२०८३, १४ भाद्र सोमबार

स्पेनको विश्व फुटबलमा दबदबा, पाँच वर्षमा १६ अन्तर्राष्ट्रिय उपाधि

स्पेनको विश्व फुटबलमा दबदबा, पाँच वर्षमा १६ अन्तर्राष्ट्रिय उपाधि


काठमाडौं । स्पेनले सन् २०२६ को फिफा विश्वकप जित्दै विश्व फुटबलमा आफ्नो वर्चस्व थप मजबुत बनाएको छ। न्यु जर्सीमा भएको फाइनलमा अतिरिक्त समयको १०६औँ मिनेटमा फेरान टोरेसले गरेको निर्णायक गोलको मद्दतमा स्पेनले अर्जेन्टिनालाई १–० ले हराउँदै दोस्रो पटक विश्वकपको उपाधि जितेको हो।

विश्वकपसँगै स्पेन पुरुष र महिला दुवै फुटबलमा एकै समयमा विश्व च्याम्पियन बन्ने पहिलो राष्ट्र बनेको छ। महिला टोलीले सन् २०२३ मै विश्वकप जितिसकेको थियो।

सन् २०२२ देखि २०२६ सम्म स्पेनले सिनियर र उमेर समूह गरी विश्व तथा युरोपियन प्रतियोगितामा १६ वटा अन्तर्राष्ट्रिय उपाधि जितेको छ। पुरुष टोलीले विश्वकप, युरो कप, नेसन्स लिग र ओलम्पिक स्वर्ण जित्दा महिला टोलीले विश्वकप, दुई नेसन्स लिग तथा विभिन्न उमेर समूहका विश्व र युरोपियन उपाधि आफ्नो नाममा पारेको छ।

प्रशिक्षक लुइस डे ला फुएन्टेको नेतृत्वमा स्पेनले लगातार सफलता हासिल गर्दै विश्व फुटबलको सबैभन्दा प्रभुत्वशाली टोलीका रूपमा आफूलाई स्थापित गरेको छ।

प्रकाशित मिति : २०८३, ३ श्रावण सोमबार  ११ : ४८ बजे

बाढी प्रभावित जलविद्युत् आयोजना क्षेत्रको उद्धार अवस्था बुझ्न ऊर्जा मन्त्री श्रेष्ठ स्थलगत निरीक्षणमा

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ भोटेकोसी

इरानमा अमेरिकाको फेरि हमला, होर्मुजलाई लिएर बढ्यो तनाव

काठमाडौं । अमेरिकी सेनाले इरानको लाराक द्वीपमा रहेका दुई सैन्य

‘बिचरी’ होइनन् नेपाली महिला, अब आफ्नै खुट्टामा उभिने समय : मिसेस नेपाल वर्ल्डका सहभागी

काठमाडौं । नेपाली महिलाहरू परम्परागत दायरा र चुलोचौकोबाट बाहिर निस्कँदै

बाढीपछि संक्रमण फैलिन सक्ने जोखिम चिकित्सक भन्छन्- ‘अहिलेदेखि तयारी गर्नुपर्छ’

काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड,

विकास र वातावरणको अनिवार्य सन्तुलन

आदिम प्रकृति र मानव सभ्यताको अनवरत सहअस्तित्व नै दिगो विकासको