुदायिक अस्पतालको भने गत ९ गते शुक्रबार शिल्यान्यास गरिएको छ । अस्पताल तेमाल गाउँपालिकाको वाडा नं ७ को चापाखोरीमा निर्माण गर्ने गरी शिल्यान्यास गरिएको छ । युवा संघ नेपाल केन्द्रीय उद्योग विभाग प्रमुख अमित लामा प्रमुख अतिथीको रुपमा सहभागी भई शिल्यान्यास गरेका छन् । उनले शिल्यान्यास कार्यक्रमपछि सभालाई सम्बोधन गर्दै राजनीति विनासका लागि नभएर विकासका लागि गर्नुपर्ने बताएका छन् ।

२५ शैंयाको तेमाल सामुदायिक अस्पतालको शिलान्यास गर्दै लामाले युवाहरू विकासको पहरेदार शक्ति भएकाले विकास कार्यमा लागेका युवालाई कसैले पनि रोक्न नहुने बताए । राजनीतिक दलले अरुले गरेको विकासलाई रोक्न खोज्नुभन्दा विकासमा प्रतिस्पर्धा गर्न समेत सुझाएका थिए । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा लामाले भने– ‘तेमाल गाउँपालिकामा राम्रो मोटरबाटो छैन, एउटा अस्पताल छैन, कोही सामान्य विरामी प¥यो भने उपचारका लागि जिल्ला सदरमुकाम पुग्नुपर्छ । कम्तिमा तीन चार घण्टा अस्पताल पुग्न लाग्छ । यस्तो अवस्थामा अस्पताल जाँदाजाँदै कतिले अकालमा ज्यान गुमाउनुपर्ने हुनसक्छ । त्यस्तै ग्रामीण भेगमा भरपर्दो विजुलीको सेवा छैन, खानेपानी र सिंचाइका लागि पानी छैन । यस्तो अवस्थामा गाउँपालिकाले विकास गर्नेलाई स्वागत गर्नुपर्छ ।’

सम्बोधनकै क्रममा सेवा र सुविधाबाट पछाडि परेको ग्रामीण भेगको विकास र उन्नतीमा कसैले पनि अवरोध नगरी सहयोग पु¥याउन तेमालबासीलाई उनले अनुरोध गरेका छन् । व्यक्तिगत तथा संस्थागत लाभ खोजेर विकास विहिन गाउँलाई विकास गर्नबाट कसैले पनि नरोक्न उनको अनुरोध छ । राजनीतिक स्वार्थ बोकेर विकासको समेत विरोध गर्ने गतिविधि बढेकाले अब राजनीति केका लागि गर्ने भन्नेबारे बहस चलाउन आवश्यक भएको बताउँदै तेमालका युवाहरू विकासका लागि जागरुक हुनुपर्ने धारणा लामाले सम्बोधनका क्रममा राखेका थिए ।
समस्या विहिन विश्व स्वाथ्य संस्थाले अस्पताल निर्माण कार्य सुरु गर्ने उद्देश्यले आयोजना गरेको उक्त कार्यक्रममा आफ्नो भनाई राख्दै स्वास्थ्य चौकी नारायणस्थानका प्रमुख ब्रह्मकुमार शाहीले विकास नगर्ने राजनीतिकर्मी भन्दा विकास गरेर राजनीति गर्नु स्विकार्य हुने बताएका थिए । संस्थाले तेमालको स्वास्थ्य र शिक्षाको क्षेत्रमा उल्लेख्य योगदान पु¥याएको चर्चा गर्दै शाहीले भने– ‘विगतमा संस्थाबाट भएको सहयोगले तिमालको स्वास्थ्य र शिक्षाको क्षेत्रमा ठूलो योगदान पुगेको छ, यहाँ नियमित विजुलीको सेवा थिएन संस्थाले ८ सय वाटको सोलार हालिदिएपछि फ्रिजमा राखेर गुणस्तर कायम गर्नुपर्ने भ्याक्सिन सुरक्षीत गर्न सकिएको छ । त्यसैगरी संस्थाले एम्बुलेन्स पनि दियो । यसबाट विरामीको उपचारका लागि अस्पताल लैजान सहज भएको छ । महिला स्वास्थ्यको क्षेत्रमा र शिक्षाको क्षेत्रमा पनि अनुकरणीय काम गरेको यस्तो संस्थालाई निरन्तर सेवा गर्न दिनुपर्छ । राजनीतिक स्वार्थ हेरेर अबरोध गर्नु हुँदैन’, उनले भने ।

संस्थाका अध्यक्ष सत्यमान लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै लामाले चितवनमा अस्पताल बनाएर दुई वर्षअघि सञ्चालनमा ल्याएको बताउँदै आफ्नो ठाउँमा पनि अस्पताल र विकासको अभाव रहेकाले आफूले लामो समय खटेर कार्यक्रम पार्न सफल भएको बताए । अध्यक्ष लामाले गाउँपालिकामा जनप्रतिनिधि आएपछि काम गर्न सजिलो हुने पर्नेमा झन् झन्झट भएको र गाउँपालिकाले जग्गा समेत दिन नमानेको स्मरण गर्दै कुनै पनि हालतमा तेमालका जनतालाई गाउँमै उपचार गराउन अस्पताल निर्माण गर्ने र मेडिकल कलेज समेत सञ्चालन गर्ने प्रतिवद्धता दोहो¥याएका छन् ।


मन्त्रालयले साविक नारायणस्थान–७ मा २ सय रोपनी जग्गा उपलब्ध गराउन आशयपत्र समेत दिइसकेकोमा अस्पतालका लागि जग्गा उपलब्ध गराउन भन्दा गाउँपालिकाका प्रमुखले अस्पताल बनेपछि अस्पताल बन्ने वडा र गाउँपालिकाले के पाउँछ ? भन्ने आशय व्यक्त गरेको अध्यक्ष लामाले बताए । यसरी निर्वाचित गाउँ कार्यपालिका प्रमुखले फाइदा खोज्न मिल्छ ? उनले प्रश्न गरे । जनतामा सर्वसुलभ ढंगले स्वास्थ्यमा पहुँच कसरी पु¥याउन सकिन्छ भन्ने उनलाई चिन्ता छैन । अस्पताल बनाउन माग गरिएको स्थानमा रुख रोपेर आम्दानी बढाउने कुरा गर्छन् । रुखको आम्दानी देखेर अस्पतालको लागि जग्गाको अनुमति दिन गाउँपालिका प्रमुखले अस्वीकार गरेका छन् । प्रमुखले जनताको सेवाभन्दा पनि दलीय स्वार्थलाई शिरमा राखेको उनको आरोप थियो । यसरी जनताको प्रतिनिधिले जनताकै स्वाथ्यमाथि राजनीति गर्न नहुने उनको तर्क थियो । अस्पतालका लागि निर्वाचित गाउँ कार्यपालिकाले जग्गा उपलब्ध नगराए व्यक्तिगत जग्गा किनेरै भए पनि अस्पताल बनाएर आफ्नो सपना पूरा गरेरै छाड्ने लामाको प्रतिबद्धता छ ।

संस्थाका सचिव समिप त्रिपाठीले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य राख्दै शैलेन्द्र लामाले संस्था र संस्थाको कार्यक्रमबारे जानकारी गराएका थिए । कार्यक्रममा अतिथिहरू युवा व्यवसायी विरेन्द्र श्रेष्ठ, लामा मोक्तान, अनेरास्ववियु सिन्धुपाल्चोकका सचिव रविकुमार भण्डारी, नारायणस्थान स्वास्थ्यचौकीका अध्यक्ष भीमबहादुर लामा, स्थानीय युवाहरू खुशराज लामा, पेमा लामा, गोर्खा लामा, रत्न लामा, बुद्ध लामा, समाजसेवी कृष्णहरी आचार्य, डेनि लामा, कोरियन लामा लगायतको उपस्थिति रहेको थियो । उक्त अवसरामा तेमाल गाउँपालिकाका स्वास्थ्यचौकीहरूलाई औषधी समेत वितरण गरिएको थियो ।

 

प्रकाशित मिति : २०७४, १२ कार्तिक आईतबार  ३ : ५४ बजे

हेलिकप्टरमा तराई–मधेश घुम्दैमा उखु किसानको समस्या समाधान हुँदैन् : यादव

काठमाडौं । उखु किसानलाई सरकारले दिंदै आएको अनुदान बापतको रकममा

सुटकेस शव : ई–रिक्सा र चालक प्रहरी नियन्त्रणमा

रौतहट । रौतहट प्रहरीले शव भएको सुटकेस फाल्न प्रयोग भएको

कलमविरुद्धको बन्दूक-श्रमजीवी पत्रकारहरूको अस्तित्व संकटमा

गाजा होस् या कुनै पनि द्वन्द्वग्रस्त क्षेत्र, जब गोलाबारी हुन्छ,

भियतनामकी उपराष्ट्रपतिद्वारा पाटन दरबार क्षेत्रको अवलोकन

काठमाडौं । समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनले

राष्ट्रपति पौडेलद्वारा भानु साहित्य उद्यानको शुभारम्भ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको