२०८३, ९ कार्तिक सोमबार

रोल्पामा पाँच दिनमै पहिरोबाट १७ जनाको मृत्यु, एक अझै बेपत्ता

रोल्पामा पाँच दिनमै पहिरोबाट १७ जनाको मृत्यु, एक अझै बेपत्ता


रोल्पा । अविरल वर्षापछि आएको पहिरोले घर पुर्दा रोल्पामा थप एक जनाको मृत्यु भएको छ। लुङ्ग्री गाउँपालिका–५ धैरेनीमा शनिबार राति पहिरोले घर पुरिँदा ७२ वर्षीया अम्मी गुरुङको मृत्यु भएको हो।

प्रहरीका अनुसार घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट पहिरो खसेर गुरुङ पुरिएकी थिइन्। पहिरोमा पुरिएको अवस्थामा उनको टाउको देखिएपछि प्रहरी र स्थानीयवासीले उद्धार गरी शव निकालेका हुन्। थप एक जनाको मृत्यु भएसँगै पछिल्लो पाँच दिनमा रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १७ पुगेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार एक जना अझै बेपत्ता छन् भने दुई जनाको बुटवलमा उपचार भइरहेको छ। यसअघि बुधबार थबाङ गाउँपालिकामा पहिरोले बस्ती नै बगाउँदा १२ जनाको मृत्यु भएको थियो। त्यस्तै, बिहीबार सुनछहरी गाउँपालिका–२ फलबाङ र गिट्ठेमा पहिरोले घर पुरिँदा थप चार जनाको मृत्यु भएको थियो।

लगातारको वर्षासँगै पहिरोको जोखिम बढेपछि जिल्लाका विभिन्न क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। स्थानीय प्रशासनले जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सतर्क रहन आग्रह गरेको छ।

प्रकाशित मिति : २०८३, ३० श्रावण आईतबार  ८ : ४८ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि