२०८३, १० कार्तिक मंगलबार

सर्वदलीय बैठकपछि रवि लामिछाने शीतल निवासमा, राष्ट्रपतिलाई सुनसरी घटनाबारे जानकारी

सर्वदलीय बैठकपछि रवि लामिछाने शीतल निवासमा, राष्ट्रपतिलाई सुनसरी घटनाबारे जानकारी


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सर्वदलीय बैठक सम्पन्न भएलगत्तै राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्न शीतल निवास पुगेका छन्।

बुधबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा लामिछानेले मुलुकको समसामयिक राजनीतिक अवस्था, सुनसरी घटनापछि विकसित परिस्थिति तथा त्यस विषयमा आफूले आह्वान गरेको सर्वदलीय बैठकबारे राष्ट्रपतिलाई जानकारी गराएको राष्ट्रपति कार्यालयले जनाएको छ।

सुनसरी घटनापछि बढ्दो राजनीतिक तथा सामाजिक संवेदनशीलतालाई मध्यनजर गर्दै रास्वपाले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको सहभागितामा सर्वदलीय बैठक आयोजना गरेको थियो। बैठकमा शान्ति–सुरक्षा, सामाजिक सद्भाव र राजनीतिक सहकार्यका विषयमा छलफल भएको बताइएको छ।

सर्वदलीय छलफलपछि सभापति लामिछानेले राष्ट्रपतिसँग भेट गरी विकसित घटनाक्रमबारे जानकारी गराउनु वर्तमान राजनीतिक परिस्थितिमा अर्थपूर्ण रूपमा हेरिएको छ। यद्यपि, भेटमा राष्ट्रपति पौडेलले के धारणा राख्नुभयो भन्ने विषयमा सचिवालयले थप विवरण सार्वजनिक गरेको छैन।

प्रकाशित मिति : २०८३, १२ श्रावण बुधबार  १ : १२ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना