२०८३, १४ आश्विन बिहीबार

घनेन्द्र बस्नेतको निधनपछि एमाले केन्द्रीय सदस्यको सपथ स्थगित

घनेन्द्र बस्नेतको निधनपछि एमाले केन्द्रीय सदस्यको सपथ स्थगित


काठमाडौं । झापा आन्दोलनका योद्धा तथा वामपन्थी नेता घनेन्द्र बस्नेतको निधन भएपछि नेकपा एमालेले आज आयोजना गरेको केन्द्रीय सदस्यहरूको सपथ ग्रहण कार्यक्रम स्थगित गरेको छ।

एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार आज दिउँसो ३ बजे पार्टी कार्यालय च्यासलमा हुने तय भएको सपथ ग्रहण कार्यक्रम अब असोज १६ गते दिउँसो ३ बजे आयोजना हुनेछ। एमालेको हालै सम्पन्न केन्द्रीय कमिटी बैठकले ३३ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेको थियो।

यसैबीच, दिवंगत नेता बस्नेतलाई अन्तिम श्रद्धाञ्जली दिन एमाले अध्यक्ष केपी शर्मा ओली आज बिहान भक्तपुरको दुवाकोटस्थित क्यान्सर अस्पताल पुग्ने भएका छन्। पारिवारिक स्रोतका अनुसार बस्नेतको आज बिहान साढे ८ बजे पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिनेछ।

वि.सं. २००९ असोज २५ गते भोजपुरको कुलुङमा जन्मिएका बस्नेत झापा आन्दोलनका अगुवा नेतामध्येका एक थिए। पञ्चायती व्यवस्थाविरुद्धको राजनीतिक संघर्षका क्रममा उनले करिब १७ वर्ष जेलजीवन बिताएका थिए।

लामो समयदेखि क्यान्सरबाट पीडित बस्नेतको गएराति उपचारका क्रममा निधन भएको हो। उनको निधनसँगै एमाले तथा वामपन्थी राजनीतिक वृत्तमा शोक व्यक्त गरिएको छ।

प्रकाशित मिति : २०८३, १४ आश्विन बिहीबार  ८ : ३२ बजे

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८४१ वटा सवारीसाधनका

देशका पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर

झापा आन्दोलनका योद्धा बस्नेतको संघर्ष इतिहासमै अमिट छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा आन्दोलनका

घनेन्द्र बस्नेतको निधनपछि एमाले केन्द्रीय सदस्यको सपथ स्थगित

काठमाडौं । झापा आन्दोलनका योद्धा तथा वामपन्थी नेता घनेन्द्र बस्नेतको