२०८३, १८ आश्विन सोमबार

रोल्पामा पाँच दिनमै पहिरोबाट १७ जनाको मृत्यु, एक अझै बेपत्ता

रोल्पामा पाँच दिनमै पहिरोबाट १७ जनाको मृत्यु, एक अझै बेपत्ता


रोल्पा । अविरल वर्षापछि आएको पहिरोले घर पुर्दा रोल्पामा थप एक जनाको मृत्यु भएको छ। लुङ्ग्री गाउँपालिका–५ धैरेनीमा शनिबार राति पहिरोले घर पुरिँदा ७२ वर्षीया अम्मी गुरुङको मृत्यु भएको हो।

प्रहरीका अनुसार घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट पहिरो खसेर गुरुङ पुरिएकी थिइन्। पहिरोमा पुरिएको अवस्थामा उनको टाउको देखिएपछि प्रहरी र स्थानीयवासीले उद्धार गरी शव निकालेका हुन्। थप एक जनाको मृत्यु भएसँगै पछिल्लो पाँच दिनमा रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १७ पुगेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार एक जना अझै बेपत्ता छन् भने दुई जनाको बुटवलमा उपचार भइरहेको छ। यसअघि बुधबार थबाङ गाउँपालिकामा पहिरोले बस्ती नै बगाउँदा १२ जनाको मृत्यु भएको थियो। त्यस्तै, बिहीबार सुनछहरी गाउँपालिका–२ फलबाङ र गिट्ठेमा पहिरोले घर पुरिँदा थप चार जनाको मृत्यु भएको थियो।

लगातारको वर्षासँगै पहिरोको जोखिम बढेपछि जिल्लाका विभिन्न क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। स्थानीय प्रशासनले जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सतर्क रहन आग्रह गरेको छ।

प्रकाशित मिति : २०८३, ३० श्रावण आईतबार  ८ : ४८ बजे

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय