२०८३, २८ भाद्र सोमबार

गरिमा हत्या प्रकरणमा आक्रोश चुलियो, सिमरा प्रहरी कार्यालय घेराउदेखि सडक बन्दसम्म

गरिमा हत्या प्रकरणमा आक्रोश चुलियो, सिमरा प्रहरी कार्यालय घेराउदेखि सडक बन्दसम्म


बारा । तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाले जीतपुरसिमरामा आक्रोश चुलिएको छ। घटनाको निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाहीको माग गर्दै स्थानीयवासीले बिहीबार पनि प्रदर्शनलाई निरन्तरता दिएका छन्।

आन्दोलनकारीले इलाका प्रहरी कार्यालय सिमरा घेराउ गर्दै प्रहरीको भूमिकामाथि प्रश्न उठाएका छन्। गरिमा हराएको सूचना समयमै दिँदा पनि प्रहरीले खोजीमा पर्याप्त सक्रियता नदेखाएको उनीहरूको आरोप छ। यही कारण इलाका प्रहरी कार्यालय सिमराका इन्चार्ज डीएसपी दिलीप क्षेत्रीमाथि समेत कारबाही हुनुपर्ने माग उनीहरूले अघि सारेका छन्।

प्रदर्शनका क्रममा स्थानीयले विभिन्न सडकमा टायर बालेर यातायात अवरुद्ध गरेका छन्। सिमरा–डुमरवाना, पिलुवा–वडहर्वा, सिमरा–जीतपुर र पथलैया–सिमरा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा समेत बुधबारदेखि नै यातायात सञ्चालन हुन सकेको छैन। घटनाको विरोधमा जीतपुरसिमरा उपमहानगरपालिकाभित्रका निजी तथा सामुदायिक विद्यालयले समेत बिहीबार शोकसभा आयोजना गरी पठनपाठन बन्द गरेका छन्। विद्यालयहरूले बालिकामाथि भएको जघन्य घटनाको भर्त्सना गर्दै दोषीमाथि हदैसम्मको कानुनी कारबाहीको माग गरेका छन्।

घटनालाई लिएर स्थानीयको आक्रोश बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले आन्दोलनरत पक्षसँग वार्ताको तयारी गरेको छ। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले आन्दोलनकारीका माग सम्बोधन गर्ने विषयमा प्रशासन सकारात्मक रहेको बताए। उनका अनुसार घटनामा संलग्न भनिएका व्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको छ भने प्रहरीको लापरबाही भएको भन्ने आरोपबारे प्रशासनले छुट्टै रूपमा अध्ययन गरिरहेको छ।

‘दोषी पक्राउ परिसकेका छन्। प्रहरीको लापरबाहीका विषयमा स्थानीयले उठाउनुभएको मागबारे हामी आफैं भेरिफाई गर्दैछौं,’ प्रजिअ मिश्रले भने। गरिमा हत्या प्रकरणमा दोषीमाथि कडा कारबाहीसँगै अनुसन्धानमा लापरबाही गर्ने प्रहरी अधिकारीमाथि समेत छानबिन हुनुपर्ने स्थानीयको माग छ। प्रशासन र आन्दोलनरत पक्षबीच हुने वार्ताले आन्दोलनको आगामी दिशा तय गर्ने देखिएको छ।

प्रकाशित मिति : २०८३, ३ भाद्र बिहीबार  २ : २८ बजे

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक

अन्तर्राष्ट्रिय केम्पो कपमा नेपालको शानदार प्रदर्शन

रोशन कुमार यादवको उत्कृष्ट प्रदर्शन, दुई स्वर्णसहित नेपाललाई ७ पदक

२०२८ मा जेडी भान्सलाई समर्थन गर्नेबारे ट्रम्पः ‘अहिले कुनै निर्णय भएको छैन’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२८ को राष्ट्रपतीय

आज हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज

काठमाडौं । आज हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज अटल