२०८३, ८ आश्विन शुक्रबार

राष्ट्रपतिबाट इन्द्रजात्रा अवलोकन, वसन्तपुरमा विशिष्ट व्यक्तिको जमघट

राष्ट्रपतिबाट इन्द्रजात्रा अवलोकन, वसन्तपुरमा विशिष्ट व्यक्तिको जमघट


काठमाडौं । काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्रा राष्ट्रपति रामचन्द्र पौडेलसहित विशिष्ट अतिथि तथा विदेशी पाहुनाहरूले अवलोकन गरेका छन्।

इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल जुद्ध सालिकदेखि पैदल हनुमानढोका दरबार क्षेत्रस्थित गद्दी बैठकसम्म पुगेका थिए। राष्ट्रपति पौडेल दम्पतीलाई काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले स्वागत गरेकी थिइन्। इन्द्रजात्रा अवलोकनका लागि उपराष्ट्रपति, सभामुख, कार्यवाहक प्रधानमन्त्री डा. स्वर्णिम वाग्ले र गृहमन्त्री सुधन गुरुङ पनि वसन्तपुर पुगेका छन्। विभिन्न मुलुकका विदेशी पाहुना तथा विशिष्ट व्यक्तिहरूको समेत वसन्तपुरमा उपस्थिति रहेको छ। उनीहरूले काठमाडौंको मौलिक सांस्कृतिक परम्परा र इन्द्रजात्राका विभिन्न गतिविधिको प्रत्यक्ष अवलोकन गरेका छन्।

प्रधानमन्त्री वालेन्द्र शाह भने संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिकाको न्यूयोर्कमा रहेका कारण इन्द्रजात्रामा उपस्थित छैनन्। राष्ट्रपति पौडेलले परम्पराअनुसार वसन्तपुरस्थित गद्दी बैठकबाट जीवित देवी कुमारी, गणेश र भैरवको रथयात्रा अवलोकन गर्ने कार्यक्रम रहेको छ।

इन्द्रजात्राको मुख्य रथयात्राका लागि वसन्तपुर क्षेत्रमा भक्तजन तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको छ। काठमाडौंको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानसँग जोडिएको इन्द्रजात्रा प्रत्येक वर्ष विशेष उत्साहका साथ मनाइँदै आएको छ।

प्रकाशित मिति : २०८३, ८ आश्विन शुक्रबार  ४ : ०३ बजे

राष्ट्रपतिबाट इन्द्रजात्रा अवलोकन, वसन्तपुरमा विशिष्ट व्यक्तिको जमघट

काठमाडौं । काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्रा राष्ट्रपति रामचन्द्र

काठमाडौंमा उर्लिए खोलानाला : कहाँ के छ अवस्था ?

काठमाडौं । लगातारको वर्षासँगै काठमाडौं उपत्यकाका नदी तथा खोलानालामा पानीको

एमाले कार्यालय च्यासलमा अवलोकनको लागि पुगे गृहमन्त्री गुरुङ

काठमाडौं । खोलाको पानीको बहाव बढेपछि गृहमन्त्री सुधन गुरुङले ललितपुरको

आयल निगमको अध्यक्षमा रुद्रसिंह तामाङ, ‘नियमित र सहज आपूर्ति सुनिश्चित गर्छु’

काठमाडौं । नेपाल आयल निगम सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी रुद्रसिंह

सोल्टी होटलमा व्यवस्थापनविरुद्ध तीन युनियन उत्रिए, ‘एकतर्फी सरुवा फिर्ता गर’

काठमाडौं । राजधानीको प्रतिष्ठित द सोल्टी होटलमा कर्मचारी सरुवाको विषयलाई