२०८३, १० कार्तिक मंगलबार

मेरा मित्र गोपालमान श्रेष्ठको निधनले स्तब्ध छु : देउवा

मेरा मित्र गोपालमान श्रेष्ठको निधनले स्तब्ध छु : देउवा


काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा ले कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठ को निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत शोक व्यक्त गर्दै देउवाले आफ्ना मित्र गोपालमान श्रेष्ठको निधनको खबरले आफू स्तब्ध भएको बताएका हुन्। देउवाले भनेका छन्, “नेपाली कांग्रेसका नेता, पूर्वउपप्रधानमन्त्री एवं मेरा मित्र गोपालमान श्रेष्ठजीको निधनको खबरले स्तब्ध भएको छु। उहाँको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु।”

उनले नेपालको लोकतान्त्रिक आन्दोलनमा गोपालमान श्रेष्ठले निर्वाह गरेको अग्रणी भूमिका सधैँ स्मरणीय रहने उल्लेख गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन्।

प्रकाशित मिति : २०८३, ११ श्रावण मंगलबार  ५ : २८ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना