२०८३, २५ आश्विन सोमबार

महामन्त्रीमा पराजित भए पनि पार्टी रूपान्तरणको अभियान नछाड्ने डा. सुनील शर्मा

महामन्त्रीमा पराजित भए पनि पार्टी रूपान्तरणको अभियान नछाड्ने डा. सुनील शर्मा


काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार बनेका डा. सुनीलकुमार शर्माले निर्वाचनमा पराजित भए पनि पार्टीलाई परिवर्तन गर्ने आफ्नो अभियान निरन्तर अघि बढाउने बताएका छन्।

महामन्त्रीमा निर्वाचित हुन नसकेपछि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शर्माले राजनीतिक प्रतिस्पर्धामा हार र जित स्वाभाविक हुने उल्लेख गरेका छन्। उनले पद प्राप्तिलाई मात्र आफ्नो राजनीतिक उद्देश्य नबनाएको स्पष्ट पारेका छन्।

कांग्रेसलाई जनमुखी, सेवामुखी, आधुनिक र परिणाममुखी पार्टीका रूपमा विकास गर्ने लक्ष्यसहित आफू चुनावी प्रतिस्पर्धामा उत्रिएको उनको भनाइ छ। पदमा रहे पनि नरहे पनि पार्टी र नागरिकको सेवामा सक्रिय रहने उनले प्रतिबद्धता जनाएका छन्।

शर्माले नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको विचार तथा जनसेवाको आदर्शलाई आत्मसात् गर्दै पार्टी र जनताबीचको सम्बन्ध थप मजबुत बनाउन निरन्तर लाग्ने बताएका छन्।

महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई बधाई दिँदै उनले आफ्नो पक्षमा मतदान गर्ने महाधिवेशन प्रतिनिधि, सहयोगी, अग्रज, सहयात्री र शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन्। निर्वाचनमा प्राप्त मत र समर्थनले आगामी दिनमा थप सक्रिय भएर काम गर्न प्रेरणा दिएको पनि उनले उल्लेख गरेका छन्।

कांग्रेसभित्र सकारात्मक परिवर्तन, संगठन सुदृढीकरण र जनउत्तरदायी राजनीतिक संस्कार विकास गर्न आफ्नो प्रयास जारी रहने शर्माले बताएका छन्। उनले पार्टीका नेता तथा कार्यकर्तासँग सहकार्य गर्दै देश र नागरिकको हितमा काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।

महामन्त्री पदको निर्वाचनमा पराजित भए पनि शर्माले आफ्नो राजनीतिक यात्रा र जनसेवाको अभियानलाई निरन्तरता दिने सन्देश दिएका छन्

प्रकाशित मिति : २०८३, २५ आश्विन सोमबार  १२ : १४ बजे

बिमस्टेक बैठकमा सहभागी हुन भारत भ्रमणमा निस्किए गृहमन्त्री गुरुङ

काठमाडौं। गृहमन्त्री सुधन गुरुङ बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक

कांग्रेस उपसभापतिमा काभ्रेका मधु, चन्द्र र विनोद चौधरी विजयी

काठमाडौं । नेपाली कांग्रेसको उपसभापति पदमा चन्द्र भण्डारी, मधु आचार्य

होर्मुजमा तेल ट्यांकरमाथि आक्रमण : दुई भारतीय नाविक बेपत्ता, समुद्री सुरक्षामाथि गम्भीर चिन्ता

काठमाडौं । विश्वकै महत्त्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक स्ट्रेट अफ

चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो

काठमाडौं । बूढानीलकण्ठको माथिल्लो भंगालबाट बरामद २१ किलो ७५०.६८ ग्राम

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबुको अग्रता कायमै

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री (खुला) पदमा रामहरि खतिवडा र