२०८३, ३१ असार बिहीबार

सुदूरपश्चिममा नयाँ राजनीतिक मोड, नेकपाले मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा माग्ने

सुदूरपश्चिममा नयाँ राजनीतिक मोड, नेकपाले मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा माग्ने


धनगढी । सुदूरपश्चिम प्रदेशको विकसित राजनीतिक घटनाक्रमबीच नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा माग्ने तयारी गरेको छ। जारी संसदीय दलको बैठकमा सरकार अल्पमतमा परिसकेको निष्कर्ष निकाल्दै मुख्यमन्त्रीले तत्काल पदबाट हट्नुपर्नेमा अधिकांश सांसद एकमत भएका छन्।

बैठकमा सहभागी एक सांसदका अनुसार सरकारले प्रदेशसभामा बहुमत गुमाइसकेको अवस्थामा पदमा बसिरहनुको औचित्य नरहेको निष्कर्ष निकालिएको छ। यद्यपि मुख्यमन्त्रीको राजीनामा माग्ने विषयमा औपचारिक निर्णय भने बैठकको अन्त्यपछि सार्वजनिक गरिनेछ।

नेकपाले कामचलाउ अवस्थामा पुगेको सरकारले दीर्घकालीन प्रभाव पर्ने कुनै पनि निर्णय नगर्न आग्रह गर्ने तयारीसमेत गरेको छ। साथै प्रदेश सरकारको नेतृत्वमा आफ्नो दाबी प्रस्तुत गर्दै अन्य राजनीतिक दलहरूसँग छलफललाई तीव्र बनाउने रणनीति पनि बनाइएको छ।

संसदीय दलको बैठकमा पार्टीका प्रदेश इन्चार्ज भानुभक्त जोशी, सहइन्चार्ज दीर्घ सोडारी तथा प्रदेश अध्यक्ष हरि चौधरी ‘उत्सव’ सहभागी छन्।

सुदूरपश्चिममा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकार अल्पमतमा परेको छ। यहीबीच आगामी आर्थिक वर्षको बजेट पारित गर्ने संवैधानिक समयसीमा नजिकिँदै जाँदा प्रदेशको राजनीतिक संकट थप गहिरिएको छ।

प्रदेशसभामा सरकारलाई बजेट पारित गराउन २७ सांसदको समर्थन आवश्यक पर्ने भए पनि वर्तमान अंकगणितले त्यो सहज देखिएको छैन। यस्तो अवस्थामा मुख्यमन्त्रीले वैकल्पिक राजनीतिक समीकरण वा अध्यादेशको विकल्पबारे समेत छलफल गरिरहेको चर्चा छ।

सबैभन्दा ठूलो दल रहेको दाबी गर्दै आएको नेकपाले अब प्रदेश सरकारको नेतृत्व आफ्नो नेतृत्वमा हुनुपर्ने अडान दोहोर्याएको छ। त्यसैले आजको संसदीय दलको बैठकलाई सुदूरपश्चिमको सत्ता समीकरण बदल्ने निर्णायक बैठकका रूपमा हेरिएको छ।

प्रकाशित मिति : २०८३, ३१ असार बिहीबार  २ : ०९ बजे

केन्द्रमा समीकरण फेरिए पनि मधेश सरकार सुरक्षित, कांग्रेस नेतृत्वलाई तीन दलको साथ

जनकपुरधाम । केन्द्रमा कांग्रेस-एमाले सम्बन्धलाई लिएर राजनीतिक उतारचढाव भइरहेका बेला

केन्द्रको राजनीतिक हलचलको असर मधेशमा पनि, सत्ता समीकरणबारे नेताहरू ‘पर्ख र हेर’को अवस्थामा

जनकपुरधाम । केन्द्रमा नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको सम्बन्धलाई

सुदूरपश्चिममा नयाँ राजनीतिक मोड, नेकपाले मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा माग्ने

धनगढी । सुदूरपश्चिम प्रदेशको विकसित राजनीतिक घटनाक्रमबीच नेपाल कम्युनिस्ट पार्टी

सर्वोच्चको आदेशले रोकियो सम्पत्ति छानबिन, आयोगले स्थगित गर्‍यो सबै प्रक्रिया

काठमाडौं । उच्चस्तरीय सम्पत्ति जाँचबुझ आयोगले सम्पत्ति विवरण संकलन तथा

सांसदका लागि स्वकीय सचिवको सुविधा पुनः लागू, मन्त्रिपरिषद्को निर्णयपछि पुरानो व्यवस्था ब्युँतियो

काठमाडौं । सरकारले संघीय संसद्का सदस्यहरूले पुनः स्वकीय सचिव राख्न