२०८३, ८ आश्विन शुक्रबार

एसियन गेम्स क्रिकेटमा नेपालले अफगानिस्तानलाई हरायो

एसियन गेम्स क्रिकेटमा नेपालले अफगानिस्तानलाई हरायो


काठमाडौं। जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ। नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो।

जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०२ रन बनाएको थियो। १०३ रनको लक्ष्य पछ्याएको नेपालले १७.२ ओभरमै ५ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। नेपालका लागि सन्दीप जोराले सर्वाधिक ३४ रन बनाए। कप्तान रोहित पौडेल ३३ रनमा अविजित रहे भने दीपेन्द्रसिंह ऐरीले १५ रन जोडे। बलिङतर्फ कुशल भुर्तेलले ४ विकेट लिए भने ललित राजवंशीले ३ विकेट लिए। उनीहरूको प्रभावशाली बलिङपछि अफगानिस्तान १०२ रनमै सीमित भएको थियो। अफगानिस्तानका लागि फेसल शिनोजादाले ३३, नजिबुल्लाह जाद्रानले ३० तथा नङ्गेलिया खरोटेले १७ रन बनाए। नेपाल समूह ‘ए’ मा अफगानिस्तान र आयोजक जापानसँगै रहेको छ। अब नेपालले शनिबार जापानसँग समूह चरणको दोस्रो खेल खेल्नेछ। समूहका शीर्ष दुई टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन्।

नेपालको अफगानिस्तानमाथिको जितले एसियन गेम्समा नेपाली टोलीको यात्रा जितबाट सुरु भएको छ। क्वाटरफाइनलमा नेपालले भारत वा श्रीलंकामध्ये एक टोलीको सामना गर्नेछ।

प्रकाशित मिति : २०८३, ८ आश्विन शुक्रबार  २ : ०६ बजे

सोल्टी होटलमा व्यवस्थापनविरुद्ध तीन युनियन उत्रिए, ‘एकतर्फी सरुवा फिर्ता गर’

काठमाडौं । राजधानीको प्रतिष्ठित द सोल्टी होटलमा कर्मचारी सरुवाको विषयलाई

सी चिनफिङको सम्मानमा ह्वाइट हाउसमा स्वागत भोज, दुवै राष्ट्राध्यक्षले गरे सम्बोधन

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

वर्षाले काठमाडौंमा तरकारी आपूर्ति ८५ प्रतिशत घट्यो, भाउ आकाशियो

काठमाडौं । लगातारको वर्षा र बाढीपहिरोका कारण काठमाडौं उपत्यकामा तरकारीको

एसियन गेम्स क्रिकेटमा नेपालले अफगानिस्तानलाई हरायो

काठमाडौं। जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले विजयी

कोरला नाकामा हिमपात, तल्लो मुस्ताङमा वर्षा : नेपाल–चीन व्यापारमा असर पर्ने

मुस्ताङ । मुस्ताङको उत्तरी चीनसँगको सीमावर्ती कोरला नाका क्षेत्रमा सामान्य