२०८३, १८ आश्विन सोमबार

मोरङ कारागारमा ‘रवि शैली’को सिको? छतमा चढेर कैदीबन्दीको शक्ति प्रदर्शन

मोरङ कारागारमा ‘रवि शैली’को सिको? छतमा चढेर कैदीबन्दीको शक्ति प्रदर्शन


विराटनगर । प्रहरीको नियमित खानतलासीलाई लिएर मोरङ कारागारका कैदीबन्दीले सोमबार बिहानैदेखि नाराबाजी गर्दै कारागारको छतमै चढेर शक्ति प्रदर्शन गरेका छन्। ‘बी’ ब्लकका कैदीबन्दीको विरोधपछि कारागार परिसर तनावपूर्ण बनेको छ।

लागूऔषधलगायत गैरकानुनी सामग्रीको खोजीका लागि प्रहरीले खानतलासी थालेपछि कैदीबन्दीले चर्को नाराबाजी गर्दै विरोध जनाएका हुन्। प्रशासनले सुरक्षा संवेदनशीलताका कारण नियमित रूपमा गरिने निरीक्षणका क्रममा खानतलासी गरिएको स्पष्ट पारेको छ।

तर, खानतलासी रोक्न दबाब दिने शैलीमा कैदीबन्दी छतमै उक्लिएपछि घटनाले गम्भीर प्रश्न खडा गरेको छ-कानुनको नियन्त्रणमा रहेका व्यक्तिले पनि सडकको ‘दबाब र प्रदर्शन’ शैली अपनाउन थालेका हुन् ? यही घटनालाई लिएर राजनीतिक वृत्तमा चर्चामा रहेको रवि लामिछाने शैलीको आक्रामक विरोध र दबाब सिर्जना गर्ने प्रवृत्तिको सिको गरिएको हो कि? भन्ने टिप्पणीसमेत हुन थालेको छ। यद्यपि, कैदीबन्दीको प्रदर्शन रवि लामिछाने वा उनको राजनीतिक अभियानबाट प्रभावित भएको भन्ने कुनै आधिकारिक पुष्टि भने भएको छैन।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल र जिल्ला प्रहरी प्रमुख एसपी कविता कट्टुवालसहित सुरक्षा समितिको टोलीको उपस्थितिमा ठूलो संख्यामा प्रहरी परिचालन गरेर खानतलासी गरिएको थियो। प्रहरी स्रोतका अनुसार केही कैदीबन्दीलाई अन्य कारागारमा स्थानान्तरण गर्ने तयारीसमेत थियो। तर, विरोध र नाराबाजी सुरु भएपछि तत्कालका लागि स्थानान्तरणको योजना रोकिएको बताइएको छ।

अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले कारागार परिसरलाई सुरक्षा घेरामा राखेको छ। सम्भावित तनाव थप नबढोस् भनेर सुरक्षा निगरानी बढाइएको छ। खानतलासी रोक्न छतमा चढेर नाराबाजी-मोरङ कारागारको यो घटनाले जेलभित्र अनुशासन र सुरक्षा व्यवस्थामाथि मात्रै होइन, ‘दबाब दिएर निर्णय बदलाउने’ नयाँ प्रवृत्तिमाथि पनि गम्भीर बहस सुरु गराएको छ।

प्रकाशित मिति : २०८३, ३१ श्रावण सोमबार  १० : ३२ बजे

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय