२०८३, २० आश्विन बुधबार

निर्माण व्यवसायी संघ काभ्रेको नयाँ नेतृत्व चयन, अध्यक्षमा अकुर प्रसाद गौतम

निर्माण व्यवसायी संघ काभ्रेको नयाँ नेतृत्व चयन, अध्यक्षमा अकुर प्रसाद गौतम


काभ्रे । निर्माण व्यवसायी संघ, काभ्रेको १५औँ साधारण सभा तथा ८औँ अधिवेशनबाट अकुर प्रसाद गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ।

अधिवेशनबाट अध्यक्षसहित विभिन्न पदाधिकारी तथा सदस्यहरू चयन भएका छन्। संघको नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा अमित मोक्तान तामाङ, प्रथम उपाध्यक्षमा बिजय लामा र द्वितीय उपाध्यक्षमा दिलिप तामाङ चयन भएका छन्।

त्यस्तै महासचिवमा प्रदीप लामिछाने, संगठन उपमहासचिवमा राजु लामा, प्रशासनिक उपमहासचिवमा कृष्ण लामा, कोषाध्यक्षमा सन्तोष तामाङ, सह–कोषाध्यक्षमा नवीन थापा र सदस्य सचिवमा पनि नवीन थापा चयन भएका छन्।

अधिवेशनबाट खुला सदस्यतर्फ सञ्जीव तामाङ, सुरजकुमार गौतम, मच्छिन्द्र लामा, विनोद तामाङ, अनिल लामा, प्रदीप तामाङ (नेपाल), गोविन्द महर्जन र विजयकुमार लामा निर्वाचित भएका छन्।

सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन भएसँगै निर्माण व्यवसायी संघ काभ्रेले आगामी कार्यकालका लागि नयाँ नेतृत्व पाएको छ। नवनिर्वाचित कार्यसमितिले निर्माण व्यवसायीहरूको हकहित, व्यावसायिक एकता तथा निर्माण क्षेत्रका समस्या समाधानमा प्राथमिकताका साथ काम गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३, २० भाद्र आईतबार  ७ : ३४ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि