२०८३, २० आश्विन बुधबार

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा ल्याउने तयारी

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा ल्याउने तयारी


काठमाडौं । बाढीका कारण अवरुद्ध काठमाडौं-मुग्लिन जोड्ने पृथ्वी राजमार्ग बिहीबार दिउँसोसम्म सञ्चालनमा ल्याउने गरी सडक विभागले काम तीव्र बनाएको छ।

सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता इन्जिनियर शुभराज न्यौपानेका अनुसार बैरेनीदेखि गलौंदीसम्मको करिब १३ किलोमिटर सडकमा बाढीले थुपारेको लेदो हटाउने काम भइरहेको छ।

मुग्लिनदेखि गलौंदी तथा काठमाडौंदेखि बैरेनीसम्मको सडक भने सञ्चालनका लागि क्लियर रहेको विभागले जनाएको छ। बैरेनी–गलौंदी खण्डका विभिन्न स्थानमा ठूलो मात्रामा लेदो थुप्रिएकाले सडकको वास्तविक अवस्थाबारे यकिन गर्न कठिन भइरहेको न्यौपानेले बताए।

लेदो पन्छाउन गएरातिदेखि १५ वटा उपकरण परिचालन गरिएको छ। गएराति करिब १० बजेपछि वर्षा भएपछि केही समय काम रोकिए पनि बिहीबार बिहानैदेखि उपकरण प्रयोग गरेर सफाइको काम पुनः तीव्र पारिएको विभागले जनाएको छ।न्यौपानेका अनुसार विशेष अवस्था नआएमा बिहीबार दिउँसोसम्म सडक सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

बुधबार भोटेकोशी नदीमा आएको बाढीका कारण पृथ्वी राजमार्गको विभिन्न स्थानमा क्षति पुगेपछि काठमाडौं–मुग्लिन सडकखण्ड अवरुद्ध भएको थियो। सडक सञ्चालनमा आएपछि काठमाडौं र चितवन–मुग्लिनतर्फको यातायात सहज हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३, १० भाद्र बिहीबार  ८ : ०० बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि