२०८३, २० आश्विन बुधबार

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री


धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ। मुख्यमन्त्री कमलबहादुर शाह ले नेकपा (एमाले)का चार मन्त्रीलाई एकैपटक बर्खास्त गर्दै कांग्रेस–एमाले गठबन्धन औपचारिक रूपमा टुटेको संकेत दिएका छन्।

मुख्यमन्त्री शाहले सरकारमा रहने वा बाहिरिने विषयमा स्पष्ट धारणा दिन एमाले नेतृत्वलाई समय दिएका थिए। तर बजेट विवाद समाधानतर्फ कुनै सहमति नजुटेपछि उनले एमालेबाट सरकारमा सहभागी सबै मन्त्रीलाई पदमुक्त गरेका हुन्।

पदमुक्त हुनेमा भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की तथा भौतिक पूर्वाधार राज्यमन्त्री निर्मला देवी साउद रहेका छन्।

सत्ता साझेदार कांग्रेस र एमालेबीच आर्थिक वर्ष २०८३/८४ को बजेटलाई लिएर लामो समयदेखि मतभेद थियो। एमालेले बजेटमा खर्च कटौती, पुनर्संरचना र सरकारको कार्यशैलीमा सुधारको माग गर्दै आएको थियो। मुख्यमन्त्री शाहले ती प्रस्ताव फिर्ता लिन आग्रह गरे पनि एमाले आफ्नो अडानबाट पछि हटेन।

यसबीच बजेट पारित गर्ने समयसीमा नजिकिँदै जाँदा सरकार झन् दबाबमा परेको थियो। विवाद समाधानका लागि विभिन्न चरणमा छलफल भए पनि सहमति जुट्न नसकेपछि मुख्यमन्त्रीले सरकार पुनर्गठनको बाटो रोजेका हुन्।

एमाले सरकारबाट बाहिरिएपछि सुदूरपश्चिममा नयाँ राजनीतिक समीकरण बन्ने सम्भावना बढेको छ। कांग्रेसले नयाँ साझेदार खोज्ने वा अन्य दलको समर्थनमा सरकारलाई निरन्तरता दिने विकल्पमा छलफल सुरु गरेको स्रोतहरूको भनाइ छ।

एमालेका मन्त्री बर्खास्त भएसँगै प्रदेश सरकार अल्पमतमा पर्छ वा नयाँ समर्थन जुटाउँछ भन्ने विषय अब सुदूरपश्चिमको राजनीतिमा मुख्य चासो बनेको छ। आगामी केही दिनमा हुने राजनीतिक निर्णयले प्रदेश सरकारको भविष्य र बजेट दुवैको दिशा तय गर्ने देखिएको छ।

प्रकाशित मिति : २०८३, ३० असार बुधबार  २ : ५६ बजे

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

आजको मौसम : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, चट्याङ र हावाहुरीबाट सतर्क रहन आग्रह

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३५ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३५ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय