२०८२, २० चैत्र शनिबार

तरकारी निर्यात गर्ने जिल्ला काभ्रेकै उपभोक्ता महँगो मूल्य तिर्न बाध्य

तरकारी निर्यात गर्ने जिल्ला काभ्रेकै उपभोक्ता महँगो मूल्य तिर्न बाध्य


तरकारी उत्पादनका हिसाबले निकै अब्बल मानिएको काभ्रेपलाञ्चोक जिल्लामा अहिले तरकारीको भाउ ह्वात्तै बढेको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लमा बार्षिक १ लाख ७० हजार ८ सय ३७ मेक्ट्रिटन तरकारी उत्पादन हुन्छ । दैनिक १ करोड भन्दा बढीको तरकारी बिक्रीका लागि बजार आउने गरेको छ । तर जिल्लाकै उपभोक्ताले भने सस्तो मूल्यमा तरकारी कहिल्यै खाना पाउँदैनन् । कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत दुर्गा प्रसाद पण्डितले कृषक र ब्यापारिहरुले सिधै तरकारी कालीमाटी पुर्याउने भएका कारण कालीमाटीकै भाउमा जिल्लाका मूख्य मूख्य बजार क्षेत्रमा बिक्री भइरहेको बताए । “हाम्रो जिल्लामा उत्पादन भएको तरकारी अन्य ठाउँमा समेत निर्यात हुन्छ, उनले भने “तर सस्तो मूल्यमा उपभोक्ताले तरकारी खान पाउँदैन्, किन कि कालीमाटीसँग सिधा सम्पर्क छ, त्यहिको मूल्य यहाँ पनि चलाउँछन् ।”

कृषि विकास कार्यालयले तयार पारेको प्रतिवेदन अनुसार ९ हजार ८ सय ७५ हेक्टर क्षेत्रफल जमिनमा तरकारी खेती हुन्छ । हिउँदमा ५ हजार १२० हेक्टर क्षेत्रफल जमिनमा ९२ हजार ६३ मेक्ट्रिटन तरकारी कृषकले फलाउने गरेका छन् । बर्षायाममा २ हजार ९ सय ४५ हेक्टर क्षेत्रफल जमिनमा ४८ हजार २ सय ९९ मेक्ट्रिटन तरकारी उत्पादन हुने गरेको बष्ठि कृषि विकास अधिकृत दुर्गा प्रसाद पण्डितले बताए । त्यस्तै बेमौसम तरकारी १ हजार ८१० हेक्टर क्षेत्रफलमा ३० हजार ४ सय ७५ मेक्ट्रिटन उत्पादन हुने गरेको छ । कुल उत्पादनको १० देखि १५ प्रतिशत मात्रै तरकारी जिल्लामा खपत हुन्छ । बाँकी राजधानी, पोखरा, नारायणघाट लगायत देशका विभिन्न स्थानमा निर्यात हुने गरेको छ । जिल्लामा काउली, गोलभेडाँ, बन्दा, चिचिण्डो, भिण्टी, लौका, घिरौला, मुला, सिमी, बोडी, प्याज, रामतोरिया, गाजर जस्ता तरकारी उत्पादन हुन्छ । तर अहिले यी सबै तरकारीको भाउ निकै बढेको छ । तरकारीको भाउ बढेसँगै सामान्य ज्याला मजदुरी गरेर गुजरा चलाउने मजुदर निकै समस्यामा परेका छन् ।

जिल्ला कृषि विकास कार्यालयले १५÷१५ दिनको फरकमा जिल्लाको तरकारी मूल्य संकलन गरेर बजार विकास निर्देशनालयमा पठाउने गर्छ । तर बजारको अनुगमन भने हुने गरेको छैन् । सहायक प्रमूख जिल्ला अधिकारीको नेतृत्वमा रहेको जिल्ला अनुगमन समिति सक्रिय नहुदाँ मूल्य समेत पसलैपिच्छे फरक फरक पाइन्छ । “हामीले तरकारीको मूल्य तोक्न पाउँदैनौँ, बरिष्ठ कृषि विकास अधिकृत पण्डितले भने “अनुगमन समितिले बोलायो भने हामी पनि जान्छौँ, मूल्य र गुणस्तरीय हेर्छौँ ।” जिल्लामा खपत हुने तरकारीको छुट्टै मुल्य निर्धारण नहुदाँ उपभोक्ताका मारमा परेका छन् भने ब्यापारले बढी नाफा लिने गरेका छन् ।

प्रकाशित मिति : २०७४, १२ कार्तिक आईतबार  १२ : २५ बजे

कलाकार सागर लम्साल (बले) पक्राउ

काठमाडौं । चर्चित कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन्।

काठमाडौंमा प्रहरीको रातभर सर्च अप्रेशन: १९५ जना पक्राउ

काठमाडौं । काठमाडौंको विभिन्न क्षेत्रमा प्रहरीको ठूलो सर्च अप्रेशन चलाइएको

एमालेको निष्कर्ष: बादलको अभिव्यक्ति त्रुटिपूर्ण

काठमाडौं । नेकपा एमालेले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को

इरानको क्षेप्यास्त्र क्षमता यथावत, युद्ध रणनीतिमा दबाबमा अमेरिका

काठमाडौं। अमेरिकी गुप्तचर निकायले इरानको शक्तिशाली क्षेप्यास्त्र प्रणाली अझै कायम

सभामुख पदको लागि आज मनोनयन दर्ता प्रक्रिया सुरु

काठमाडौं । प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ।