२०८३, ८ कार्तिक आईतबार

आज भारी वर्षाको जोखिम, यी प्रदेशमा सतर्कता अपनाउन आग्रह

आज भारी वर्षाको जोखिम, यी प्रदेशमा सतर्कता अपनाउन आग्रह


काठमाडौं । देशभर मनसुनी गतिविधि सक्रिय बन्दै गएसँगै आज कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ।

बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली थप शक्तिशाली बन्दै पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने क्रममा रहेकाले वर्षाको गतिविधि बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली भूभागमा केही स्थानमा भारी वर्षा हुनसक्नेछ। ती प्रदेशका तराई क्षेत्रमा समेत एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको छ। मधेशसहित अन्य तराई क्षेत्रमा पनि मध्यम वर्षा हुनसक्ने पूर्वानुमान छ।

भारी वर्षासँगै पहिरो, बाढी र नदी–खोलामा आकस्मिक बहाव बढ्न सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्रकाशित मिति : २०८३, ६ आश्विन बुधबार  ८ : ०६ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना