२०८३, २२ आश्विन शुक्रबार

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’


काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा सभापति गगन थापाले आफ्नो नाम जोडेर उम्मेदवारहरूको सूची प्रचार नगर्न आग्रह गरेका छन्। उनले पार्टीभित्र कुनै प्यानल वा गुट नरहेको स्पष्ट पार्दै आफूलाई विभिन्न उम्मेदवारको सूचीसँग जोडेर भइरहेको प्रचारप्रति ध्यानाकर्षण गराएका हुन्।

मतदानको पूर्वसन्ध्यामा अपिल जारी गर्दै थापाले महाधिवेशनलाई पार्टीभित्रको स्वस्थ आन्तरिक लोकतान्त्रिक अभ्यासका रूपमा लिन आग्रह गरेका छन्।

आफ्नो नामसँग जोडेर सार्वजनिक गरिएका उम्मेदवारहरूको सूचीलाई समर्थन वा सिफारिसका रूपमा नबुझ्न आग्रह गर्दै उनले त्यस्ता प्रचारबाट भ्रममा नपर्नसमेत सन्देश दिएका छन्।

कांग्रेसभित्र नेतृत्व चयनको प्रतिस्पर्धा चलिरहेका बेला थापाको यो अपिलले उम्मेदवारहरूको नाममा भइरहेका प्रचार र समर्थनसम्बन्धी दाबीलाई स्पष्ट पार्ने प्रयास गरेको छ।

प्रकाशित मिति : २०८३, २२ आश्विन शुक्रबार  ८ : २१ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य