२०८३, ६ आश्विन बुधबार

आज भारी वर्षाको जोखिम, यी प्रदेशमा सतर्कता अपनाउन आग्रह

आज भारी वर्षाको जोखिम, यी प्रदेशमा सतर्कता अपनाउन आग्रह


काठमाडौं । देशभर मनसुनी गतिविधि सक्रिय बन्दै गएसँगै आज कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ।

बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली थप शक्तिशाली बन्दै पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने क्रममा रहेकाले वर्षाको गतिविधि बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली भूभागमा केही स्थानमा भारी वर्षा हुनसक्नेछ। ती प्रदेशका तराई क्षेत्रमा समेत एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको छ। मधेशसहित अन्य तराई क्षेत्रमा पनि मध्यम वर्षा हुनसक्ने पूर्वानुमान छ।

भारी वर्षासँगै पहिरो, बाढी र नदी–खोलामा आकस्मिक बहाव बढ्न सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्रकाशित मिति : २०८३, ६ आश्विन बुधबार  ८ : ०६ बजे

इरानी नाकाबाट ऊर्जा निर्भरता हटाउन आईएमईसी आवश्यक : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत–मध्यपूर्व–युरोप आर्थिक करिडोर (आईएमईसी)

प्रतिनिधिसभा बैठक बस्दै, ४ विधेयक कार्यसूचीमा

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्दैछ।

रसुवा बाढी : मृत्यु हुनेको संख्या १,४५१ पुग्यो, ५ हजार ७०५ हजारभन्दा बढी अझै बेपत्ता

काठमाडौं । रसुवामा आएको बाढीका कारण हालसम्म १ हजार ४५१

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३९६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३९६ वटा सवारीसाधनका

राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि निगरानी र कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू