२०८२, १७ श्रावण शनिबार

तरकारी निर्यात गर्ने जिल्ला काभ्रेकै उपभोक्ता महँगो मूल्य तिर्न बाध्य

तरकारी निर्यात गर्ने जिल्ला काभ्रेकै उपभोक्ता महँगो मूल्य तिर्न बाध्य


तरकारी उत्पादनका हिसाबले निकै अब्बल मानिएको काभ्रेपलाञ्चोक जिल्लामा अहिले तरकारीको भाउ ह्वात्तै बढेको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लमा बार्षिक १ लाख ७० हजार ८ सय ३७ मेक्ट्रिटन तरकारी उत्पादन हुन्छ । दैनिक १ करोड भन्दा बढीको तरकारी बिक्रीका लागि बजार आउने गरेको छ । तर जिल्लाकै उपभोक्ताले भने सस्तो मूल्यमा तरकारी कहिल्यै खाना पाउँदैनन् । कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत दुर्गा प्रसाद पण्डितले कृषक र ब्यापारिहरुले सिधै तरकारी कालीमाटी पुर्याउने भएका कारण कालीमाटीकै भाउमा जिल्लाका मूख्य मूख्य बजार क्षेत्रमा बिक्री भइरहेको बताए । “हाम्रो जिल्लामा उत्पादन भएको तरकारी अन्य ठाउँमा समेत निर्यात हुन्छ, उनले भने “तर सस्तो मूल्यमा उपभोक्ताले तरकारी खान पाउँदैन्, किन कि कालीमाटीसँग सिधा सम्पर्क छ, त्यहिको मूल्य यहाँ पनि चलाउँछन् ।”

कृषि विकास कार्यालयले तयार पारेको प्रतिवेदन अनुसार ९ हजार ८ सय ७५ हेक्टर क्षेत्रफल जमिनमा तरकारी खेती हुन्छ । हिउँदमा ५ हजार १२० हेक्टर क्षेत्रफल जमिनमा ९२ हजार ६३ मेक्ट्रिटन तरकारी कृषकले फलाउने गरेका छन् । बर्षायाममा २ हजार ९ सय ४५ हेक्टर क्षेत्रफल जमिनमा ४८ हजार २ सय ९९ मेक्ट्रिटन तरकारी उत्पादन हुने गरेको बष्ठि कृषि विकास अधिकृत दुर्गा प्रसाद पण्डितले बताए । त्यस्तै बेमौसम तरकारी १ हजार ८१० हेक्टर क्षेत्रफलमा ३० हजार ४ सय ७५ मेक्ट्रिटन उत्पादन हुने गरेको छ । कुल उत्पादनको १० देखि १५ प्रतिशत मात्रै तरकारी जिल्लामा खपत हुन्छ । बाँकी राजधानी, पोखरा, नारायणघाट लगायत देशका विभिन्न स्थानमा निर्यात हुने गरेको छ । जिल्लामा काउली, गोलभेडाँ, बन्दा, चिचिण्डो, भिण्टी, लौका, घिरौला, मुला, सिमी, बोडी, प्याज, रामतोरिया, गाजर जस्ता तरकारी उत्पादन हुन्छ । तर अहिले यी सबै तरकारीको भाउ निकै बढेको छ । तरकारीको भाउ बढेसँगै सामान्य ज्याला मजदुरी गरेर गुजरा चलाउने मजुदर निकै समस्यामा परेका छन् ।

जिल्ला कृषि विकास कार्यालयले १५÷१५ दिनको फरकमा जिल्लाको तरकारी मूल्य संकलन गरेर बजार विकास निर्देशनालयमा पठाउने गर्छ । तर बजारको अनुगमन भने हुने गरेको छैन् । सहायक प्रमूख जिल्ला अधिकारीको नेतृत्वमा रहेको जिल्ला अनुगमन समिति सक्रिय नहुदाँ मूल्य समेत पसलैपिच्छे फरक फरक पाइन्छ । “हामीले तरकारीको मूल्य तोक्न पाउँदैनौँ, बरिष्ठ कृषि विकास अधिकृत पण्डितले भने “अनुगमन समितिले बोलायो भने हामी पनि जान्छौँ, मूल्य र गुणस्तरीय हेर्छौँ ।” जिल्लामा खपत हुने तरकारीको छुट्टै मुल्य निर्धारण नहुदाँ उपभोक्ताका मारमा परेका छन् भने ब्यापारले बढी नाफा लिने गरेका छन् ।

प्रकाशित मिति : २०७४, १२ कार्तिक आईतबार  १२ : २५ बजे

बैठकका निर्णय कार्यकर्तामाझ पुर्‍याउन र कार्यन्वयन गर्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौं । नेकपा एमाले को दोस्रो विधान महाधिवेशनको तयारी सन्दर्भमा

अन्याय, असमानता र शोषणविरुद्ध विद्रोह गर्ने किसानका नेता हुनुहुन्थ्यो भीमदत्त पन्त : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा व्याप्त अन्याय, असमानता

कप्तान साबित्रा भण्डारी ‘साम्बा’ लाई मकवानपुरमा विशेष सम्मान

हेटौंडा । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी ‘साम्बा’

जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे लोकतन्त्र र पार्टी दुवै कमजोर हुन्छ : डा शेखर कोइराला

बिराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अहिलको युवा (जेन्जी)

रुसी राष्ट्रपति पुटिनद्वारा ओरेस्निक हाइपरसोनिक मिसाइल सेवामा प्रवेश गरेको घोषणा

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूसले विकास गरेको नवीनतम