२०८३, २३ भाद्र बुधबार

काभ्रेस्थली कृषिसहकारीले मनायो चौथो वार्षिक साधारण सभा

काभ्रेस्थली कृषिसहकारीले मनायो चौथो वार्षिक साधारण सभा

खबरघर
0
Shares

काठमाडौं: काभ्रेस्थली कृषिसहकारी संस्थाले चौथो वार्षिक साधारण सभा मनाएको छ। स्वस्थ कृषि, समृद्ध कृषि र समृद्ध देश भन्‍ने नाराका साथ स्थापना भएको उक्त कृषि सहकारीले लक्ष्मी पूजाको दिन आफ्नो चौथो वार्षिक साधारण सभा मनाएको हो।कार्यक्रमको उद्‌घाटन जेष्ठ नागरिक तथा समाजसेवी तीर्थ ढकालले गरेका थिए।
कार्यक्रममा संस्थाका अध्यक्ष रामसुदन भण्डारीले अब किसानहरुले सहुलियत दरमा कृषिका सामग्री र कृषिका बारेमा जनचेतनामूलक कार्यक्रम पाउने बताए । उनले भने, ‘नेपाल कृषि प्रधान देश हो। यहाँ कृषकहरु समृद्ध भयो भने मात्र देश समृद्ध हुन्छ। त्यसकारण कृषिलाई उद्योगमा स्वस्थ तरिकाले लैजानुपर्छ।’
यस्तै कार्यक्रममा तारकेश्वर नगरपालिका वडा २का अध्यक्ष रविन्द्र केसीले कृषिले देशको मुहार फेर्न मद्दत गर्ने भएकाले सरकारले कृषिमा लाग्‍नेलाई प्रोत्साहन गर्नु पर्नेमा जोड दिए। उनले भने, ‘सरकारी तवरबाट पनि कृषि पेशालाई प्राथमिकतामा राख्‍नुपर्छ। साथै किसानले आफ्नो उत्पादन आफैं बेच्‍न सकून।’
२०७० सालमा स्थापना भएको कृषि सहकारी हाल १४ वटा समूहमा बाडिएर ३५० सदसस्यहरु आवद्ध भइसकेका छन् । सहकारीले किसानलाई बाख्रा वितरण, कृषि औजार तथा बीउ बिजन, मल खाद पशु स्वास्थ्य शिविर, गोठ सुधार कार्यक्रमहरु दिँदै आएको छ।
कार्यक्रममा वडा सदस्य बिना सापकोटा, नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद ओझा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

प्रकाशित मिति : २०७४, १२ कार्तिक आईतबार  ११ : ३९ बजे

सरकार जनताको समस्या समाधान गर्न असफल : सन्तना दाहाल न्यौपाने

ललितपुर । नेकपा (एमाले) ले वर्तमान सरकार जनताका समस्या समाधान गर्न

यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ

काठमाडौं । नेपाल ट्रक व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले

सालिक बनाएर मात्र शहीदको सम्मान हुँदैन : हिरामान लामा

काठमाडौं । प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले जेन–जी आन्दोलनका

‘देश जलाएर सत्ताको कुर्सीमा मुस्कुराउनेहरूलाई इतिहासले माफ गर्दैन’ : निरज आचार्य

काठमाडौं ।  नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

भदौ २४ मा देश जलाउनेहरू जेनजी होइनन्, राष्ट्रका दुश्मन हुन् : विष्णु रिजाल

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले २०८२ साल भदौ २४