२०८३, २८ श्रावण शुक्रबार

केपी ओलीको सपना पुरा, काभ्रे तुइन मुक्त जिल्ला

केपी ओलीको सपना पुरा, काभ्रे तुइन मुक्त जिल्ला


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भए लगत्तै देशभरका तुइन हटाउने निर्णय काभ्रे जिल्लामा पुरा भएको छ । तुईनको ठाउँमा झोलुङ्गे पुल निर्माण भएपछि पुरा जिल्ला नै तुइन बिहिन बनेको छ । जिल्लाको बोल्देफेदिचे र बिर्तादेउराली गाविस जोड्ने सुनकोशी नदी माथिको तुइन समेत प्रयोगमा नआएपछि जिल्ला तुइन बिहिन बनेको हो । खोला र नदीमा राखिएका तुईनको ठाउँमा अहिले झोलुङ्गे पुल निर्माणको काम शुरु भएको जिसस काभ्रेको झोलुङ्गे पुल निर्माण शाखाले जनाएको छ । जिल्ला समन्वय र विभिन्न गैरसरकारी संघसंस्थाको आर्थिक सहयोगमा पुल निर्माण भएका हुन् ।

ज्याम्दी गाविस स्थित इन्द्रावतीनदी र चौरीखोलाको तुईन यसअघि नै झोलुङ्गे पुलले विस्तावित गरिसकेको छ । झोलुङ्गे पुल बनेसगैँ तुइनमा जोखिम पूर्ण यात्रा गर्नुपर्ने स्थानीयहरुको बाध्यता टरेको छ । “कुनै पनि नदी तथा खोलामा रहेका तुइन सञ्चालनमा छैनन्, शाखाका सब–इन्जिनियर रुपेन्द्र अधिकारीले भने “नयाँ बन्नुपर्ने ठाउँका पुलको समेत सर्भेको सबै काम सकिएको छ ।” चालु आर्थिक वर्षमा क्रमागत योजना अन्तर्गत ७ वटा पुल निर्माणको काम चलिरहेको छ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र देशभरबाट तुइन मुक्त गर्ने घोषणा गर्नुभएको थियो ।

शाखाले झण्डै तीन महिना लगाएर जिल्लाका सबै झोलुङ्गे पुलहरुको अवस्थाको विस्तृत अध्ययन समेत पूरा गरेको छ । अध्ययन अनुसार जिल्लामा ११० वटा झोलुङ्गे पुल निर्माण भइसकेका छन् । जसमा १८ वटा झोलुङ्गे पुल तत्काल मर्मत गर्नुपर्ने अवस्थामा पुगेका छन् । त्यस्तै २५ वटा पनि मर्मतको सुचिमा परेको शाखाले जनाएको छ । जिल्लामा सस्पेनडेड ‘डी’ र सस्पेन सन ‘एन’ आकारका झोलुङ्गे पुलको संख्या अत्याधिक रहेको छ । एलएसटिवि मोडलमा पनि पुल बनेका छन् । सबैभन्दा बढी रोशीखोलामा २२ वटा झोलुङ्गे पुल निर्माण भएका छन् । जिल्लामा अहिलेसम्म धेरै ७ वटा झोलुङ्गे पुल पनौती नगरपालिकामा निर्माण भएको छ । त्यस्तै बुढाखानी गाविसमा ६ वटा झोलुङ्गे पुल निर्माण भएको शाखाका सव–इन्जिनियर अधिकारीले बताए ।

काभ्रे–सिन्धुलीको पोखाजोर, काभ्रे–रामेछापको चौरीखोला, सुनकोशी नदी, वाग्मती, डाँडापारीको खरनी खोला, कोइली खोला, बनखु खोला, पुण्यमाता, वाफल खोला, लड्कु खोला, आँसी खोला, ठाडेखोला, अंधेरी दोभान, झिगु खोला, आँकुरा खोला, पार्वती खोला, डाँफे खोला, खहरेघाट, चा खोला, च्याउची खोला, चरङ्गे लगायतका खोलामा झोलुङ्गे पुल निर्माण भएका छन् । प्रतिमिटर ३० देखि ३५ हजार सम्म खर्च हुने एउटा झोलुङ्गे पुल निर्माण हुन एकदेखि ३ वर्षसम्म लाग्ने गरेको प्रविधिकहरु बताउँछन् । जिल्लामा निर्माण भएका मध्ये शिखर अम्बोटे गाविस–९ र खनालथोक गाविस–९ जोड्ने सियाले झोलुङ्गे पुल महिलाको नेतृत्वमा निर्माण पूरा भएको हो ।

प्रकाशित मिति : २०७४, १२ कार्तिक आईतबार  १२ : ११ बजे

शशांकको दाबी-‘बिपीले शेरबहादुरलाई पश्चिमको राजकुमार भन्नुहुन्थ्यो’

‘देउवा आएपछि राष्ट्रिय भेला पूर्ण सफल भयो, हाम्रो सभापति उहाँ

गगन थापामाथि मोहन बस्नेतको कडा प्रहारः ‘बोकाले दाइँ हुँदैन, गोरु चाहिन्छ’

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले महामन्त्री गगन थापामाथि

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा आफ्नै विद्यार्थी प्रा.डा. विवेक बराल

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा. विवेक बराल

सुदूरपश्चिममा एमालेको सत्ता प्रवेश, चार सदस्यले सम्हाले जिम्मेवारी

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरण फेरिएसँगै नेकपा एमाले सरकारमा

सुदूरपश्चिमको सत्ता समीकरण फेरियो, खगराज भट्टको हातमा प्रदेश सरकार

धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण परिवर्तन भएसँगै सरकारको नेतृत्व