२०८३, ८ कार्तिक आईतबार

एमाले सचिवालयले टुंग्यायो स्थायी कमिटी र केन्द्रीय सदस्यको नाम, ओलीको प्रतिवेदनमा ‘एकताको भाव’ देखेको निष्कर्ष

एमाले सचिवालयले टुंग्यायो स्थायी कमिटी र केन्द्रीय सदस्यको नाम, ओलीको प्रतिवेदनमा ‘एकताको भाव’ देखेको निष्कर्ष


काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनले पार्टीभित्र एकताको भाव पैदा गरेको निष्कर्ष निकालेको छ।

च्यासलमा बसेको सचिवालय बैठकले अध्यक्ष ओलीको प्रतिवेदनलाई एकरूपताका साथ अध्ययन गरी पार्टीको तल्लो तहसम्म सम्प्रेषण गर्ने विषयमा छलफल गरेको हो। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव लेखराज भट्टले अध्यक्षको प्रतिवेदनलाई पार्टीको तल्लो तहसम्म पुर्‍याउने विषयलाई बैठकले प्राथमिकता दिएको बताए। उनका अनुसार प्रतिवेदनलाई एउटै दृष्टिकोणबाट बुझ्ने, अध्ययन गर्ने र त्यसको सन्देश संगठनको तल्लो तहसम्म पुर्‍याउने विषयमा छलफल भएको छ। बैठकले केन्द्रीय कमिटीमा मनोनीत हुने सदस्यहरू तथा स्थायी कमिटीमा रहने नेताहरूको नामसमेत टुंगो लगाएको भट्टले जानकारी दिए। यद्यपि नाम भने केन्द्रीय कमिटी बैठकमा प्रस्तुत भएपछि मात्र सार्वजनिक गरिने बताइएको छ।

यससँगै एमालेको पछिल्लो आन्तरिक पुनर्गठन प्रक्रियाले संगठनात्मक स्वरूप लिने देखिएको छ। अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमाथिको छलफल, त्यसको तल्लो तहसम्म सम्प्रेषण र नयाँ जिम्मेवारी बाँडफाँटलाई पार्टी नेतृत्वले आगामी संगठनात्मक दिशासँग जोडेर अघि बढाएको छ।

प्रकाशित मिति : २०८३, ७ आश्विन बिहीबार  ३ : १७ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना