२०८३, ६ बैशाख सोमबार

रक्सी पिएपछि मानिस किन अंग्रेजी बोल्न थाल्छन् ? यसो भन्छ अध्ययन

रक्सी पिएपछि मानिस किन अंग्रेजी बोल्न थाल्छन् ? यसो भन्छ अध्ययन

खबरघर
94
Shares

तपाइँले अंग्रेजी खासै नआउने मानिसहरु पनि रक्सी टन्न खाएपछि जानी नजानी धाराप्रवाह अंग्रेजी बोल्ने गरेको देख्नु सुन्नुभएकै छ होला । कहिलेकाहीँ आफैले पनि मदिरा सेवन गरी अंग्रेजी बोल्ने कोसिस त गर्नुभएको छैन ? यदि गर्नुभएको छ भने रक्सी पिएपछि अंग्रेजीका शव्दहरु फरर आउँछन् होला मानौँ तपाइँ अंग्रेजीभाषी नै हो ।

सामाजिक व्यवहार

यो रक्सीको विषयमा कुनै अनुमान वा हँसीमजाकको कुरा होइन । यस विषयमा एउटा अध्ययन नै सम्पन्न भएर आएको निष्कर्ष हो ।

जर्नल अफ साइकोफार्माकोलोजी मा छापिएको एक अध्ययन अनुसार थोरैमात्र पनि मदिरा पिउनाले आफ्नो मातृ भाषा बाहेकको दोश्रो भाषामा बोल्न सहयोग गर्दछ ।

रक्सीले हाम्रो स्मरण क्षमता र ध्यान केन्द्रित गर्ने क्षमतामा असर पार्दछ, जुन नकारात्मक हुन्छ । तर अर्कोतर्फ यसले हाम्रो हिचकिचाहटलाई भगाइदिन्छ र आत्मविश्वास बढाइदिन्छ । जसका कारण सामाजिक व्यवहारमा संकोच कम गरिदिन्छ ।

जब हामी कुनै दोश्रो मानिससँग भेट गर्दछौँ र कुराकानी गर्दछौँ यी सबै कुराको असर हामूो भाषिक क्षमतामा पर्दछ । यो तथ्यलाई हालसम्म कुनैपनि वैज्ञानिक आधार विना नै स्विकार गरिँदै आएको छ ।

हल्का मदिरा

तर बेलायतको लिभरपुल विश्वविद्यालय अन्तरगतको किंग्स कलेज र नेदरल्याण्डको युनिभर्सिटी अफ म्यास्ट्रिचका शोधकर्ताहरुले यस अवधारणामाथि वैज्ञानिक परीक्षण गरे । परीक्षणका लागि ५० जना जर्मन मानिसहरुको एक समूह छनोट गरियो, जसले हालैमात्र डच भाषा सिकेका थिए ।

ती मध्ये केही मानिसहरुलाई पिउनका लागि पेय पदार्थ रक्सी दिइयो जसमा हल्का रक्सी मिसाइएको थियो । मानिसहरुलाई उनीहरुको तौलको आधारमा समान अनुपातमा रक्सी दिइएको थियो । कतिपयको पेय पदार्थमा चाहीँ रक्सी थिएन । पेय पदार्थ सेवन गरिसके पश्चात ती जर्मन मानिसहरुलाई डच मानिसहरुसँग डच भाषामा कुराकानी गर्न लगाइयो ।

डच भाषीहरुलाई कुनचाहीँ जर्मन मानिसले रक्सी पिएको छ र कसले पिएको छैन भन्ने थाहा थिएन ।

डच भाषा बोल्ने परीक्षणमा सहभागी गराइएको उक्त जर्मन मानिसहरुको समूहले डचभाषीहरुसँग गरेको कुराकानीको विश्लेषणबाट के निष्कर्ष निकालियो भने जो जो जर्मन मानिसको पेयमा अल्कोहल मिसाइएको थियो उनीहरुले निकै राम्रो उच्चारणका साथ डच मानिसहरुसँग कुराकानी गर्न सके ।

शोधकर्ताहरुका अनुसार निकै काम मात्रामा अल्कोहल दिँदा मात्र उक्त नतिजा प्राप्त भएको हो ।

त्यसैले अल्कोहलको मात्रा उच्च भएमा यो नतिजा उल्टो पनि हुनसक्छ ।

प्रकाशित मिति : २०७४, १२ कार्तिक आईतबार  १२ : २६ बजे

टर्कीको अन्टालियामा हुने २२औं विश्व केम्पो च्याम्पियनसिपका लागि नेपाली टोली प्रस्थान

काठमाडौं । टर्कीको अन्टालियामा आयोजना हुने २२औं विश्व केम्पो च्याम्पियनसिपमा

रास्वपाको सचिवालय १६ सदस्यीय, को-को परे?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय १६ सदस्यीय

सेयर बजार १३ अंकले घट्यो, ४ कम्पनीमा १५ प्रतिशतसम्मको उछाल

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार परिसूचक

आयल निगममा धर्ना दिन गएका जेन-जी युवा प्रहरीद्वारा हटाइए, मूल्यवृद्धि फिर्ताको माग

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटाउन माग गर्दै राष्ट्रिय जेन-जी

चलचित्र “सारथी” को मुहूर्त सम्पन्न, निरुता सिंह र उत्तम प्रधानको पुनरागमन

मकवानपुर । आज बिहान करिब ८ बजे भद्रकाली मन्दिरमा नेपाली