२०८३, ६ कार्तिक शुक्रबार

स्थानीय तहमै खेलाडीको प्रतिभा पहिचान गर्नुपर्छ : मुख्यमन्त्री थापा

स्थानीय तहमै खेलाडीको प्रतिभा पहिचान गर्नुपर्छ : मुख्यमन्त्री थापा


काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै प्रतिभावान खेलाडीको पहिचान र विकास गर्नुपर्नेमा जोड दिनुभएको छ।

हेटौंडा उपमहानगरपालिका–४ वडा कार्यालयको आयोजनामा सम्पन्न नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगितामा सहभागी खेलाडीलाई शुभकामना दिँदै मुख्यमन्त्री थापाले खेलकुदले अनुशासन, स्वस्थ शरीर र सकारात्मक सोचको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

उहाँले स्थानीयस्तरमा हुने प्रतियोगिताले बालबालिका तथा युवामा खेलप्रति रुचि बढाउनुका साथै प्रतिभावान खेलाडीलाई जिल्ला, प्रदेश हुँदै राष्ट्रियस्तरसम्म पुग्ने आधार तयार गर्ने बताउनुभयो।

“खेलाडी राष्ट्रका गौरव र गहना हुन्। स्थानीयस्तरमा आयोजना हुने यस्ता प्रतियोगिताले नयाँ प्रतिभाको पहिचान र विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँछन्,” मुख्यमन्त्री थापाले भन्नुभयो।

मुख्यमन्त्री थापाले बागमती प्रदेश सरकार खेलकुद क्षेत्रको विकास र खेलाडीको प्रोत्साहनका लागि प्रतिबद्ध रहेको बताउँदै स्थानीय तह, प्रदेश सरकार, खेल संघ–संस्था, प्रशिक्षक र अभिभावकबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।

हेटौंडा–४ वडा कार्यालयले स्थानीयस्तरबाटै प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगितामा विभिन्न तौल समूहमा महिला तथा पुरुष खेलाडीबीच प्रतिस्पर्धा भएको थियो।

मुख्यमन्त्री थापाले सहभागी खेलाडीलाई खेलभावनाका साथ उत्कृष्ट प्रदर्शन गर्न शुभकामना दिँदै प्रतियोगिता आयोजना गरी खेलकुद प्रवर्द्धनमा योगदान पुर्‍याएकोमा वडा कार्यालय, प्रशिक्षक, आयोजक टोली तथा सम्बन्धित सबैलाई धन्यवाद दिनुभयो।

आयोजकका अनुसार प्रतियोगिताबाट पहिचान भएका प्रतिभावान खेलाडीलाई जिल्ला, प्रदेश तथा राष्ट्रियस्तरका प्रतियोगिताका लागि तयार गर्ने उद्देश्य राखिएको छ।

प्रकाशित मिति : २०८३, २ आश्विन शनिबार  ५ : ०७ बजे

३५ वर्षमा देशले ठूलो फड्को मारेको छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतले पछिल्लो

हिमपातमा बेपत्ता ३०७ पशुको २७ दिनपछि जीवितै उद्धार

सुर्खेत । हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित हिमालपारीको गाउँ लिमीको उच्च

चीनमा भूकम्प : राहतका लागि बजेट विनियोजन, यसरी हुँदैछ उद्धार

एकाठमाडौं । चीनले दक्षिणपश्चिमी चीनको सिजाङ स्वायत्त क्षेत्रमा गएको ७.०

कालीकोटमा पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज प्रतियोगिता सम्पन्न

कालीकोट। बडादशैं तथा तिहारको उपलक्ष्यमा कालीकोट जिल्लामा पहिलो पटक पुल–अप

मुगुका ६ हजार १०० नागरिकले पाए गाउँमै निःशुल्क उपचार र औषधि, स्थानीय हर्षित

मुगु । भौगोलिक विकटता र आर्थिक अभावका कारण स्वास्थ्य सेवाबाट