काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको वरिष्ठ नेता हुने भएकी छन्।
एमाले केन्द्रीय सचिवालय बैठकले भण्डारीलाई वरिष्ठ नेता बनाउने प्रस्ताव केन्द्रीय कमिटीमा लगेको हो। जारी केन्द्रीय कमिटी बैठकले उक्त प्रस्ताव अनुमोदन गर्ने तयारी गरेको छ।
यसअघि २०८३ जेठ ३ गते बसेको केन्द्रीय सचिवालय बैठकले भण्डारीको पार्टी सदस्यता खुलाउने निर्णय गरेको थियो। भण्डारी यसअघि एमालेको उपाध्यक्षसमेत भइसकेकी छन्।
राष्ट्रपति पदको कार्यकाल पूरा गरेपछि भण्डारी पुनः सक्रिय पार्टी राजनीतिमा फर्किन लागेकी हुन्। केन्द्रीय कमिटीबाट प्रस्ताव अनुमोदन भएपछि एमालेमा उनको नयाँ राजनीतिक जिम्मेवारी औपचारिक रूपमा तय हुनेछ।







प्रतिक्रिया