२०८३, ७ आश्विन बिहीबार

नेपालसहित तीन देशका टोली बुटवलमा भिड्दै, असोज १२ देखि दोस्रो मदन भण्डारी कप

नेपालसहित तीन देशका टोली बुटवलमा भिड्दै, असोज १२ देखि दोस्रो मदन भण्डारी कप


काठमाडौं । बुटवलमा असोज १२ देखि १७ गतेसम्म दोस्रो ‘मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता–२०८३’ आयोजना हुने भएको छ। प्रतियोगिताको उद्घाटन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुहुने भएको छ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा हुने प्रतियोगितामा नेपाल, भारत र श्रीलंकाका आठ पुरुष भलिबल टोली सहभागी हुने आयोजकले जनाएको छ। प्रतियोगिताबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरका टोलीसँग प्रतिस्पर्धा गराउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताउनुभयो। उहाँका अनुसार प्रतियोगिताले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको अनुभव लिनुका साथै आफ्नो क्षमता प्रदर्शन र विकास गर्ने अवसर प्रदान गर्नेछ। विदेशी खेलाडी तथा टोलीको सहभागिताले नेपाली भलिबलको प्रतिस्पर्धात्मक स्तर बढाउनसमेत सहयोग पुग्ने आयोजकको विश्वास छ।

नेपाल, भारत र श्रीलंकाका टोलीबीच हुने प्रतिस्पर्धाले तीन देशका खेलाडीबीच अनुभव आदानप्रदानको अवसरसमेत सिर्जना गर्नेछ। खेलकुदमार्फत तीन देशबीचको आपसी सम्बन्धलाई थप मजबुत बनाउने लक्ष्यसमेत प्रतियोगिताले राखेको आयोजकले जनाएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीलाई विभिन्न विधामा नगद पुरस्कार र सम्मान प्रदान गरिनेछ। विजेता र उपविजेतासहित व्यक्तिगत विधाका उत्कृष्ट खेलाडीलाई समेत पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीले प्रतियोगितालाई नेपाली भलिबलमा नयाँ प्रतिभाको पहिचान र प्रवर्द्धन गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ। साथै युवालाई खेलकुदतर्फ आकर्षित गर्ने, खेलाडीको क्षमता विकास गर्ने र खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसमेत राखिएको छ।

बुटवलमा हुने प्रतियोगिताले नेपाली भलिबलप्रेमीलाई अन्तर्राष्ट्रिय स्तरका टोलीबीचको रोमाञ्चक प्रतिस्पर्धा प्रत्यक्ष हेर्ने अवसर प्रदान गर्नेछ। असोज १२ देखि सुरु हुने दोस्रो मदन भण्डारी कपले बुटवलमा भलिबलको माहोल तताउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३, ७ आश्विन बिहीबार  ८ : ४९ बजे

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज

रूसले नेपाल र भारत सहित ४७ देशका नागरिकलाई छलकपट गरेर युद्धमा पठाएको जेलेन्स्कीको आरोप

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले नेपाल र भारत

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३१ वटा सवारीसाधनका

भोटेकोशी विपद्पछि पुनर्निर्माणका लागि जी-७सँग ५ अर्ब डलर सहयोग माग

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशीसहित पछिल्ला जलवायुजन्य विपद्बाट प्रभावित

नेपाल-फिनल्यान्ड सम्बन्ध र बहुपक्षीय सहकार्यबारे छलफल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डकी परराष्ट्रमन्त्री एलिना भाल्टोनेनबीच