२०८२, २९ असार आईतबार

टी-२० विश्वकप छनोटका लागि महिला राष्ट्रिय क्रिकेट टिमको घोषणा

टी-२० विश्वकप छनोटका लागि महिला राष्ट्रिय क्रिकेट टिमको घोषणा

खबरघर

१० कात्तिक, काठमाडौं । आइसीसी ट्वान्टी ट्वान्टी महिला विश्वकप क्रिकेट अन्तर्गत एशियाली क्षेत्रको छनोटका लागि रुविना क्षेत्रीको कप्तानीमा २२ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ ।

वर्षभर भएका प्रतियोगितामा प्रदर्शनका आधारमा छनोट गरिएका ४४ जना खेलाडी मध्येबाट २२ खेलाडी छनोट गरिएको हो । गत मंगलबारदेखि ३ दिनसम्म टियू मैदानमा छनोट प्रतियोगिता भएको थियो ।

आइसीसी प्रतिनिधि अमिनुल इस्लाम, नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटा, महिला टोलीका प्रशिक्षक सामसन थापा र कप्तान रुविना क्षेत्री सम्मिलित टोलीले टिम छनोट गरेको हो ।

नेपाली टोलीका सदस्यहरुमा कप्तान रुविना क्षेत्री, उपकप्तान सीता रानामगर, ज्योति पाण्डे, सरिता मगर, नेरी थापा, रोमा थापा, इन्दु बर्मा, करुणा भण्डारी, सोनु खड्का, शोभा आले, नितू भण्डारी, एलिश क्षेत्री, कविता कुँवर, बिजु बुढामगर, सरस्वती चौधरी, लक्ष्मी चौधरी, रितु कनोजिया, संगीता राई, अञ्जली चन्द, काजोल श्रेष्ठ, रेखा रावल र सवनम राई छन् ।

आइसीसी महिला टी-ट्वान्टी विश्वकप छनोट थाइल्याण्डमा हुनेछ ।

प्रकाशित मिति : २०७४, १२ कार्तिक आईतबार  ११ : २५ बजे

मन्त्री गुप्ताद्वारा स्पष्टिकरण : तथ्यमा आधारित पत्रकारिताका लागि आग्रह

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (आइतबार) का लागि विदेशी

भानुभक्त आचार्यले नेपाली मनमा रामायण रोपेर जानुभएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यको २१२औँ

राष्ट्रपति पौडेलले दिए भानुभक्त जन्मजयन्तीको शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्म