दोहा । प्रवासी नेपाली मञ्च कतारको आठौँ अधिवेशनबाट अफसर अली खान अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन्। शुक्रबार सम्पन्न अधिवेशनले खानको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
नवनिर्वाचित अध्यक्ष खानले प्रवासमा रहेका नेपाली श्रमिक, पीडित तथा समस्यामा परेका नेपालीलाई समान दृष्टिले हेर्दै उनीहरूको पक्षमा प्रभावकारी ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। अधिवेशनबाट शेषराज तिमिल्सिना उपाध्यक्ष, रघुनाथ शर्मा सचिव तथा निराजन गौतम उपसचिवमा सर्वसम्मत चयन भएका छन्। यस्तै, विभिन्न जिल्लाको प्रतिनिधित्व हुने गरी १४ जना सदस्य चयन भएका छन्।

नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै शुभेच्छुकहरूले कतारमा रहेका नेपाली श्रमिकका समस्या समाधान गर्न, पीडित नेपालीको पक्षमा आवाज उठाउन तथा प्रवासी नेपालीबीच एकता र सहकार्यलाई थप बलियो बनाउन नयाँ नेतृत्वले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।
अधिवेशनपछि शुभेच्छुकहरूले नयाँ नेतृत्वसँग प्रवासमा रहेका नेपाली श्रमिक तथा पीडितका समस्या समाधानका लागि सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरेका छन्। साथै, नयाँ कार्यसमितिमा महिला प्रतिनिधित्व नरहेको विषय उठाउँदै आगामी दिनमा मनोनयनलगायतका माध्यमबाट कम्तीमा २५ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न सुझावसमेत दिइएको छ।
नवनिर्वाचित कार्यसमिति
१. अध्यक्ष: अफसर अली खान — मोरङ
२. उपाध्यक्ष: शेषराज तिमिल्सिना — पर्वत
३. सचिव: रघुनाथ शर्मा — पर्वत
४. उपसचिव: निराजन गौतम — बागलुङ
५. सदस्य: सुदर्शन भण्डारी — नुवाकोट
६. सदस्य: निरन नेपाल — सुनसरी
७. सदस्य: गोपाल खतिवडा — सुनसरी
८. सदस्य: प्रेमकुमार बस्नेत — सुनसरी
९. सदस्य: सुदीप भित्रीकोटी — मोरङ
१०. सदस्य: डोलेन्द्र बि.क. — झापा
११. सदस्य: तैकिर आलम — महोत्तरी
१२. सदस्य: मो. असलम साफी — धनुषा
१३. सदस्य: श्यामप्रसाद पाण्डे — पर्वत
१४. सदस्य: लोकेन्द्र सिग्देल — स्याङ्जा
१५. सदस्य: भेष गुरुङ — कास्की
१६. सदस्य: संजोक गौतम — स्याङ्जा
१७. सदस्य: आनन्द जिसी — पर्वत
१८. सदस्य: समुन्द्र खड्का — प्युठान







प्रतिक्रिया