२०८३, १९ आश्विन मंगलबार

कांग्रेसको आक्रामक प्रश्न : ‘के बालेन शाह संविधानभन्दा माथि छन् ?’

कांग्रेसको आक्रामक प्रश्न : ‘के बालेन शाह संविधानभन्दा माथि छन् ?’


काठमाडौं। नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईले सरकारले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहलाई आलोचना र प्रश्नभन्दा माथि राख्न खोजेको आरोप लगाएका छन्। उनले बहुमतको आडमा संविधान र कानुनलाई कमजोर पार्ने प्रयास भइरहेको भन्दै सरकारमाथि तीखा प्रश्न उठाए।

प्रतिनिधिसभाको बैठकमा बोल्दै राईले १८२ सिटको बहुमतले संविधान मिच्ने अधिकार नदिने स्पष्ट पार्दै भने, ‘बहुमतले संविधान उल्लङ्घन गर्ने लाइसेन्स दिँदैन। संविधान सर्वोच्च हो, बहुमत होइन।’

उनले सरकारले नागरिकले उठाएका वैधानिक प्रश्नलाई दबाउन खोजेको आरोप लगाउँदै भने, ‘आज देशमा यस्तो भाष्य निर्माण गरिँदै छ कि श्री ८ बालेन शाहलाई प्रश्न गर्न पाइँदैन। संविधान र कानुनको सीमाभित्र उठेका प्रश्नभन्दा माथि कोही पनि हुन सक्दैन।’

राईले सरकारको रवैयाले लोकतान्त्रिक मूल्य र अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रहार गरेको दाबी गरे। उनका अनुसार जनताले दिएको बहुमत शासन सञ्चालनका लागि हो, नागरिकको मुख थुन्न वा प्रश्न गर्ने अधिकार खोस्नका लागि होइन।

उनले विगतमा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उभिएका नेताहरू अहिले आलोचना सहन नसक्ने अवस्थामा पुगेको टिप्पणी गर्दै प्रश्न गरे, ‘हिजो “मलाई बोल्न दे सरकार” भन्नेहरू आज किन प्रश्न सुन्न डराइरहेका छन् ?’ राईले संविधान, कानुनी शासन र लोकतान्त्रिक मूल्यभन्दा माथि कुनै व्यक्ति वा पद हुन नसक्ने भन्दै सरकारलाई बहुमतको दम्भ त्याग्न आग्रह गरे।

प्रकाशित मिति : २०८३, २९ असार मंगलबार  १२ : १२ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि