२०८३, १९ आश्विन मंगलबार

रसुवाको बाढीपहिरोबारे एमाले महासचिव पोखरेलले ओलीलाई बुझाए स्थलगत प्रतिवेदन

रसुवाको बाढीपहिरोबारे एमाले महासचिव पोखरेलले ओलीलाई बुझाए स्थलगत प्रतिवेदन


काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले रसुवामा गएको बाढीपहिरोबाट भएको क्षति तथा प्रभावित क्षेत्रमा गरिएको स्थलगत अनुगमनको प्रतिवेदन पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएका छन्।

महासचिव पोखरेलले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरी त्यहाँको अवस्था, भएको जनधनको क्षति, उद्धार तथा राहतको अवस्था र तत्काल आवश्यक कदमबारे जानकारी संकलन गरेका थिए। स्थलगत अनुगमनपछि तयार पारिएको प्रतिवेदन अध्यक्ष ओलीलाई बुझाउँदै पोखरेलले प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आवश्यक पहल गर्नुपर्ने विषयमा समेत जानकारी गराएका छन्।

रसुवामा आएको भीषण बाढीपहिरोका कारण ठूलो जनधनको क्षति हुनुका साथै सडक, पुल, विद्युत् तथा सञ्चार संरचनामा समेत क्षति पुगेको छ। विपद्पछि प्रभावित क्षेत्रमा उद्धार, खोजी तथा राहत कार्य जारी छ। एमालेले विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण र प्रभावित परिवारको दीर्घकालीन पुनःस्थापनालाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै आएको छ।

प्रकाशित मिति : २०८३, १३ भाद्र आईतबार  २ : ४६ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि