२०८३, १० कार्तिक मंगलबार

निर्माण व्यवसायी संघ काभ्रेको नयाँ नेतृत्व चयन, अध्यक्षमा अकुर प्रसाद गौतम

निर्माण व्यवसायी संघ काभ्रेको नयाँ नेतृत्व चयन, अध्यक्षमा अकुर प्रसाद गौतम


काभ्रे । निर्माण व्यवसायी संघ, काभ्रेको १५औँ साधारण सभा तथा ८औँ अधिवेशनबाट अकुर प्रसाद गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ।

अधिवेशनबाट अध्यक्षसहित विभिन्न पदाधिकारी तथा सदस्यहरू चयन भएका छन्। संघको नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा अमित मोक्तान तामाङ, प्रथम उपाध्यक्षमा बिजय लामा र द्वितीय उपाध्यक्षमा दिलिप तामाङ चयन भएका छन्।

त्यस्तै महासचिवमा प्रदीप लामिछाने, संगठन उपमहासचिवमा राजु लामा, प्रशासनिक उपमहासचिवमा कृष्ण लामा, कोषाध्यक्षमा सन्तोष तामाङ, सह–कोषाध्यक्षमा नवीन थापा र सदस्य सचिवमा पनि नवीन थापा चयन भएका छन्।

अधिवेशनबाट खुला सदस्यतर्फ सञ्जीव तामाङ, सुरजकुमार गौतम, मच्छिन्द्र लामा, विनोद तामाङ, अनिल लामा, प्रदीप तामाङ (नेपाल), गोविन्द महर्जन र विजयकुमार लामा निर्वाचित भएका छन्।

सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन भएसँगै निर्माण व्यवसायी संघ काभ्रेले आगामी कार्यकालका लागि नयाँ नेतृत्व पाएको छ। नवनिर्वाचित कार्यसमितिले निर्माण व्यवसायीहरूको हकहित, व्यावसायिक एकता तथा निर्माण क्षेत्रका समस्या समाधानमा प्राथमिकताका साथ काम गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३, २० भाद्र आईतबार  ७ : ३४ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना